1 Chronicles 19:1-18 in Nepali
1 Chronicles 19:1
नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए।
1 Chronicles 19:2
तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।
1 Chronicles 19:3
तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”
1 Chronicles 19:4
यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका बस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।
1 Chronicles 19:5
दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुञ्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”
1 Chronicles 19:6
अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए।
1 Chronicles 19:7
अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।
1 Chronicles 19:8
दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।
1 Chronicles 19:9
अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मैदान तिर बसे।
1 Chronicles 19:10
योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।
1 Chronicles 19:11
योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लडन गए।
1 Chronicles 19:12
योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु।
1 Chronicles 19:13
हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौ। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”
1 Chronicles 19:14
योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।
1 Chronicles 19:15
अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।
1 Chronicles 19:16
अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरू बाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे।
1 Chronicles 19:17
दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे।
1 Chronicles 19:18
अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।
Nepali Bible