Galatians 4:24 in Nepali

Nepali Nepali Bible Galatians Galatians 4 Galatians 4:24

Galatians 4:24
यो सत्य कथाले हाम्रो अघि एउटा चित्र खड गर्छ। ती दुइ स्त्रीहरू परमेश्वर र मानिस बीचको करार स्वरूप हुन्। एउटा करार सीनै पर्वत को परमेश्वरले बनाएको व्यवस्था हो। यस संझौताको अधीन रहने मानिसहरू कमारा जस्ता हुन्। हागार नाउँकी आमा त्यही करार जस्तो हो।

Galatians 4:23Galatians 4Galatians 4:25

Galatians 4:24 in Other Translations

King James Version (KJV)
Which things are an allegory: for these are the two covenants; the one from the mount Sinai, which gendereth to bondage, which is Agar.

American Standard Version (ASV)
Which things contain an allegory: for these `women' are two covenants; one from mount Sinai, bearing children unto bondage, which is Hagar.

Bible in Basic English (BBE)
Which things have a secret sense; because these women are the two agreements; one from the mountain of Sinai, giving birth to servants, which is Hagar.

Darby English Bible (DBY)
Which things have an allegorical sense; for these are two covenants: one from mount Sinai, gendering to bondage, which is Hagar.

World English Bible (WEB)
These things contain an allegory, for these are two covenants. One is from Mount Sinai, bearing children to bondage, which is Hagar.

Young's Literal Translation (YLT)
which things are allegorized, for these are the two covenants: one, indeed, from mount Sinai, to servitude bringing forth, which is Hagar;

Which
things
ἅτινάhatinaA-tee-NA
are
ἐστινestinay-steen
an
allegory:
ἀλληγορούμενα·allēgoroumenaal-lay-goh-ROO-may-na
for
αὗταιhautaiAF-tay
these
γάρgargahr
are
εἰσινeisinees-een
the
αἱhaiay
two
δύοdyoTHYOO-oh
covenants;
διαθῆκαιdiathēkaithee-ah-THAY-kay
one
the
μίαmiaMEE-ah

μὲνmenmane
from
ἀπὸapoah-POH
the
mount
ὄρουςorousOH-roos
Sinai,
Σινᾶsinasee-NA
gendereth
which
εἰςeisees
to
δουλείανdouleianthoo-LEE-an
bondage,
γεννῶσαgennōsagane-NOH-sa
which
ἥτιςhētisAY-tees
is
ἐστὶνestinay-STEEN
Agar.
Ἁγάρhagara-GAHR

Cross Reference

1 Corinthians 10:11
तिनीहरूलाई जे जति आइपर्यो, ती उदाहरणहरू हुन। अनि हाम्रै चेतावनीको निम्ति ती लेखिएका थिए। हामी त्यस्तो समयमा बाँचिरहेकाछौं, ती सबै विगत इतिहासहरू अन्त भइसकेका छन्।

Hosea 11:10
म सिंह जस्तै गर्जने छु, म गर्जन्छु अनि मेरा संन्तान मसंग आउने छन्, र मेरो पछि-पछि हिँडनेछन्। मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्।

Genesis 21:9
एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।

Hebrews 7:22
यसको अर्थ हो, येशू एक उत्तम करारको साक्षी हुनुभयो।

Hebrews 8:6
तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।क

Hebrews 9:15
ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैंको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।

Hebrews 10:15
पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ

Hebrews 11:19
अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए।

Hebrews 12:24
तिमीहरू येशूकहाँ आएका छौ जसले परमेश्वरबाट उहाँका मानिसहरूका लागि नयाँ करार ल्याउनुभयो। तिमीहरू रगत छर्केको ठाउँमा आएकाछौ जसले हामीलाई हाबिलको रगतले भन्दा असल कुराहरू भन्दछ।

Hebrews 13:20
म प्रार्थना गर्छु, शान्तिका परमेश्वरले तिमीहरूले चाहेका सबै असल कुराहरू दिनुहुनेछ जसमा कि उहाँले चाहनु भएको काम तिमीहरूले गर्न सक्छौ। उनै परमेश्वर हुनुहुन्छ जसले भेडाका ठूला गोठाला हाम्रा प्रभु येशूलाई मृत्युबाट पुनरूत्थान गर्नुभयो। आफ्ना रगतद्वारा उहाँले अनन्त करार शुरू गुर्नुभयो।

Galatians 5:1
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।

Galatians 4:25
हागार अरब देशमा सीनै पाहाड जस्तो हो र ऊ यरूशलेमको वर्तमान नगर यहूदीको प्रतिरूप हो। यो नगर एउटा कमारा हो र यसका मानिसहरू (यहूदी) कमाराहरू हुन्।

Galatians 3:15
दाज्यू-भाइ दिदी-बहिनीहरू हो, म एउटा उदाहरण दिन्छुः जब कसैले इच्छा पत्र लेख्छ र त्यो अधिकृत हुन्छ, तब कसैले त्यसलाई पन्छाउन सक्दैन अथवा त्यसमा केही थप्न नै सक्छ।

Genesis 16:8
स्वर्गदूतले हागारलाई भने, “हागार तिमी साराईकी दासी हौ, तिमी किन यहाँ छौ? तिमी कहाँ जाँदैछौ?”हागारले भनी, “म साराईदेखि भाग्दैछु।”

Genesis 16:15
हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे।

Genesis 25:12
इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्

Deuteronomy 33:2
मोशाले भने,“परमप्रभु सीनैबाट आउनुभयो, परमप्रभु सेईरमा बिहानी पखको प्रकाश झैं हुनुहुन्थ्यो। उहाँ पारान डाँडामा ज्योति झै चम्कनुभयो। परमप्रभु 10,000 पवित्र मानिसहरूसित आउनु भयो। परमप्रभुका शक्तिशाली सेनाहरू छेऊमा थिए।

Ezekiel 20:49
त्यसपछि मैले भनें, “हे परमप्रभु मेरो मालिक! यदि मैले यो कुराहरू मानिसहरूलाई भने-भनें उनीहरूले सम्झन्छन् कि मैले कथा सुनाउँदैछु। तिनीहरूले सोच्दैनन् कि यो साँचो हुनेछ।”

Matthew 13:35
अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो, “म उखान मार्फत तिमीहरूसँग बोल्छु, उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।”

Luke 22:19
त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”

Romans 8:15
जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “पिता, प्रिय पिता।”

1 Corinthians 10:4
अनि तिनीहरू सबैले एकै किसिमको आत्मिक पानी पिए। तिनीहरूले त्यस आत्मिक पहराबाट पिए जुन उनीहरूसँगै थियो। त्यो पहरा ख्रीष्ट हुनुहुन्थ्यो।

Genesis 16:3
यो घटना अब्राम कनानमा दशवर्षसम्म बसे पछिको हो। साराईले अब्रामलाई आफ्नो कमारी राख्ने अनुमति दिई हालिन्। (हागार साराईको मिश्र देशकी कमारी थिई)