Galatians 2 - ASV (Nepali)
1 Then after the space of fourteen years I went up again to Jerusalem with Barnabas, taking Titus also with me.चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।
2 And I went up by revelation; and I laid before them the gospel which I preach among the Gentiles but privately before them who were of repute, lest by any means I should be running, or had run, in vain.म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।
3 But not even Titus who was with me, being a Greek, was compelled to be circumcised:तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्।
4 and that because of the false brethren privily brought in, who came in privily to spy out our liberty which we have in Christ Jesus, that they might bring us into bondage:हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।
5 to whom we gave place in the way of subjection, no, not for an hour; that the truth of the gospel might continue with you.तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।
6 But from those who were reputed to be somewhat (whatsoever they were, it maketh no matter to me: God accepteth not man's person)-- they, I say, who were of repute imparted nothing to me:तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।
7 but contrariwise, when they saw that I had been intrusted with the gospel of the uncircumcision, even as Peter with `the gospel' of the circumcisionतर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो
8 (for he that wrought for Peter unto the apostleship of the circumcision wrought for me also unto the Gentiles);परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।
9 and when they perceived the grace that was given unto me, James and Cephas and John, they who were reputed to be pillars, gave to me and Barnabas the right hands of fellowship, that we should go unto the Gentiles, and they unto the circumcision;याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”
10 only `they would' that we should remember the poor; which very thing I was also zealous to do.तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।
11 But when Cephas came to Antioch, I resisted him to the face, because he stood condemned.जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।
12 For before that certain came from James, he ate with the Gentiles; but when they came, he drew back and separated himself, fearing them that were of the circumcision.यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।
13 And the rest of the Jews dissembled likewise with him; insomuch that even Barnabas was carried away with their dissimulation.त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।
14 But when I saw that they walked not uprightly according to the truth of the gospel, I said unto Cephas before `them' all, If thou, being a Jew, livest as do the Gentiles, and not as do the Jews, how compellest thou the Gentiles to live as do the Jews?मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”
15 We being Jews by nature, and not sinners of the Gentiles,हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी पापीहरू जस्ता होइनौं।
16 yet knowing that a man is not justified by the works of the law but through faith in Jesus Christ, even we believed on Christ Jesus, that we might be justified by faith in Christ, and not by the works of the law: because by the works of the law shall no flesh be justified.हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।
17 But if, while we sought to be justified in Christ, we ourselves also were found sinners, is Christ a minister of sin? God forbid.धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गरयौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाँउछन्? पक्कै होइन।
18 For if I build up again those things which I destroyed, I prove myself a transgressor.यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।
19 For I through the law died unto the law, that I might live unto God.व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।
20 I have been crucified with Christ; and it is no longer I that live, but Christ living in me: and that `life' which I now live in the flesh I live in faith, `the faith' which is in the Son of God, who loved me, and gave himself up for me.यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।
21 I do not make void the grace of God: for if righteousness is through the law, then Christ died for nought.परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।
Nepali Bible