1 John 3 - BBE (Nepali)

1 See what great love the Father has given us in naming us the children of God; and such we are. For this reason the world does not see who we are, because it did not see who he was.हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरु भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरु हौं। तर संसारका मानिसहरु यो बुइदैनन् कि हामीहरु परमेश्वरका बालकहरु हौं, किनभने तिनीहरुले उहाँलाई चिनेका छैनन्।

2 My loved ones, now we are children of God, and at present it is not clear what we are to be. We are certain that at his revelation we will be like him; for we will see him as he is.प्रिय मित्रहरु, अब हामी परमेश्वरका बालकहरु हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं।

3 And everyone who has this hope in him makes himself holy, even as he is holy.ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्।

4 Everyone who is a sinner goes against the law, for sin is going against the law.जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो।

5 And you have knowledge that he came to take away sin: and in him there is no sin.तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरुको पापहरु हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन।

6 Anyone who is in him does no sin; anyone who is a sinner has not seen him and has no knowledge of him.यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन।

7 My little children, let no man take you out of the true way: he who does righteousness is upright, even as he is upright;प्यारा बालकहरु, कुनै व्यक्तिलाई पनि तिमीहरुलाई छल्न नपाओस। ख्रीष्ट र्धमिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुसरण गर्नुपर्छ।

8 The sinner is a child of the Evil One; for the Evil One has been a sinner from the first. And the Son of God was seen on earth so that he might put an end to the works of the Evil One.शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरु नष्ट गर्नु हो।

9 Anyone who is a child of God does no sin, because he still has God's seed in him; he is not able to be a sinner, because God is his Father.जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ।

10 In this way it is clear who are the children of God and who are the children of the Evil One; anyone who does not do righteousness or who has no love for his brother, is not a child of God.यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरु को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरु को हुन्। मानिसहरु जसले जे उचित छ त्यो गर्दैन, तिनीहरु परमेश्वरका बालकहरु होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।

11 Because this is the word which was given to you from the first, that we are to have love for one another;यो त्यो शिक्षा हो जो तिमीहरुले शुरुदेखि नै सुन्दै आएका छौ। हामीले एक-अर्कालाई प्रेम गर्नु पर्छ।

12 Not being of the Evil One like Cain, who put his brother to death. And why did he put him to death? Because his works were evil and his brother's works were good.कयिन जस्तो नबन, जो शैतानको थियो। कयिनले आफ्नो भाइ हाबिललाई मार्यो। तर कयिनले आफ्नो भाइलाई किन मार्यो? किनभने उनले गरेका कुराहरु गलत थियो अनि तिनका भाइले गरेका कुराहरु असल थियो।

13 Do not be surprised, my brothers, if the world has no love for you.भाइ अनि बहिनीहरु, जब यस संसारका मानिसहरुले तिमीहरुलाई घृणा गर्छन्, आश्चर्यचकित नबन।

14 We are conscious that we have come out of death into life because of our love for the brothers. He who has no love is still in death.हामी जान्दछौ कि हामीले मृत्युलाई नाघेर जीवनमा आएका छौं। हामी यो जान्दछौं किनभने हामी ख्रीष्टमा भएका हाम्रा भाइ अनि बहिनीहरुलाई प्रेम गर्छौ। मानिस जसले प्रेम गर्दैन उ अझ मृत्युमा छ।

15 Anyone who has hate for his brother is a taker of life, and you may be certain that no taker of life has eternal life in him.हरेक मानिस जसले आफ्ना भाइलाई घृणा गर्छ उ हत्यारा हो। अनि तिमी जान्दछौ कि कुनै पनि हत्याराको उसमा अनन्त जीवन हुँदैन।

16 In this we see what love is, because he gave his life for us; and it is right for us to give our lives for the brothers.साँचो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गरे। यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइ बरिनीहरुका निम्ति अर्पण गर्नुपर्छ।

17 But if a man has this world's goods, and sees that his brother is in need, and keeps his heart shut against his brother, how is it possible for the love of God to be in him?कसैसित संसारको धन-सम्पत्ति छ र पनि आफ्ना दाज्यू-भाइलाई खाँचोमा परेको देख्दा उनिहरुप्रति आफ्नो मन कठोर पार्छ भने परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?

18 My little children, do not let our love be in word and in tongue, but let it be in act and in good faith.मेरो बालकहरु, हाम्रो प्रेम केवल शब्द अनि बातमा मात्र हुनु हुँदैन। हाम्रो प्रेम साँचो प्रेम हुनुपर्छ। हामीले हाम्रो प्रेम हाम्रो कर्मद्वारा दर्शाउनु पर्छ।

19 In this way we may be certain that we are true, and may give our heart comfort before him,त्यस प्रकारले जान्दछौ कि हामी सत्य मार्गका छौ। अनि जब हाम्रा विवेकले हामीलाई र्भत्सना गर्छ, परमेश्वर समक्ष हामी हाम्रो हृदयलाई पुन सान्तवना गराउन सक्छौं।

20 When our heart says that we have done wrong; because God is greater than our heart, and has knowledge of all things.किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।

21 My loved ones, if our heart does not say that we have done wrong, we have no fear before him;मेरा प्रिय मित्रहरु, यदि हाम्रो विवेकले हामीलाई र्भत्सना गर्दैन भने, जब हामी परमेश्वर समक्ष जान्छौ हामी निडर हुनेछौ।

22 And he gives us all our requests, because we keep his laws and do the things which are pleasing in his eyes.अनि परमेश्वरले हामीलाई हामीले याचना गरेका कुराहरु दिनु हुन्छ, किनभने हामी परमेश्वरको आदेश पालन गर्छौ अनि परमेश्वर के कुराले खुशी हुनुहुन्छ हामी त्यही गर्छौ।

23 And this is his law, that we have faith in the name of his Son Jesus Christ, and love for one another, even as he said to us.यो त्यही हो जो परमेश्वरले आज्ञा गर्नु हुन्छ उहाँका पुत्र येशू ख्रीष्टमा विश्वास गर अनि एक-अर्कामा प्रेम गर। यही उहाँको आदेश हो।

24 He who keeps his laws is in God and God is in him. And the Spirit which he gave us is our witness that he is in us.मानिस जसले परमेश्वरका आदेशहरु पालन गर्छ उ परमेश्वरमा जीवित रहन्छ। अनि परमेश्वर उसमा बस्नुहुन्छ। परमेश्वर हामीमा हुनुहुन्छ भन्ने हामी कसरी जान्दछौ? हामी आत्माको कारणले जान्दछौं जोे परमेश्वरले हामीलाई प्रदान गर्नु भएको छ।

Nepali Bible