Jeremiah 3:23 “डाँडाहरूमाथि मूर्ति पूज्न एउटा मूर्खता थियो। पर्वतमा होहल्ला गर्ने दलहरू सबै गल्ती थिए। निसन्देह इस्राएलको उद्धार परमप्रभु परमेश्वरबाट आउँछ।
Jeremiah 3:23 in Other Translations
King James Version (KJV) Truly in vain is salvation hoped for from the hills, and from the multitude of mountains: truly in the LORD our God is the salvation of Israel.
American Standard Version (ASV) Truly in vain is `the help that is looked for' from the hills, the tumult on the mountains: truly in Jehovah our God is the salvation of Israel.
Bible in Basic English (BBE) Truly, the hills, and the noise of an army on the mountains, are a false hope: truly, in the Lord our God is the salvation of Israel.
Darby English Bible (DBY) Truly in vain [is salvation looked for] from the hills, [and] the multitude of mountains; truly in Jehovah our God is the salvation of Israel.
World English Bible (WEB) Truly in vain is [the help that is looked for] from the hills, the tumult on the mountains: truly in Yahweh our God is the salvation of Israel.
Young's Literal Translation (YLT) Surely in vain from the heights, The multitude of mountains -- Surely in Jehovah our God `is' the salvation of Israel.
Read Full Chapter :
Jeremiah 3
Cross Reference
भजनसंग्रह 3:8
हे परमप्रभु, विजय तपाईंको हो! आफ्ना मानिसहरू प्रति कल्यानकारी हुनुहुन्छ।
भजनसंग्रह 121:1
सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ?
यशैया 12:2
परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
यर्मिया 17:14
हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु।
यशैया 45:17
तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
यशैया 45:20
“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।
यशैया 46:7
ती मानिसहरू आफ्ना काँधमा ती झूटा देवताहरू बोक्छन्। झूटो देवता अर्थहीन हो। मानिसहरूले यसलाई बोक्नु पर्छ। मानिसहरू भूईंमा मूर्ति उभ्याउँछन्। अनि झूटो देवता त्यहाँबाट हिँडन सक्तैन्। झूटा देवता मूर्ति मात्र हो। यसले मानिसहरूलाई संकटबाट रक्षा गर्न सक्दैन्। मानिसहरू त्यससित चिच्याउँछन् तर कुनै उत्तर पाउँदैनन्। झूटो देवता मात्र मूर्ति हो। यसले मानिसहरूलाई तिनीहरूको समस्याबाट रक्षा गर्न सक्तैन्।
यशैया 63:1
एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”
यशैया 63:16
हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।
यर्मिया 3:6
योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि उ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई।
भजनसंग्रह 37:39
धर्मी मानिसहरूलाई परमप्रभुले बचाउनु हुन्छ। जब धर्मी मानिसहरू संकटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ।
यर्मिया 14:8
हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
इजकिएल 20:28
तर यस्तो हुँदा हुँदै पनि मैले तिनीहरूलाई त्यो देशमा ल्याएँ जुन मैले तिनीहरूलाई दिन्छु भनि प्रतिज्ञा गरेको थिएँ। तिनीहरूले ती पहाडहरू अनि हरियो वृक्षहरूलाई देखे यसकारण तिनीहरूलाई त्यो सबै स्थानहरूमा पूजा गर्न गए। तिनीहरूले आफ्नो बलिदान अनि क्रोध भेटीती सबै स्थानहरूमा चढाए। तिनीहरूले आफ्नो त्यो बलिदान चढाए जुन मधुर सुगन्धवाला थियो अनि तिनीहरूले आफ्नो पेय भेटी पनि ती स्थानमा चढाए।
होशे 1:7
बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै उपयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।
योना 2:8
“ज-जसले ब्यार्थका मुर्तिहरुतिर मन लगाउँछन् तिनीहरुले गर्नु पर्ने साँचो भक्तिलाई त्याग्द छन्।
यूहन्ना 4:22
तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ।
यर्मिया 10:14
मानिसहरू एकदमै मूर्ख छन्। मूर्तिहरूले आफ्ना सृष्टिाहरूलाई मूर्ख बनाए। ती मूर्तिहरू वास्तवमा मिथ्या बाहेक केही होइन। तिनीहरूमा जीवन हुँदैन।
यशैया 43:11
म हो म नै परमप्रभु हुँ। मबाहेक अरू कोही पनि मुक्तिदाता छैन।
यशैया 44:9
केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।
यशैया 45:15
परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।