Acts 7:43
तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मूर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’
Yea, | καὶ | kai | kay |
ye took up | ἀνελάβετε | anelabete | ah-nay-LA-vay-tay |
the | τὴν | tēn | tane |
of tabernacle | σκηνὴν | skēnēn | skay-NANE |
τοῦ | tou | too | |
Moloch, | Μολὸχ | moloch | moh-LOKE |
and | καὶ | kai | kay |
the | τὸ | to | toh |
star | ἄστρον | astron | AH-strone |
of your | τοῦ | tou | too |
god | θεοῦ | theou | thay-OO |
Remphan, | ὑμῶν | hymōn | yoo-MONE |
figures | Ῥεμφὰν, | rhemphan | rame-FAHN |
which | τοὺς | tous | toos |
ye made | τύπους | typous | TYOO-poos |
to worship | οὓς | hous | oos |
them: | ἐποιήσατε | epoiēsate | ay-poo-A-sa-tay |
and | προσκυνεῖν | proskynein | prose-kyoo-NEEN |
I will carry away | αὐτοῖς | autois | af-TOOS |
you | καὶ | kai | kay |
beyond | μετοικιῶ | metoikiō | may-too-kee-OH |
Babylon. | ὑμᾶς | hymas | yoo-MAHS |
ἐπέκεινα | epekeina | ape-A-kee-na | |
Βαβυλῶνος | babylōnos | va-vyoo-LOH-nose |
Cross Reference
Amos 5:26
तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ।
2 Kings 21:6
मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो।
2 Kings 18:11
अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूर लगे। उनले तिनीहरूलाई हाबीर (गोजान नदी) किनारमा हलह र मादीमा बसाए।
2 Kings 17:16
मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।
2 Kings 17:6
अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
Deuteronomy 5:8
“तिमीहरूले कुनै प्रकारको मूर्तिहरू बनाउनु हुँदैन। तिमीहरूले आकाशमा, पृथ्वीमा तथा पानी मुनि सतहमा कुनै प्रकारको मूर्ति अथवा आकारको प्रतिमूर्ति बनाउनु हुँदैन।
Deuteronomy 4:16
यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
Leviticus 20:2
“तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।
Leviticus 18:21
“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
Exodus 20:4
“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।