Exodus 21:1
त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;
Exodus 21:1 in Other Translations
King James Version (KJV)
Now these are the judgments which thou shalt set before them.
American Standard Version (ASV)
Now these are the ordinances which thou shalt set before them.
Bible in Basic English (BBE)
Now these are the laws which you are to put before them.
Darby English Bible (DBY)
And these are the judgments which thou shalt set before them.
Webster's Bible (WBT)
Now these are the judgments which thou shalt set before them.
World English Bible (WEB)
"Now these are the ordinances which you shall set before them.
Young's Literal Translation (YLT)
`And these `are' the judgments which thou dost set before them:
| Now these | וְאֵ֙לֶּה֙ | wĕʾēlleh | veh-A-LEH |
| are the judgments | הַמִּשְׁפָּטִ֔ים | hammišpāṭîm | ha-meesh-pa-TEEM |
| which | אֲשֶׁ֥ר | ʾăšer | uh-SHER |
| thou shalt set | תָּשִׂ֖ים | tāśîm | ta-SEEM |
| before | לִפְנֵיהֶֽם׃ | lipnêhem | leef-nay-HEM |
Cross Reference
Deuteronomy 4:14
त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
Deuteronomy 6:20
“भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’
Exodus 24:3
मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
2 Chronicles 19:10
तपाईंहरूले हत्या, नियम, आदेश, विधि वा केही अन्य नियमको बारेमा मुद्दा पाउनु हुनेछ। यी सबै मुद्दाहरू तपाईंहरूका शहरहरू तिर बस्ने तपाईंका भाइहरूबाट आउने छन्। तिमीहरूले मानिसहरूलाई चेताउनी दिनु पर्छ। तिम्रा सबै मुद्दाहरूको शिक्षाहरू पालन गर्नु पर्छ। नत्रभने तिनीहरू परमेश्वरको सामुन्ने दोषी हुनेछन्। यदि तिमीहरूले विश्वासयोग्य भएर सेवा गर्दैनौ भने परमप्रभु तिमीहरू अनि तिमीहरूको दाज्यू-भाईहरूसित क्रोधित हुनुहुनेछ। यस्तो गर्नुहोस् तब तपाईंहरू दोषी हुनुहुने छैन।
Nehemiah 9:13
तपाईं सीनै पर्वतमाथि झर्नु भयो अनि तिनीहरूलाई उचित न्याय र साँचो शिक्षा तिनीहरूसित स्वर्गबाट बोल्नुभयो अनि तपाईंले तिनीहरूलाई असल आदेश र आज्ञाहरू दिनुभयो।
Nehemiah 10:29
तिनीहरूका अगुवाहरू सँग मिलेर बाँच्नको लागि सराप अनि शपथ लिए, परमप्रभुले उहाँका दास मोशालाई दिएको वचन पालन् गर्दै परमप्रभु हाम्रा मालिकका सबै आदेशहरू अनि उहाँका न्याय र नियमहरू सावधानी पूर्वक पालन गर्ने सराप अनि शपथ लिए।
Psalm 147:19
परमेश्वरले आज्ञाहरू याकूबलाई दिनुभयो, परमेश्वरले आफ्ना नियमहरू र कानूनहरू इस्राएल लाई दिनुभयो।
Ezekiel 20:11
त्यसपछि मैले तिनीहरूलाई आफ्नो नियम दिएँ। मैले उनीहरूलाई सारा नियमहरू बताएँ। यदि कोही मानिसले यो नियमहरू पालन गर्यो भने ऊ बाँच्नेछ।
Ezekiel 20:25
यसकारण मैले तिनीहरूलाई त्यो नियम दिए, जुन राम्रो थिएन। मैले तिनीहरूलाई त्यो आदेश दिए जसद्वारा तिनीहरूले जीवन प्राप्त गर्नु सक्ने थिएनन्।
Malachi 4:4
“मोशाको व्यावस्था सम्झ अनि पालन गर। मोशा मेरो दास थियो। मैले होरेब पहाडमा उनीहरूलाई त्यो नियम पालन गर्ने विधिहरू बनाएँ। त्यो नियम इस्राएलका सबै बासिन्दाहरूको निम्ति हो।”
Matthew 28:20
जे जे मैले तिमीहरूलाई आज्ञा गरे ती सबै पालन गर्न तिनीहरूलाई सिकाओ। अनि जगतको अन्तसम्म म सदैव तिमीहरूका साथमा हुनेछु।”
1 Thessalonians 4:1
दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, अब मैले तिमीहरूलाई केही अर्को कुरो भन्दैछु। परमेश्वरलाई खुशी राख्ने हिसाबले कसरी जिउनु पर्छ त्यो हामीले तिमीहरूलाई सिकाएका छौं अनि त्यसरी नै तिमीहरू बसिरहेका छौ। अब हामी तिमीहरूलाई भन्छौ अनि उत्साह दिन्छौ कि प्रभु येशूमा त्यही प्रकारले अझ लागी रहो।
1 Kings 6:12
“यदि तैंले मेरो सबै विधि र विधान पालन गरिस् भने म ती सबै काम गर्नेछु जसका लागि मैले तेरा पिता दाऊदसँग प्रतिज्ञा गरेको थिएँ।
Deuteronomy 6:1
“आज्ञा, विधि तथा विधानहरू यी नै हुन् जुन परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनुका निम्ति मलाई बताउनु भयो। तिमीहरूले प्रवेश गर्दै गरेको भूमिमा यी विधि-विधानहरू पालन गर।
Leviticus 18:5
यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।
Leviticus 18:26
“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।
Leviticus 19:37
“तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।”
Leviticus 20:22
“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।
Numbers 35:24
तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।
Numbers 36:13
यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।
Deuteronomy 4:5
“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
Deuteronomy 4:8
आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
Deuteronomy 4:45
इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।
Deuteronomy 5:1
मोशाले इस्राएलीहरू सबैलाई बोलाएर भने, “इस्राएलीहरू हो, आज म जुन विधि-विधानहरू र नियमहरू बताउँछु, सुन। यी नियमहरू अभ्यास गर अनि पालन गर्नका लागि दृढ बन।
Deuteronomy 5:31
तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’
Exodus 19:7
मोशा पर्वतबाट तल आए अनि मानिसका अगुवाहरूलाई बोलाए। मोशाले सबै कुरा तिनीहरूलाई भने जुन परमप्रभुले उनलाई आज्ञा दिनुभएको थियो।