2 Timothy 3:1
यो याद गर। अन्तिम दिनहरूमा आपदको समय हुनेछ।
2 Timothy 3:1 in Other Translations
King James Version (KJV)
This know also, that in the last days perilous times shall come.
American Standard Version (ASV)
But know this, that in the last days grievous times shall come.
Bible in Basic English (BBE)
But be certain of this, that in the last days times of trouble will come.
Darby English Bible (DBY)
But this know, that in [the] last days difficult times shall be there;
World English Bible (WEB)
But know this, that in the last days, grievous times will come.
Young's Literal Translation (YLT)
And this know thou, that in the last days there shall come perilous times,
| This | Τοῦτο | touto | TOO-toh |
| know | δὲ | de | thay |
| also, | γίνωσκε | ginōske | GEE-noh-skay |
| that | ὅτι | hoti | OH-tee |
| in | ἐν | en | ane |
| last the | ἐσχάταις | eschatais | ay-SKA-tase |
| days | ἡμέραις | hēmerais | ay-MAY-rase |
| perilous | ἐνστήσονται | enstēsontai | ane-STAY-sone-tay |
| times | καιροὶ | kairoi | kay-ROO |
| shall come. | χαλεποί· | chalepoi | ha-lay-POO |
Cross Reference
2 Peter 3:3
तिमीहरुले बुझ्नै पर्छ कि अन्तिम दिनहरुमा के हुनेछ। मानिसहरु आउनेछन् जसले तिमीहरुलाई खिसी गर्नेछन्। ती मानिसहरु तिनीहरुको इच्छाले मागेको कुकर्महरु गरेर बाँच्नेछन्।
1 Timothy 4:1
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाडनेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुसरण गर्नेछन्।
2 Timothy 4:3
समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।
Ezekiel 38:16
तिमी मेरा मानिस इस्राएलको विरूद्ध युद्ध गर्न आउँनेछौ। तिमी देशलाई ढाक्ने र्गजिने बादल हुनेछौ। म पछिबाट आफ्नो देशको विरूद्ध युद्ध गर्नु तिमीलाई ल्याउँछु। त्यसपछि राष्ट्रहरूले मलाई सम्मान गर्नेछन् अनि जान्नेछन् कि म पवित्र हुँ। उनीहरूले देख्नेछन् कि म तिम्रो विरूद्ध के गर्छु।”‘
Isaiah 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
Micah 4:1
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
Revelation 8:1
भेंडाको पाठाले सातौं मोहर खोल्यो। तब प्राय आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो।
1 John 2:18
मेरा प्यारा बालकहरु, अन्त धेरै नजिक छ। तिमीहरुले सुनेका छौ कि ख्रीष्ट विरोधी आउँदैछ। अनि अहिले ख्रीष्टका अनेक शत्रुहरु यहाँ छन्। यसर्थ हामी जान्दछौ कि अन्त नजिक छ।
2 Thessalonians 2:3
कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।
Hosea 3:5
त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।
Daniel 12:11
“‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।
Daniel 12:7
“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’
Genesis 49:1
तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।
Jeremiah 49:39
“तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो।
Daniel 7:8
“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।
Daniel 7:20
त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें।
Daniel 8:8
यसपछि त्यो बोको एकदमै शक्तिशाली भयो। तर जब त्यो शक्तिशाली भयो त्यसको सीङ्ग भाँचियो अनि फेरि त्यो ठूलो सींङको ठाँउमा चार वटा सींङ उम्रिए। ती चारैवटा सीङ अलगै देखिन्थ्यो अनि चारै दिशा पट्टि फर्किएको थिए।
Daniel 10:14
म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।’
Daniel 11:36
“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
Jude 1:17
प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
Jeremiah 48:47
“तर समय आउनेछ, म मोआबबाट लागिएको फर्काउनेछु।” यो सन्देश परमप्रभुबाट थियो।यसकारण मोआबमाथि लादिएको सजाय पूर्ण भयो।