Isaiah 59:3
तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।
Isaiah 59:3 in Other Translations
King James Version (KJV)
For your hands are defiled with blood, and your fingers with iniquity; your lips have spoken lies, your tongue hath muttered perverseness.
American Standard Version (ASV)
For your hands are defiled with blood, and your fingers with iniquity; your lips have spoken lies, your tongue muttereth wickedness.
Bible in Basic English (BBE)
For your hands are unclean with blood, and your fingers with sin; your lips have said false things, and your tongue gives out deceit.
Darby English Bible (DBY)
For your hands are stained with blood, and your fingers with iniquity; your lips speak lies, your tongue muttereth unrighteousness:
World English Bible (WEB)
For your hands are defiled with blood, and your fingers with iniquity; your lips have spoken lies, your tongue mutters wickedness.
Young's Literal Translation (YLT)
For your hands have been polluted with blood, And your fingers with iniquity, Your lips have spoken falsehood, Your tongue perverseness doth mutter.
| For | כִּ֤י | kî | kee |
| your hands | כַפֵּיכֶם֙ | kappêkem | ha-pay-HEM |
| are defiled | נְגֹאֲל֣וּ | nĕgōʾălû | neh-ɡoh-uh-LOO |
| blood, with | בַדָּ֔ם | baddām | va-DAHM |
| and your fingers | וְאֶצְבְּעוֹתֵיכֶ֖ם | wĕʾeṣbĕʿôtêkem | veh-ets-beh-oh-tay-HEM |
| iniquity; with | בֶּֽעָוֹ֑ן | beʿāwōn | beh-ah-ONE |
| your lips | שִׂפְתֽוֹתֵיכֶם֙ | śiptôtêkem | seef-toh-tay-HEM |
| have spoken | דִּבְּרוּ | dibbĕrû | dee-beh-ROO |
| lies, | שֶׁ֔קֶר | šeqer | SHEH-ker |
| your tongue | לְשׁוֹנְכֶ֖ם | lĕšônĕkem | leh-shoh-neh-HEM |
| hath muttered | עַוְלָ֥ה | ʿawlâ | av-LA |
| perverseness. | תֶהְגֶּֽה׃ | tehge | teh-ɡEH |
Cross Reference
Isaiah 1:15
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
Isaiah 1:21
परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
Jeremiah 2:30
“मैले तिमीहरूका नानीहरूलाई दण्ड दिएँ। तर त्यो वेकार भयो कारण तिनीहरूले त्यो ग्रहण गरेनन्। जो अगमवक्तहरू तिमीहरूकहाँ आएका थिए तिनीहरूलाई तिमीहरूले तरवारले काटयौ। संहार गर्ने सिंहले झैं तिमीहरूले अगमवक्ताहरूलाई मार्यौ।”
Jeremiah 2:34
तिमीले ती गरीब र निर्दोष मानिसहरूलाई तिम्रो घर फोर्दै गरेका भेट्न सकेनौ तापनि तिम्रो हातमा तिनीहरूको रगत छ।
Ezekiel 7:23
“कैदीहरूकानिम्ति साङ्गली तयार पार! किन? किनभने धेरै मानिसहरूलाई अरू मानिसहरू मारेको खातिर दण्ड दिनेछ। त्यहाँ शहरका प्रत्येक ठाउँहरूमा अत्याचार फैलिने छ।
Hosea 4:2
मानिसहरू झूटो कसम खान्छन्, असत्य बोल्छन्, हत्या र चोरी गर्छन्। तिनीहरू व्यभिचारी छन् र जहीं तहीं सन्तानहरू जन्माई हिँड्छन्। हत्या माथि हत्या गरि रहन्छन्।
1 Timothy 4:2
यस्ता शिक्षाहरू झूटा अनि धोखेबाजहरूबाट आँउदछ जसले सही र गलत के हो त्यो पनि छुट्याउन सक्दैनन्। तिनीहरूको विवेक तातो फलामले पोलेको हुन्छ।
Matthew 27:4
यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।”यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”
Micah 7:2
यसको अर्थ हुन्छ; ती सबै राम्रा मानिसहरु गइसकेकाछन्, एउटै पनि धर्मी मानिसहरु यो भूमिमा रहेनन्। हरेक मानिसहरु एक- अर्कालाई मार्नको निम्ति ढुकी बस्छन्। हरेक मानिस आफ्नो भाइलाई जालमा फसाउँन षड्यन्त्र रचिबस्छन्।
Micah 6:12
त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरु अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरु तिनीहरुको झूटो कुरा गर्छन्।
Micah 3:10
तिमीहरुले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरुले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।
Jeremiah 9:3
“ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
Jeremiah 22:17
तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।
Ezekiel 9:9
परमेश्वरले भन्नुभयो, “इस्राएल अनि यहूदाका परिवारले अत्यन्तै पाप गरेका छन्। यस देशमा सम्पूर्ण मानिसहरूको हत्या भइरहेकोछ अनि यो शहर अपराधले भरिएकोछ। किन? किनभने मानिसहरू स्वंय भन्छन्, ‘परमप्रभुले यो देश छोडेर जानु भयो। उहाँले हामीलाई यी कामहरू गरिरहेको हेर्न सक्नु हुन्न।’
Ezekiel 13:8
यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
Ezekiel 22:2
“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?
Ezekiel 35:6
यसकारण परमप्रभु मेरा मालिक भन्नु हुन्छ, “म आफ्नो जीवनको शपथ खाएर म त्यो प्रतिज्ञा गर्छु कि म तिमीलाई रक्तपातगर्न सुम्पिदिनेछु। रगतले पछ्याउनेछ। तिमीलाई मानिसहरू मार्न घृणा लाग्दैन, यसकारण, रगत तिम्रो पछि लाग्नेछ।
Hosea 7:3
तिनीहरू आफ्ना दुष्ट कामले राजालाई र मालिकहरूलाई झूटा कुराले खुशी तुल्याउँछन्।
Hosea 7:13
तिनीहरूलाई धिक्कार! किनभने तिनीहरू मबाट तर्किएर गए। तिनीहरूमाथि विनाश आओस्। किनभने तिनीहरू मेरो विरूद्धमा गए। मैले तिनीहरूलाई बचाउँने थिएँ, तर तिनीहरू मेरो विरूद्धमा ढाँट्छन्।
Jeremiah 7:8
“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।