2 Corinthians 8:3 in Nepali

Nepali Nepali Bible 2 Corinthians 2 Corinthians 8 2 Corinthians 8:3

2 Corinthians 8:3
ती साह्रै गरीब मानिसहरू थिए। तथापि ठूलो र्हषसाथ तिनीहरूले मुट्ठी खोलेर दिए। म भन्न सक्छु आफ्नो गच्छेले पुगेसम्म तिनीहरूले दिए। ती विश्वासीहरूले, आफुले दिन सक्ने भन्दा पनि धेरै नै दिए। उनीहरूले उदारतापूर्वक दिए। कसैले तिनीहरूलाई त्यसो गर्न भनेका थिएन।

2 Corinthians 8:22 Corinthians 82 Corinthians 8:4

2 Corinthians 8:3 in Other Translations

King James Version (KJV)
For to their power, I bear record, yea, and beyond their power they were willing of themselves;

American Standard Version (ASV)
For according to their power, I bear witness, yea and beyond their power, `they gave' of their own accord,

Bible in Basic English (BBE)
For I give them witness, that as they were able, and even more than they were able, they gave from the impulse of their hearts,

Darby English Bible (DBY)
For according to [their] power, I bear witness, and beyond [their] power, [they were] willing of their own accord,

World English Bible (WEB)
For according to their power, I testify, yes and beyond their power, they gave of their own accord,

Young's Literal Translation (YLT)
because, according to `their' power, I testify, and above `their' power, they were willing of themselves,

For
ὅτιhotiOH-tee
to
κατὰkataka-TA
their
power,
δύναμινdynaminTHYOO-na-meen
I
bear
record,
μαρτυρῶmartyrōmahr-tyoo-ROH
and
yea,
καὶkaikay
beyond
ὑπὲρhyperyoo-PARE
their
power
δύναμινdynaminTHYOO-na-meen
they
were
willing
of
themselves;
αὐθαίρετοιauthairetoiaf-THAY-ray-too

Cross Reference

Exodus 35:29
इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

Exodus 35:5
परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

Exodus 35:21
तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

1 Chronicles 29:5
मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”

1 Chronicles 29:9
मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।

1 Corinthians 16:2
प्रत्येक साताको पहिलो दिनमा तिमीहरू प्रत्येकले आफूले कमाएकोबाट जति पैसा सक्छौ बचाउनु। तिमीहरूले त्यो पैसा विशेष ठाउँमा राख्नु र त्यहीं रहोस्। यसर्थ जब म आउँछु पैसा संग्रह गर्ने आवश्यक हुँदैन।

Philemon 1:14
तर तिम्रो अनुमति नलिई म केही गर्न चाहँदिन। त्यसो हुँदा तिमीले मेरो निम्ति गर्ने असल कार्य तिमीले स्वयं गर्न चाहेको हुनेछौ अनि मैले कर लाएको हुने छैन।

1 Peter 5:2
जुन ती मानिसहरुको तिमीहरु जिम्मावारी छौ, तिनीहरुको हेरचाह गर्नु भनी म निवेदन गर्छु। तिनीहरु परमेश्वरका बथान हुन्। ती मानिसहरुको समूहलाई हेरचाह गरिदेऊ तिमी चाहान्छौ भने, तर वाध्यतामा होइन। यसो गर किनभने तिमीहरु सेवा गर्नमा खुशी छौ, यसो होइन कि तिमीहरु पैसाका निम्ति लोभी छौ।

1 Peter 4:11
मनिस जो बोल्छ उसले परमेश्वरको बचन बोल्नुपर्छ। मानिस जसले सेवा गर्छ उसले त्यो शक्तिद्वारा सेवा गर्नु पर्छ जो परमेश्वरले दिनु भएकोछ। तिमीहरुले त्यस प्रकारले कार्य गर्नु पर्छ जसद्वारा प्रत्येक कुरामा येशू ख्रीष्ट मार्फत परमेश्वर प्रशंसनीय हुनु हुनेछ। शक्ति अनि महिमा सदा सर्वदा उहाँके हो। आमिन।

1 Thessalonians 2:8
हामीले तिमीहरूलाई धेरैमाय गरयौं। त्यसैले तिमीहरूलाई परमेश्वरको सुसमाचारको भागीदार बनाउन चाह्यौं। तर त्यति मात्र होइन हामीले आफ्नो जीवन पनि तिमीहरूसित बाड्न चाहेका छौं।

Colossians 4:13
तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु।

Philippians 2:13
परमेश्वरले तिमीहरूमा काम गर्नु हुँदैछ। उहाँलाई केले खुशी पार्छ त्यो गर्नु उहाँले नै सहयता गर्नुहुन्छ अनि शक्ति दिनुहुन्छ। अनि यस्तो गर्ने शक्ति पनि उहाँले नै दिनुहुन्छ।

Psalm 110:3
जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

Mark 14:8
त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।

Acts 11:29
चेलाहरूले यहूदीयामा बस्ने आफ्ना दाज्यू-भाइ र दिदी-बहिनीहरूलाई सहायता पठाउने निर्णय गरे। प्रत्येकले आफूले जति सकिन्छ दिने निर्णय लिए।

Romans 10:2
यति मात्र म यहूदीहरूको विषयमा भन्न सक्छुः तिनीहरू साँचि नै परमेश्वलाई पछ्याउन चाहन्छन्। तर तिनीहरू ठीक बाटो जान्दैनन्।

1 Corinthians 9:17
यदि मैले आफ्नै खुशीले सुसमाचार प्रचार गरें भने म केही इनाम पाउनु सक्छु। तर मेरो कुनै चयन छैन। मैले सुसमाचार प्रचार गर्नै परेको छ। जब ममाथि यो काम सुम्पिइएको छ, म मेरो काम गरिरहेको छु।

2 Corinthians 8:11
यसर्थ तिमीहरूले शुरू गरेको काम अब पूरा गर। तब मात्र तिमीहरूको “गर्ने इच्छा” अनि तिमीहरूको “कर्म” समतुल्य हुनेछ। तिमीहरूसित जे छ त्यहीबाट दान देऊ।

2 Corinthians 8:16
म परमेश्वरलाई धन्यवाद चडउँछु किनभने उनले तितसलाई तिमीहरू प्रति त्यही प्रेम दिए जुन मेरो तिमीहरू प्रति छ।

2 Corinthians 9:6
याद गरः जसले अलिकति छर्छ उसले अलिकति नै बाली कटनी गर्छ।

Galatians 4:15
त्यसबेला तिमीहरू खुबै प्रसन्न थियौ। कता हरायो त्यो खुशी अहिले? मलाई संझना छ हुन सक्ने सब किसिमको सहायता मलाई दियौ। यदि सम्भव हुन्थ्यो भने आफ्नो आँखा पनि निकालेर अनि मलाई दिने थियौ।

1 Chronicles 29:13
यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।