2 Chronicles 1:14-16 in Nepali

2 Chronicles 1:14
सुलेमानले आफ्ना सेनाका निम्ति घोडा अनि रथहरू एकत्रित गर्न शुरू गरे। सुलेमानले 1,400 रथहरू अनि 12,000 घोडा सवारहरू ल्याए। सुलेमानले तिनीहरूलाई रथ-शहरहरूमा राखे। सुलेमानले ती मध्ये केही यरूशलेममा पनि राखे जहाँ राज भवन थियो।

2 Chronicles 1:15
यरूशलेममा सुलेमानले प्रशस्त सुन अनि चाँदी एकत्रित गरे। त्यहाँ यति विघ्नसुन अनि चाँदी थियो जो ढुँङ्गा सरह थियो। सुलेमानले प्रशस्त देवदारका काठ जम्मा गरे। त्यहाँ यति विघ्नदेवदार थिए, तिनीहरू पश्चिमी पहाडी प्रदेशका नेभाराका बृक्ष सरह थिए।

2 Chronicles 1:16
सुलेमानले मिश्र देश अनि क्यूएबाट घोडाहरू ल्याए। राजाका व्यापारिहरूले घोडाहरू क्यूएमा किने।

Nepali Bible