2 Kings 21:1-18 in Nepali

2 Kings 21:1
मनश्शे बाह्र वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 वर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।

2 Kings 21:2
मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोडनु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।

2 Kings 21:3
मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे।

2 Kings 21:4
मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”

2 Kings 21:5
मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए।

2 Kings 21:6
मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।

2 Kings 21:7
मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद द दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु।

2 Kings 21:8
म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।”

2 Kings 21:9
भनें तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खतम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।

2 Kings 21:10
परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः

2 Kings 21:11
“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए।

2 Kings 21:12
यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै संकट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ।

2 Kings 21:13
म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु।

2 Kings 21:14
तर म मेरो बाँकी मनिसहरूलाई छोडनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुले पराजित गर्यानेछु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्।

2 Kings 21:15
म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्।

2 Kings 21:16
अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।”‘

2 Kings 21:17
सबै कामहरू जो मनश्शेले गरे जस्मा उनले गरेको पाप कामहरू पनि छ जस्को विषयमा ‘यहूदाका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।

2 Kings 21:18
मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।

Nepali Bible