Hosea 9:4 in Nepali

Nepali Nepali Bible Hosea Hosea 9 Hosea 9:4

Hosea 9:4
इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसंग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।

Hosea 9:3Hosea 9Hosea 9:5

Hosea 9:4 in Other Translations

King James Version (KJV)
They shall not offer wine offerings to the LORD, neither shall they be pleasing unto him: their sacrifices shall be unto them as the bread of mourners; all that eat thereof shall be polluted: for their bread for their soul shall not come into the house of the LORD.

American Standard Version (ASV)
They shall not pour out wine-offerings to Jehovah, neither shall they be pleasing unto him: their sacrifices shall be unto them as the bread of mourners; all that eat thereof shall be polluted; for their bread shall be for their appetite; it shall not come into the house of Jehovah.

Bible in Basic English (BBE)
They will give no wine offering to the Lord, they will not make offerings ready for him; their bread will be like the bread of those in sorrow; all who take it will be unclean, because their bread will be only for their desire, it will not come into the house of the Lord.

Darby English Bible (DBY)
They shall pour out no [offerings of] wine to Jehovah, neither shall their sacrifices be pleasing unto him: they shall be unto them as the bread of mourners; all that eat thereof shall be defiled: for their bread shall be for themselves; it shall not come into the house of Jehovah.

World English Bible (WEB)
They won't pour out wine offerings to Yahweh, Neither will they be pleasing to him. Their sacrifices will be to them like the bread of mourners; All who eat of it will be polluted; For their bread will be for their appetite. It will not come into the house of Yahweh.

Young's Literal Translation (YLT)
They pour not out wine to Jehovah, Nor are they sweet to Him, Their sacrifices `are' as bread of mourners to them, All eating it are unclean: For their bread `is' for themselves, It doth not come into the house of Jehovah.

They
shall
not
לֹאlōʾloh
offer
יִסְּכ֨וּyissĕkûyee-seh-HOO
wine
לַיהוָ֥ה׀layhwâlai-VA
Lord,
the
to
offerings
יַיִן֮yayinya-YEEN
neither
וְלֹ֣אwĕlōʾveh-LOH
pleasing
be
they
shall
יֶֽעֶרְבוּyeʿerbûYEH-er-voo
unto
him:
their
sacrifices
לוֹ֒loh
bread
the
as
them
unto
be
shall
זִבְחֵיהֶ֗םzibḥêhemzeev-hay-HEM
of
mourners;
כְּלֶ֤חֶםkĕleḥemkeh-LEH-hem
all
אוֹנִים֙ʾônîmoh-NEEM
eat
that
לָהֶ֔םlāhemla-HEM
thereof
shall
be
polluted:
כָּלkālkahl
for
אֹכְלָ֖יוʾōkĕlāywoh-heh-LAV
bread
their
יִטַּמָּ֑אוּyiṭṭammāʾûyee-ta-MA-oo
for
their
soul
כִּֽיkee
shall
not
לַחְמָ֣םlaḥmāmlahk-MAHM
into
come
לְנַפְשָׁ֔םlĕnapšāmleh-nahf-SHAHM
the
house
לֹ֥אlōʾloh
of
the
Lord.
יָב֖וֹאyābôʾya-VOH
בֵּ֥יתbêtbate
יְהוָֽה׃yĕhwâyeh-VA

Cross Reference

Hosea 8:13
मेरो भेटीको लागि तिनीहरूले मासु चढाउँछन् र खान्छन्, तर परमप्रभुले तिनीहरूलाई ग्रहण गर्नुहुन्न। अब उहाँले तिनीहरूलाई तिनीहरूको पापको निम्ति दण्ड दिनुहुनेछ। तिनीहरूलाई मिश्रमा नै फर्काइँनेछ।

Jeremiah 6:20
परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले सुगन्धित मेरो निम्ति सुदुर देशबाट बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”

Deuteronomy 26:14
जब म दुःखमा थिएँ मैले यो बालीको अन्न खाइन म अशुद्ध थिइन जब यो अन्न बटुलें, यो अन्नबाट मैले मरेका मानिसहरूलाई पनि चढाएको छैन। मैले परमप्रभु मेरा परमेश्वर तपाईंले दिनु भएका सबै आज्ञा पालन गरें तपाईंले दिएका आज्ञाहरू सबै पालन गरेको छु।

Hosea 3:4
यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।

Ezekiel 24:17
तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”

Joel 2:14
‘कसले जान्दछ’ हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ। यो पनि हुनसक्छ उहाँले तिमीहरुलाई आशिष दिनुहुन्छ। अनि फेरि तिमीहरुले परमप्रभु तिमीहरुका परमेशवरलाई अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

Amos 4:4
“बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर।गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।

Amos 5:22
तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन।

Amos 8:11
परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरुपरमप्रभुको वचनको निम्ति भोकाउनेछन्।

Haggai 2:13
त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”

Malachi 1:9
“पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उनले तिम्रो बिन्ती सुन्ने छैनन् अनि यी सबै दोष तिम्रो हुनेछ।”सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

Malachi 2:13
तिमीहरूले रोएर परमप्रभुको वेदी आँसुले भिजाउँन सक्छौ, तर परमप्रभुले तिमीहरूको भेटी ग्रहण गर्नुहुने छैन।परमप्रभु ती चिजहरूबाट प्रसन्न हुनुहुने छैन जे तिमीहरूले लिएर आउँछौ।

John 6:51
म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।”

Joel 1:13
हे पूजाहरीहरु! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरु हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरु! तिमीहरु भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन।

Ezekiel 24:22
तर तिमीले त्यही गर्नेछौ जुन मैले आफ्नो मृत पत्नीको विषयमा गरें। तिमीले आफ्नो शोक प्रकटको निम्ति जुगाँ छोप्ने छैनौ। तिमीले त्यो भोजन खाने छैनौ जुन प्राय कुनै मानिस मर्दा अरू मानिसहरूले खान्छन्।

Exodus 40:23
तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।

Leviticus 17:11
किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।

Leviticus 21:6
पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

Leviticus 21:8
पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

Leviticus 21:17
“हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

Leviticus 21:21
हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

Numbers 28:2
“इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगो द्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ।

Nehemiah 8:9
नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।

Isaiah 1:11
परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।

Isaiah 57:6
तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ। तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ। तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ। तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउनेछौ। के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अहँ! तिनीहरूले मलाई खुशी पार्दैनन्। तिनीहरू प्रत्येक पहाडी अनि अग्लो ठाउँमा आफ्नो ओछ्यान लगाउँछौ।

Isaiah 66:3
कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।

Numbers 19:11
एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।

Numbers 4:7
“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।