Colossians 2:16 in Nepali

Nepali Nepali Bible Colossians Colossians 2 Colossians 2:16

Colossians 2:16
यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।

Colossians 2:15Colossians 2Colossians 2:17

Colossians 2:16 in Other Translations

King James Version (KJV)
Let no man therefore judge you in meat, or in drink, or in respect of an holyday, or of the new moon, or of the sabbath days:

American Standard Version (ASV)
Let no man therefore judge you in meat, or in drink, or in respect of a feast day or a new moon or a sabbath day:

Bible in Basic English (BBE)
For this reason let no man be your judge in any question of food or drink or feast days or new moons or Sabbaths:

Darby English Bible (DBY)
Let none therefore judge you in meat or in drink, or in matter of feast, or new moon, or sabbaths,

World English Bible (WEB)
Let no man therefore judge you in eating, or in drinking, or with respect to a feast day or a new moon or a Sabbath day,

Young's Literal Translation (YLT)
Let no one, then, judge you in eating or in drinking, or in respect of a feast, or of a new moon, or of sabbaths,

Let
no
Μὴmay
man
οὖνounoon
therefore
τιςtistees
judge
ὑμᾶςhymasyoo-MAHS
you
κρινέτωkrinetōkree-NAY-toh
in
ἐνenane
meat,
βρώσειbrōseiVROH-see
or
ēay
in
ἐνenane
drink,
πόσειposeiPOH-see
or
ēay
in
ἐνenane
respect
μέρειmereiMAY-ree
of
an
holyday,
ἑορτῆςheortēsay-ore-TASE
or
ēay
moon,
new
the
of
νουμηνίαςnoumēniasnoo-may-NEE-as
or
ēay
of
the
sabbath
σαββάτων·sabbatōnsahv-VA-tone

Cross Reference

Romans 14:5
कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा महत्वपूर्ण ठान्न सक्छ। अनि अर्को मानिसले सबै दिन एकै ठान्न सक्छ। हरेक मानिस आफ्नो विश्वासमा निश्चित हुनुपर्छ।

Galatians 4:10
तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र र्वष मनाउँछौ।

Romans 14:10
तब तिमी ख्रीष्टमा भाइ भनेर किन जाँच्छौ? अथवा तिमीले आफूलाई आफ्ना दाज्यु-भाइ भन्दा ठूला किन ठान्छौं? हामी सबैजना परमेश्वरका सम्मुख उभिनु पर्छ। अनि उहाँले हामीसबैलाई जाँच्नु हुन्छ।

Romans 14:13
यसैले एक अर्कालाई जाँच्ने काम बन्द गरौं। त्यसको सट्टामा तिमीले दाज्यु-भाइका वा दिदी-बहिनीका बाटोमा वाधा नहाल्ने वा केही त्यस्तो नर्गने निश्चय गर जसले गर्दा ती पाप गर्न तिर लग्लान्।

1 Chronicles 23:31
शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।

Nehemiah 10:33
त्यो पैंसा रोटीको पंक्तिहरू किन्नको निम्ति खर्च हुनेछ। र अन्नबलि प्रत्येक दिन होमबलिहरू, विश्राम-दिन, औंसी, ठहराइएका चाडहरू, पवित्र चीजहरू, इस्राएललाई शुद्ध गर्ने पाप बलिहरू अनि सबै अरू कुराहरू परमेश्वरको मन्दिरका निम्ति आवश्यक पर्छ।

Ezekiel 45:17
तर शासकले विशेष पवित्र दिनमा आवश्यक चीज दिनुपर्छ। शासकलाई होमबलि, अन्नबलि अनि अर्घबलिको व्यवस्था उत्सवको दिन औंसीहरूको चाडहरू, शबाथहरूका निम्ति अनि इस्राएलको परिवारको सबै विशेष उत्सवका निम्ति गर्नुपर्छ। शासकले सबै पापबलि, अन्नबालि, होमबलि, मेलबलि त्यसले इस्राएलको परिवारलाई पवित्र पार्नको निम्ति उपयोग गरिन्छु।”

Mark 7:19
किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)

Romans 14:2
आफूलाई जे मन पर्छ त्यो खान सक्छु भन्ने विश्वासहरू एउटा मानिसको हुन सक्छ। तर कमजोर विश्वास हुने अर्को मानिसले सोच्न सक्छ कि उ खाली साग-सब्जी मात्र खान सक्छ।

Romans 14:20
भोजनले परमेश्वरको कार्य नष्ट गर्न नदेऊ। हरेक खाद्य खान लायकको हुन्छ। तर अर्कोलाई पापमा पार्ने खाना खानु अनुचित हो।

1 Corinthians 10:28
तर कसैले “त्यो मासु त मूर्तिमा बलि पो चढाएको थियो” भनेछ भने त्यो नखाऊ,. जुन मानिसले तिमीलाई भन्यो कि त्यो मासु मूर्तिमा चढाएको थियो, उसका निम्ति अनि ती मानिसहरूका निम्ति जसले त्यस्तो मासु खानू अनुचित मान्छन्।

Galatians 2:12
यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।

1 Timothy 4:3
ती व्यक्तिहरूले मानिसहरूलाई विवाह गर्न अनि कुनै-कुनै खाने कुराहरू खान दिंदैनन्। तर सबै खानेकुराहरू परमेश्वरले सृष्टि गर्नुभएको हो। यसकारण, जसको विश्वास छ अनि जसले सत्य जान्दछ तिनीहरूले धन्यवाद सहित ती खान सक्छन्।

Hebrews 9:10
ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।

Mark 2:27
त्यसपछि येशूले फरिसीहरूलाई भन्नुभयो, विश्रामको दिन मानिसहरूलाई सहयोग गर्नु भनेर नै शुरू भएको हो। विश्राम दिनको नियमहरू पालन गनैर्पर्छ भनेर मानिसहरू बनेको होइन।

Acts 11:3
तिनीहरूले भने, “तपाईं ती गैर-यहूदीहरूका घर जानुभयो। तपाईंले त्यस्ता मानिसहरूसंग बसेर भोजन सम्म गर्नुभयो!”

1 Corinthians 8:7
तर सबैले यो सत्य जान्दैन। धेरै समय अघि कति मानिसहरूले मूर्ति पूजा गर्थे औ तिनीहरू यसमा चढाएको मासु खान्थे तिनीहरू आफै निश्चित छैनन् कि त्यो मासु खानु उचित हो अथवा होइन। यसर्थ जब तिनीहरू खान्छन् आफैलाई दोषी सम्झन्छन्।

Hebrews 13:9
किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।

James 4:11
भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।

Matthew 15:11
जे-जति कुरा मुखभित्र पस्छ, त्यसले मानिसहरूलाई अशुद्ध गराँउदैन। तर जे मुखबाट बाहिर निस्कन्छ, त्यसैले मानिसहरूलाई अशुद्ध तुल्याउँछ।”

Amos 8:5
हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।

Deuteronomy 16:1
“आबीब महीनाको सम्झना गर। त्यस समयमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा निस्तार चाड मनाउनै पर्छ। किन? किनभने त्यस महीनामा परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूलाई राती मिश्र देशबाट बाहिर ल्याउनु भएको हो।

Deuteronomy 14:3
“परमप्रभुबाट घृणा गरिएका चीजहरू कुनै पनि नखाऊ।

Numbers 28:1
परमप्रभुले मोशालाई भन्नुभयो,

Numbers 10:10
तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Leviticus 23:1
परमप्रभुले मोशालाई भन्नुभयो,

Leviticus 17:10
“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।

Leviticus 16:31
त्यो दिन तिमीहरूको महत्वपूर्ण साबात दिन हो। तिमीहरूले कुनै खाद्य खानु हुदैन। यो नियम सधैं चलिरहने छ।

Leviticus 11:2
“इस्राएलका मानिसहरूलाई भनः ‘पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः

1 Samuel 20:5
त्यसपछि दाऊदले भने, “हेर भोलि औंसीको चाड छ। मैले राजासँग खाना खानुपर्छ। तर साँझ सम्म मलाई खेतमा लुकेर बस्न देऊ।

1 Samuel 20:18
जोनाथनले दाऊदलाई भने, “भोलि औंसीको चाड हो। तपाईंको ठाउँ रित्तो देखेर मेरा पिताले तपाईं कहाँ जानुभयो भनि सोच्नुहुनेछ।

Ezekiel 46:1
परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।

Ezekiel 4:14
त्यसपछि मैले आश्चर्य भएर भनें, “तर हे परमप्रभु मेरो मालिक! मैले अशुद्ध भोजन कहिले खाइनँ। मैले कहिले जनावरको मासु खाइन जुन कुनै रोगले मरेको होस् या कुनै जङ्गली जनावरले मारेको होस्। मैले बाल्यकालदेखि अहिले सम्म कुनै दिन पनि अपवित्र मासु खाइनँ। मेरो मुखमा त्यस्तो नराम्रो मासु पसेको छैन।”

Isaiah 1:13
“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।

Psalm 81:3
जब हाम्रो विश्राम शुरू हुन्छ। पूर्णिमा लागेको बेला तुरही फुक, औंसी परेको बेला नरसिङ्ग फुक।

Psalm 42:4
जब म मन्दिरमा बिताएका सुन्दर क्षणहरू सम्झने गर्छु मेरो हृदय र्चकिएर आउँछ। तिनीहरू सबैलाई भीड-भाडबाट छिराउँदै परमेश्वरको मन्दिरतिर लगेको सम्झन्छु। ती घुइँचोहरूमा मनाइरहेका उत्सवहरूमा स्तुति-गान खुशीसँग गाएको सम्झन्छु।

Nehemiah 10:31
“यदि यस भूमिका मानिसहरूले बेच्ने कुराहरू वा कुनै अन्न बेच्नका निम्ति विश्रामको दिनमा ल्याए हामी तिनीहरूबाट विश्रामको दिनमा अथवा अन्यकुनै पवित्र छुट्टिका दिनमा किन्ने छैनौ। हामी सातौं वर्षको बालीहरू त्याग गर्नेछौ। अनि ऋणका निम्ति बन्दककी राखेको कुनै पनि बस्तु फिर्ता दिने छौं।

Nehemiah 8:9
नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

2 Kings 4:23
आइमाईको लोग्नेले भन्यो, “तिमी किन आज परमेश्वरको जन कहाँ जान चाहन्छौ? महीनाको पहिलो दिन अथवा बिश्राम-दिन त होइन।” उसले भनी, “चिन्ता नगर्नु होस्। सबथोक ठीकठाक हुनेछ।”

Acts 15:20
बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छःमूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ।