Deuteronomy 7:2
परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।
Deuteronomy 7:2 in Other Translations
King James Version (KJV)
And when the LORD thy God shall deliver them before thee; thou shalt smite them, and utterly destroy them; thou shalt make no covenant with them, nor show mercy unto them:
American Standard Version (ASV)
and when Jehovah thy God shall deliver them up before thee, and thou shalt smite them; then thou shalt utterly destroy them: thou shalt make no covenant with them, nor show mercy unto them;
Bible in Basic English (BBE)
And when the Lord has given them up into your hands and you have overcome them, give them up to complete destruction: make no agreement with them, and have no mercy on them:
Darby English Bible (DBY)
and when Jehovah thy God shall give them up before thee and thou shalt smite them, then shalt thou utterly destroy them: thou shalt make no covenant with them, nor shew mercy unto them.
Webster's Bible (WBT)
And when the LORD thy God shall deliver them before thee, thou shalt smite them and utterly destroy them, thou shalt make no covenant with them, nor show mercy to them:
World English Bible (WEB)
and when Yahweh your God shall deliver them up before you, and you shall strike them; then you shall utterly destroy them: you shall make no covenant with them, nor show mercy to them;
Young's Literal Translation (YLT)
and Jehovah thy God hath given them before thee, and thou hast smitten them -- thou dost utterly devote them -- thou dost not make with them a covenant, nor dost thou favour them.
| And when the Lord | וּנְתָנָ֞ם | ûnĕtānām | oo-neh-ta-NAHM |
| thy God | יְהוָ֧ה | yĕhwâ | yeh-VA |
| deliver shall | אֱלֹהֶ֛יךָ | ʾĕlōhêkā | ay-loh-HAY-ha |
| them before | לְפָנֶ֖יךָ | lĕpānêkā | leh-fa-NAY-ha |
| thee; thou shalt smite | וְהִכִּיתָ֑ם | wĕhikkîtām | veh-hee-kee-TAHM |
| utterly and them, | הַֽחֲרֵ֤ם | haḥărēm | ha-huh-RAME |
| destroy | תַּֽחֲרִים֙ | taḥărîm | ta-huh-REEM |
| them; thou shalt make | אֹתָ֔ם | ʾōtām | oh-TAHM |
| no | לֹֽא | lōʾ | loh |
| covenant | תִכְרֹ֥ת | tikrōt | teek-ROTE |
| with them, nor | לָהֶ֛ם | lāhem | la-HEM |
| shew mercy | בְּרִ֖ית | bĕrît | beh-REET |
| unto them: | וְלֹ֥א | wĕlōʾ | veh-LOH |
| תְחָנֵּֽם׃ | tĕḥonnēm | teh-hoh-NAME |
Cross Reference
Deuteronomy 23:14
किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको रक्षा गर्न अनि शत्रुहरूलाई तिमीहरूको नियन्त्रणमा ल्याउनलाई छाउनीभित्र बाहिर तिमीहरूसँगै हुनु हुनेछ। यसकारण छाउनी पवित्र राख्नु पर्छ। यदि परमप्रभुले केही कुरा घिनलाग्दो देख्नु भयो भने उहाँ तिमीहरूदेखि गईहाल्नु हुन्छ।
Exodus 23:32
तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।
Leviticus 27:28
“मानिसहरूले परमप्रभुलाई विशेष उपहारहरू चढाउँछन् र यी उपहारहरू परमप्रभुको हुनेछन्। अनि किन-बेच गर्न सकिंदैन। पारिवारिक सम्पत्तिका यी उपहारहरू मानिस, पशु, जमीन अनि कुनै वस्तु हुन सक्छन्।
Deuteronomy 20:16
“जब तिमीहरू ती शहरहरू जोड्छौ जो परमप्रभुद्वारा दिइने भूमिमा छन्, तिमीहरूले जितेका शहरहरूमा बस्ने प्रत्येकलाई मार्नु पर्छ।
Joshua 2:14
ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”
Judges 1:24
जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”
Judges 2:2
तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।
Joshua 10:40
यसरी यहोशूले पहाडी देश, नेगेब, पश्चिमी तराई, अनि पूर्वी तराईका शहरका सबै राजाहरूलाई परास्त गरे। परमप्रभु इस्राएलका परमेश्वरले यहोशूलाई सबै मानिसहरूलाई मारिदिनु भन्नु भएको थियो। यसर्थ यहोशूले ती स्थानहरूमा कसैलाई पनि जीवित छाडेनन्।
Joshua 10:42
यहोशूले ती सबै शहरहरू अनि तिनीहरूका राजाहरूलाई एकै चोटि अधीनमा लिए। यहोशूले यसो गरे किनभने, परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका निम्ति युद्ध गरिरहनु भएको थियो।
Joshua 11:11
इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
Joshua 21:44
अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इस्राएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो।
Judges 1:4
परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।
2 Samuel 21:2
(गिबोनीहरू इस्राएली थिएनन्। तिनीहरू त अमोरीहरू समूहका थिए। इस्राएलीहरूले गिबोनीहरूलाई केही घात नगर्ने वचन दिएका थिए। तर शाऊलले गिबोनीहरूलाई मार्न चाहे कारण थियो शाऊलको इस्राएली र यहूदाप्रति ज्यादा झुकाव।)राजा दाऊदले गिबोनीहरूलाई भेला गराए र कुरा गरे।
Joshua 10:32
लाकीश शहर परास्त गर्न परमप्रभुले तिनीहरूलाई सहयोग गर्नु भयो। तिनीहरूले त्यस शहरलाई दोस्रो दिनमा परास्त गरे। इस्राएलीहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारिदिए जसरी तिनीहरूले लिब्नामा मारेका थिए।
Joshua 10:30
परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
Joshua 10:28
त्यसदिन यहोशूले मक्केदालाई परास्त गरे। यहोशूले त्यस शहरका राजा र प्रजा सबैलाई मारि दिए। त्यहाँ मानिसहरू कोही जीवित छाडिएन। यहोशूले यरीहोका राजा प्रति जे गरेका थिए त्यस्तै मक्कैदाका राजा प्रति गरे।
Genesis 14:20
अनि हामी सर्वोच्च परमेश्वरलाई धन्यवाद दिन्छौं। परमेश्वरले तिम्रा शत्रुहरूलाई परास्त पार्न तिमीलाई सहायता गर्नु भयो।”अब्रामले आफूले युद्धमा पाएको प्रत्येक चीजको एक-दशांश मल्कीसेदेकलाई दिए।
Exodus 34:12
तर होशियार होऊ, कुनै मानिससंग सन्धि नगर जुन भूमिमा तिमीहरू बस्न गइरहेका छौ। यदि तिमीहरूले तिनीहरूसित सन्धि गर्यौ भने तिनीहरूले तिमीहरूलाई नराम्रो कार्य तिर लैजान्छन्।
Numbers 33:52
तिमीहरूले ती कनानमा बस्नेहरूलाई जबरजस्ती खेदूनु पर्छ। तिमीहरूले तिनीहरूका सबै खोपेर बनाएको मूर्तिहरू र धातुको मूर्तिहरू नष्ट पारिदिनु पर्छ। तिनीहरूको डाँडाका थानहरू सब भत्काइदिनु पर्छ।
Deuteronomy 3:3
“यसकारण परमप्रभु हाम्रा परमेश्वरले बाशानका राजा ओगलाई पराजित गराउनु भयो। हामीले उसको कसैलाई पनि बाँकी नराख्ने गरी परास्त पार्यौं।
Deuteronomy 7:23
तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ती देशहरू जित्ने बनाउनु हुनेछ। जबसम्म तिमीहरूको विजय हुँदैन तिनीहरूलाई परमप्रभुले अल्मल्याई दिनु हुने छ।
Deuteronomy 13:8
त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसलाई न सुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड।
Deuteronomy 20:10
“जब तिमीहरू शहर आक्रमण गर्न जान्छौ, त्यस समय तिमीहरूले मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नु पर्छ।
Joshua 6:17
यो शहर अनि यसमा भएका हरेक थोक परमप्रभुका हुन्। केवल राहाब वेश्या अनि तिनका घरमा भएका सबै मानिसहरू मात्र जीवित रहने छन्। यी मानिसहरूलाई मार्नु हुँदैन किनभने राहाबले ती दुई गुप्तचरहरूलाई सहयोग गरेकी थिइन्।
Joshua 8:24
युद्धको समयमा, इस्राएलका सेनाहरूले ऐका मानिसहरूलाई मैदान अनि मरूभूमि तिर खेदे। यसरी इस्राएलका सेनाहरूले ऐ शहरका मानिसहरूलाई मैदान तिर अनि मरूभूमि तिर मार्ने काम पूर्ण गरे। त्यसपछि इस्राएलका मानिसहरू ऐ तिर फर्केर गए अनि शहरमा अझ जीवितरहेका सबै मानिसहरूलाई मारिदिए।
Joshua 9:18
तर इस्राएलका सेनाले ती शहरहरूको विरूद्ध युद्ध गर्ने प्रयत्न गरेनन् तिनीहरूले ती मानिसहरूसित शान्ति-सम्झौता गरेका थिए। तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरको समक्ष ती मानिसहरूलाई शपथ दिएका थिए।सबै मानिसहरूले ती अगुवाहरू विरूद्ध विरोध जनाए जसले सम्झौता गरेका थिए।
Joshua 9:24
गिबोनी मानिसहरूले उत्तर दिए, “हामीले तपाईंसित झूटो कुरा गर्यौं किनभने हामीलाई तपाईंहरूले मार्नु हुनेछ भनी हामी भयभीत थियौं। हामीले यो सुन्यौं कि परमेश्वरले उहाँका दास मोशालाई यो सम्पूर्ण देश तपाईंहरूलाई दिनु भनी आज्ञा दिनु भएको थियो। अनि परमेश्वरले तपाईंहरूलाई भन्नुभयो यो देशमा बस्ने सबै मानिसहरूलाई मारिदिनु। त्यसै कारणले हामीले तपाईंसित झूटो बोल्यौं।
Joshua 10:24
तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।
Exodus 22:20
“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।