Ezra 7:5
बुक्की अबीशूअका छोरा थिए, अबीशूअ पीनहासका छोरा थिए, पीनहास एलाजारका छोरा थिए, एलाजार मुख्य पूजाहारी हारूनका छोरा थिए।
Ezra 7:5 in Other Translations
King James Version (KJV)
The son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest:
American Standard Version (ASV)
the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest;
Bible in Basic English (BBE)
The son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest:
Darby English Bible (DBY)
the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest,
Webster's Bible (WBT)
The son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest:
World English Bible (WEB)
the son of Abishua, the son of Phinehas, the son of Eleazar, the son of Aaron the chief priest;
Young's Literal Translation (YLT)
son of Abishua, son of Phinehas, son of Eleazar, son of Aaron the head priest;
| The son | בֶּן | ben | ben |
| of Abishua, | אֲבִישׁ֗וּעַ | ʾăbîšûaʿ | uh-vee-SHOO-ah |
| the son | בֶּן | ben | ben |
| of Phinehas, | פִּֽינְחָס֙ | pînĕḥās | pee-neh-HAHS |
| son the | בֶּן | ben | ben |
| of Eleazar, | אֶלְעָזָ֔ר | ʾelʿāzār | el-ah-ZAHR |
| the son | בֶּן | ben | ben |
| Aaron of | אַֽהֲרֹ֥ן | ʾahărōn | ah-huh-RONE |
| the chief | הַכֹּהֵ֖ן | hakkōhēn | ha-koh-HANE |
| priest: | הָרֹֽאשׁ׃ | hārōš | ha-ROHSH |
Cross Reference
Exodus 6:25
हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्।
Joshua 22:31
यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसंग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”
Joshua 24:33
हारूनका छोरा एलाजारको पनि मृत्यु भयो अनि एप्रैमको पहाडी देश गिबामा गाडे। गिबा एलाजारका छोरा पीनहासलाई दिइएको थियो।
Judges 20:28
त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”
1 Chronicles 6:4
एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
1 Chronicles 6:50
यी हारूनका छोरा थिए, एलाजार हारूनका छोरा थिए। पीनहास एलाजारका छोरा थिए। अबीहू पीनहासका छोरा थिए।
1 Chronicles 24:1
हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए।
2 Chronicles 19:11
अमर्याह मुख्य पूजाहारी हुन्। तिनी परमप्रभु सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। अनि जबदियाह राजा सम्बन्धी सबै कुरामा तपाईंहरू माथि रहनेछन्। जबदियाहका पिताको नाउँ इश्माएल हो। जबदियाह यहूदा कुल समूहका एक प्रमुख हुन्। लेवीहरूले पनि तपाईंहरूको निम्ति लेखापालको रूपमा सेवा गर्ने छन्। तपाईंहरूले गर्ने सबै काममा साहस गर्नु होस्। परमप्रभु तिनीहरूसाथ रहून् जसले त्यही गर्छ जे उचितछ।”
2 Chronicles 26:20
अजर्याह-मुख्य पूजाहारी अनि अन्य सबै पूजाहारीहरूले उज्जियाहलाई हेरे। तिनीहरूले तिनको निधारमा कोर रोग देख्न सक्थे। पूजाहारीहरूले उज्जियाहलाई मन्दिरबाट चाँडो बाहिर जान कर लगाए। उज्जियाह स्वयं हत्तारिएर बाहिर निस्के किनभने परमप्रभुले तिनलाई दण्ड दिनुभएको थियो।
Psalm 106:30
तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।
Joshua 22:13
यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।
Joshua 14:1
पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इस्राएलका सबै कुल समूहका अगुवाहरूले कनानमा कुन चाहि भूमि मानिसहरूलाई दिने भनि निर्णय गरे।
Numbers 31:54
यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे।
Leviticus 10:6
तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।
Leviticus 10:12
मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।
Leviticus 10:16
जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने,
Numbers 3:32
पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।
Numbers 20:25
“अब हारून र तिनका छोरो एलाजारलाई होर पर्वतमा लिएर आऊ।
Numbers 25:7
हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।
Numbers 27:2
तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,
Numbers 31:6
मोशाले बाह्र हजार इस्राएलीहरू युद्धमा पठाए। तिनले पूजाहारी एलाजारको छोरो पीनहासलाई पनि तिनीहरूसित पठाए। पीनहासले आफूसित पवित्र चीजहरू युद्ध-ध्वनी तथा तुरहीहरू लिएर गए।
Numbers 31:31
परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार मोशा र पूजाहारी एलाजारले इस्राएली सेनाहरूले युद्धबाट ल्याएका समानहरू वितरण गरे।
Hebrews 5:4
प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।