Exodus 20:16
“तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।
Exodus 20:16 in Other Translations
King James Version (KJV)
Thou shalt not bear false witness against thy neighbor.
American Standard Version (ASV)
Thou shalt not bear false witness against thy neighbor.
Bible in Basic English (BBE)
Do not give false witness against your neighbour.
Darby English Bible (DBY)
Thou shalt not bear false witness against thy neighbour.
Webster's Bible (WBT)
Thou shalt not bear false witness against thy neighbor.
World English Bible (WEB)
"You shall not give false testimony against your neighbor.
Young's Literal Translation (YLT)
`Thou dost not answer against thy neighbour a false testimony.
| Thou shalt not | לֹֽא | lōʾ | loh |
| bear | תַעֲנֶ֥ה | taʿăne | ta-uh-NEH |
| false | בְרֵֽעֲךָ֖ | bĕrēʿăkā | veh-ray-uh-HA |
| witness | עֵ֥ד | ʿēd | ade |
| against thy neighbour. | שָֽׁקֶר׃ | šāqer | SHA-ker |
Cross Reference
Matthew 19:18
त्यस मानिसले सोध्यो, “कुन आज्ञाहरू?” येशूले जवाफ दिनुभयो, ‘कसैको हत्या नगर, कसैसित व्यभिचार नगर; झूटो गवाही नदेऊ, अरूको निन्दा गर्नु हुँदैन,
Proverbs 19:5
झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।
Psalm 15:3
यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन।
Matthew 26:59
प्रघान पूजाहारीहरू र यहुदी नेताहरूको सम्पूर्ण महासभाले येशूको विरुद्धमा कुनै न कुनै झूटो खोट देखाउने कोशिस गरे जसद्वारा तिनीहरू येशूलाई मार्न सक्थे।
Psalm 101:5
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
Exodus 23:1
“कसैको विरोधमा झूटो नबोल। यदि तिमी अदालतमा साक्षी छौ भने झूठो बोलेर दुष्ट मानिसहरूलाई सधाउनमा सहमत न होऊ।
James 4:11
भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुसरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुसरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ।
2 Timothy 3:3
मानिसहरूले अर्कालाई प्रेम गर्ने छैनन्। तिनीहरूले अरूलाई क्षमा गर्न अस्वीकार गर्नेछन्। तिनीहरूले नराम्रा कुराहरू बोल्नेछन्। तिनीहरूमा आत्मसंयम हुने छैन। तिनीहरू दुराचारी र नीच हुनेछन् अनि असल कुरालाई हेला गर्ने हुनेछन्।
1 Timothy 1:10
जो यौन-पापीहरू र समलिङ्गीहरू छन्, जो दास व्यापारीहरू र मिथ्यावादीहरू छन्, जो झूटा गवाहीहरू दिने र सत्य शिक्षा विरोधी छन्, मानिसहरू जो कसम खाएर झूटो कुरा बोल्छन् अनि जसले साँचो शिक्षाको विरूद्ध काम गर्छन्, व्यवस्था तिनीहरूको निम्ति होइन।
Ephesians 4:31
तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।
Acts 6:13
तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।
Proverbs 11:13
अविश्वासी मानिसले अरूको गोप्य कुराहरू जताततै भनि हिडछ, तर एउटा विश्वासनीय मानिसले ती कुराहरू गोप्य राख्छ।
Proverbs 10:18
जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।
1 Kings 21:10
केही यस्ता मानिसहरू खोज जो नाबोतको लागि असत्य बोल्नेछन्। ती मानिसहरूले भन्ने छन्, तिनीहरूले नाबोतले राजा र परमेश्वरको विरोधमा बोलेको सुनेका छन्। तब नाबोतलाई शहरदेखि बाहिर निकाल अनि उसलाई ढुङ्गाले हिर्काएर मार।
1 Samuel 22:8
तिमीहरू सबैले मेरो विरूद्ध षड्यन्त्र रच्दैछौ। तिमीहरू कसैले पनि छोरा जोनाथनले यिशैका छोरासँग सन्धि गरेको छ भनेर भनेनौ कसैले मेरो वास्ता गरेनौ। मेरो छोरा जोनाथनले दाऊद मेरो नोकरलाई सहायता गरेको कुरा कसैले पनि भनेनौ। जोनाथनले दाऊदलाई लुकेर रहनु भन्ने गर्थ्यो ताकि उसले मलाई आक्रमण गर्न सकोस्। अनि दाऊदले अहिले त्यही नै गर्दैछ।”
Deuteronomy 19:15
“यदि कुनै मानिस व्यवस्था विरोधी कार्य गरेकोमा दोषी भए उसको दोष प्रमाण गर्न एक जना गवाही पर्याप्त हुँदैन। त्यस मानिसले साँच्चै दोष गरेको प्रमाणित गर्न दुई अथवा तीनजना गवाहीहरू चाहिन्छन्।
Leviticus 19:16
मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।
Leviticus 19:11
“तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।
Exodus 23:6
“गरीब मानिससति न्यायालयमा अन्याय नगर।