1 Peter 4 - DBY (Nepali)
1 Christ, then, having suffered for us in [the] flesh, do *ye* also arm yourselves with the same mind; for he that has suffered in [the] flesh has done with sin,जब ख्रीष्ट आफ्नो शरीरमा हुनु हुन्थ्यो, उहाँले यातना भोग्नु भयो। यसर्थ तिमीहरुले ख्रीष्ट कै विचारमा स्वयंलाई तयार पार्नु पर्छ। एक मानिस जसले आफ्नो शरीरमा रहँदा यातना भोगेकाछन् उसले पाप गर्न छोडेको छ।
2 no longer to live the rest of [his] time in [the] flesh to men's lusts, but to God's will.तिमीहरु स्वयंलाई तयार पार जसद्वारा तिमीहरु परमेश्वरको इच्छा अनुसारको कार्यमा बाँचेको जीवन उपयोग गर्नेछौ अनि मानिसहरुको विचार अनुसार होइन।
3 For the time past [is] sufficient [for us] to have wrought the will of the Gentiles, walking in lasciviousness, lusts, wine-drinking, revels, drinkings, and unhallowed idolatries.बितेको समयमा तिमीहरुले ती कुराहरु गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरुले गर्छन्। तिमीहरु व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ।
4 Wherein they think it strange that ye run not with [them] to the same sink of corruption, speaking injuriously [of you];तिमीहरु त्यस्ता असभ्य वस्तुहरुमा भाग नलिँदा तिनीहरु आश्चर्य मानिरहेका छन्। येसैले तिनीहरु निन्दनीय कुरा गर्छन्।
5 who shall render account to him who is ready to judge [the] living and [the] dead.तर ती मानिसहरुले ख्रीष्टलाई लेखा दिनेछन् जो मरेका र जिउँदा मानिसहरुको न्याय गर्न तयार हुनुहुन्छ।
6 For to this [end] were the glad tidings preached to [the] dead also, that they might be judged, as regards men, after [the] flesh, but live, as regards God, after [the] Spirit.ती मानिसहरुलाई सुसमाचार प्रचार गरियो जो अहिले मरिसकेका छन् किनभने तिनीहरुले आफ्नो जीवन कालमा गरेका कर्मका लागि अरु सबैलाई गरिए जस्तै तिनीहरुलाई न्याय गरिनेछ। तर तीनीहरु प्रति सुसमाचार प्रचार गरियो जसद्वारा तिनीहरु परमेश्वर जीवित रहनु भए झैं आत्मामा जीवित रहन सक्छन्।
7 But the end of all things is drawn nigh: be sober therefore, and be watchful unto prayers;समय नजिक आइरहेको छ जब सबै कुराको अन्त हुन्छ। यसर्थ आफ्नो मन स्वच्छ राख अनि स्वयंलाई नियन्त्रण गर। यसले तिमीहरुलाई प्रार्थना गर्नमा सहायता दिनेछ।
8 but before all things having fervent love among yourselves, because love covers a multitude of sins;सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरु ढाक्छ।
9 hospitable one to another, without murmuring;विना विरोध एक अर्कामा अतिथि सत्कार गर।
10 each according as he has received a gift, ministering it to one another, as good stewards of [the] various grace of God.तिमीहरु प्रत्येकले परमेश्वरबाट आत्मिक उपहार प्राप्त गरेका छौ। विभिन्न तरिकामा तिमीहरुलाई परमेश्वरले आफ्नो अनुग्रह देखाउनु भएको छ। अनि तिमीहरूले सेवकहरु जस्तै दायित्व बहन गरेका छौ, यसर्थ परमेश्वरको उपहारको सदुपयोग गर।
11 If any one speak -- as oracles of God; if any one minister -- as of strength which God supplies; that God in all things may be glorified through Jesus Christ, to whom is the glory and the might for the ages of ages. Amen.मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।
12 Beloved, take not [as] strange the fire [of persecution] which has taken place amongst you for [your] trial, as if a strange thing was happening to you;मेरा मित्रहरु, तिमीहरुले भोगिरहेको भयानक कष्टमा आश्चर्य नमान। यो तिमीहरुको विश्वास जाँच गर्नलाई हो। नसोच कि तिमीहरूमाथि कुनै अलौकिक घटना घटिरहेछ।
13 but as ye have share in the sufferings of Christ, rejoice, that in the revelation of his glory also ye may rejoice with exultation.तर तिमीहरु खुशी हुनु पर्छ किनकि तिमीहरु ख्रीष्टका सहभागी बनिरहेकाछौ। तिमीहरु खुशी हुनेछौ अनि आनन्दले पूर्ण रहने छौ जब ख्रीष्टले आफ्नो महिमा देखाउनु हुनेछ।
14 If ye are reproached in [the] name of Christ, blessed [are ye]; for the [Spirit] of glory and the Spirit of God rests upon you: [on their part he is blasphemed, but on your part he is glorified.]तिमीहरुले ख्रीष्टलाई अनुसरण गरेकोमा जब मानिसहरुले गाली गर्छन् तिमीहरु धन्य हुन्छौ किनभने महिमाको आत्मा, तिमीहरुसंग हुन्छ।
15 Let none of you suffer indeed as murderer, or thief, or evildoer, or as overseer of other people's matters;तिमीहरु कसैले पनि हत्यारा, चोर अनि नराम्रो कर्म गर्ने अथवा अर्काको विषयमा हस्तक्षेप गर्नेहरु जस्तो यातना भोग्न नपरोस्।
16 but if as a christian, let him not be ashamed, but glorify God in this name.तर आफू ख्रीष्टियान भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरुले परमेश्वरको प्रशंसा गर्नु पर्छ।
17 For the time of having the judgment begin from the house of God [is come]; but if first from us, what [shall be] the end of those who obey not the glad tidings of God?न्याय गरिने समय आएको छ। यो कार्य परमेश्वरको परिवारबाट शुरु गरिने छ। तर यदि त्यो न्याय गरिने कार्य हामीबाट शुरु भयो भने जसले परमेश्वरको सुसमाचार स्वीकार गर्दैनन् तिनीहरुको के अवस्था हुनेछ?
18 And if the righteous is difficultly saved, where shall the impious and [the] sinner appear?“यदि धार्मिक व्यक्तिलाई पनि बचाँउन अत्यन्तै गाह्रो पर्छ भने त्यो मानिस जो परमेश्वरको विरुद्धमा छ अनि महापापी छ, उमाथि के आउने हो?”
19 Wherefore also let them who suffer according to the will of God commit their souls in well-doing to a faithful Creator.यसर्थ, ती मानिसहरु जो परमेश्वरले चाहेको तरिकामा कष्ट भोग्छन् तिनीहरुले आफ्ना प्राणहरु उनलाई सुम्पिनु पर्छ। परमेश्वर एक हुनुहुन्छ जसले तिनीहरुलाई सृष्टि गर्नु भयो अनि तिनीहरुले उहाँ माथि विश्वास राख्न सक्छन्। यसर्थ तिनीहरुले धार्मिक कार्यहरु गरिरहनु पर्छ।
Nepali Bible