Isaiah 5:18
ती मानिसहरूलाई हेर! तिनीहरूले आफ्ना दोष र पापहरू आफ्ना पछाडी त्यसरी तान्दछन् जसरी मानिसहरूले हातेगाडी र डोरीहरू तान्दछन्।
Isaiah 5:18 in Other Translations
King James Version (KJV)
Woe unto them that draw iniquity with cords of vanity, and sin as it were with a cart rope:
American Standard Version (ASV)
Woe unto them that draw iniquity with cords of falsehood, and sin as it were with a cart rope;
Bible in Basic English (BBE)
Cursed are those who make use of ox-cords for pulling the evil thing, and the bands of a young ox for their sin!
Darby English Bible (DBY)
Woe unto them that draw iniquity with cords of vanity, and sin as with cart-ropes!
World English Bible (WEB)
Woe to those who draw iniquity with cords of falsehood, And wickedness as with cart rope;
Young's Literal Translation (YLT)
Wo `to' those drawing out iniquity with cords of vanity, And as `with' thick ropes of the cart -- sin.
| Woe | ה֛וֹי | hôy | hoy |
| unto them that draw | מֹשְׁכֵ֥י | mōšĕkê | moh-sheh-HAY |
| iniquity | הֶֽעָוֹ֖ן | heʿāwōn | heh-ah-ONE |
| with cords | בְּחַבְלֵ֣י | bĕḥablê | beh-hahv-LAY |
| vanity, of | הַשָּׁ֑וְא | haššāwĕʾ | ha-SHA-veh |
| and sin | וְכַעֲב֥וֹת | wĕkaʿăbôt | veh-ha-uh-VOTE |
| cart a with were it as | הָעֲגָלָ֖ה | hāʿăgālâ | ha-uh-ɡa-LA |
| rope: | חַטָּאָֽה׃ | ḥaṭṭāʾâ | ha-ta-AH |
Cross Reference
Jeremiah 23:14
मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।”
Jeremiah 23:10
यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो अनि र्खक मरूभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।
Jeremiah 28:15
तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
Jeremiah 44:15
यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने,
Ezekiel 13:10
“ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
Ezekiel 13:22
“‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
Zephaniah 1:12
“त्यस समय, म एउटा लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।
John 16:2
तिनीहरूले तिमीहरूलाई सभा घरहरूबाट बाहिर निकालिदिने छन्। समय आँउदैछ ताकि मानिसहरूले तिमीहरूलाई मारेर परमेश्वकरको सेवा गर्दैछौ भन्ने सोच्नेछन्।
Acts 26:9
“जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।
Jeremiah 23:24
मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी र्भदिन र?” परमप्रभुले यसो भन्नुभयो।
Jeremiah 8:5
यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन। तिनीहरू फर्की आउन अस्वीकार गर्छन।
Jeremiah 5:31
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
Judges 17:13
अनि मीकाले भने, “अब म सम्झन्छु कि परमप्रभु मप्रति भलो हुनुहुनेछ। म यो जान्दछु किनभने मेरो साथमा मेरा पूजाहारी बन्नका निम्ति लेवी कुल समूहका मानिसछन्।”
2 Samuel 16:20
अब्शालोमले अहीतोपेललाई भन्छन्, “कृपया अब हामीले के गर्नु पर्छ भन।”
Psalm 10:11
यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो। हामीदेखि उहाँ सदाको लागि विमुख हुनुभयो। हामीमाथि के घटिरहेछ परमेश्वरले हेर्नुहुन्न!”
Psalm 14:1
मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। ती मध्ये एउटा पनि राम्रो काम हुँदैन।
Psalm 36:2
त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।
Psalm 94:5
हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
Isaiah 28:15
तिमीहरूले भन्छौ, “हामीले मृत्युसँग सम्झौता गरेका छौं। हाम्रो पातालसँग सम्झौता छ। यसैले हामी दण्डित हुने छैनौं। दण्डले हामीलाई घात नगरी जानेछ। हामी हाम्रो चलाकी अनि झूटो पछाडी लुक्नेछौं।”
Isaiah 59:4
कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।
Judges 17:5
मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने।