Joshua 22 - DBY (Nepali)

1 Then Joshua called the Reubenites, and the Gadites, and the half tribe of Manasseh,त्यसपछि यहोशूले रूबेन, गाद अनि मनश्शे कुल समूहहरूका सबै मानिसहरूलाई सभामा बोलाए।

2 and said unto them, Ye have kept all that Moses the servant of Jehovah commanded you, and have hearkened to my voice in all that I commanded you.“परमप्रभुका दाश मोशाले तिमीहरूलाई दिएका ती सबै आदेश पालन गरे अनि तिनीहरूले मेरो सबै आदेशहरू पनि पालन गर्यौ।

3 Ye have not left your brethren these many days unto this day, and ye have kept the charge of the commandment of Jehovah your God.तिमीहरूले अरू इस्राएली कुल समूहहरूलाई छोडिदियौ। सबै आदेशहरू सावधानीसित पालन गर्यौ जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको थियो।

4 And now Jehovah your God hath given rest to your brethren, as he said unto them; and now return, and get you unto your tents, unto the land of your possession, which Moses the servant of Jehovah gave you beyond the Jordan.परमप्रभु तिमीहरूका परमेश्वरले इस्राएलका मानिसहरूलाई शान्ति प्रदान गर्ने प्रतिज्ञा दिनुभएको थियो। र परमप्रभुले उहाँको वचन अहिले राख्नु भयो। यसर्थ अब तिमीहरू घर जान सक्छौ। परमप्रभुका दास मोशाले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को भूमि दिएका छन्। अब तिमीहरू त्यस भूमिमा आफ्नो घरमा जान सक्छौ।

5 Only, take great heed to do the commandment and the law, which Moses the servant of Jehovah commanded you, to love Jehovah your God, and to walk in all his ways, and to keep his commandments, and to cleave unto him, and to serve him with all your heart and with all your soul.तर याद राख-त्यो नियम पालन गर्नु पर्छ जो मोशाले तिमीहरूलाई दिएका थिए। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु पर्छ अनि उहाँका आज्ञाहरूको सदा-सर्वदा पालन गर्नु पर्छ। तिमीहरूले लगातार अनुसरण अनि लगातार उत्तम प्रकारले उहाँको सेवालाई जारिराख्नु पर्छ।”

6 And Joshua blessed them, and sent them away; and they went to their tents.तब यहोशूले तिनीहरूलाई बिदा दिए र तिनीहरू घर फर्के।

7 And to half the tribe of Manasseh Moses had given [inheritance] in Bashan, and to the other half thereof had Joshua given among their brethren on this side the Jordan westward. And when Joshua sent them away to their tents, he blessed them also,मोशाले मनश्शेका आधा कुल समूहलाई बाशान भूमि दिएका थिए। यहोशूले मनश्शेका अर्को आधा कुल समूहलाई यर्दन नदीको पश्चिम तफर्को भूमि दिए। यहोशूले तिनीहरूलाई आशीर्वाद दिए अनि तिनीहरूलाई घर पठाई दिए।

8 and spoke to them, saying, Return unto your tents with much wealth and with very much cattle, with silver, and with gold, and with copper, and with iron, and with clothing, in very great quantity; divide the spoil of your enemies with your brethren.तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”

9 And the children of Reuben and the children of Gad and the half tribe of Manasseh returned, and departed from the children of Israel out of Shiloh, which is in the land of Canaan, to go to the country of Gilead, into the land of their possession, of which they had become possessed, according to the word of Jehovah through Moses.यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।

10 And they came to the districts of the Jordan that are in the land of Canaan; and the children of Reuben and the children of Gad and the half tribe of Manasseh built there an altar by the Jordan, an altar of grand appearance.रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरू गलीलोत नामक स्थानमा गए। यो यर्दन नदीको छेऊ कनान देश भित्र थियो। त्यहाँ तिनीहरूले सुन्दर बेदी निर्माण गरे।

11 And the children of Israel heard say, Behold, the children of Reuben and the children of Gad and the half tribe of Manasseh have built an altar over against the land of Canaan, in the districts of the Jordan, separately from the children of Israel.तर इस्राएलका अन्य मानिसहरू, जो अझसम्म शीलोमा नै थिए, यी तीन कुल समूहले निर्माण गरेका बेदीको विषयमा तिनीहरूले सुने त्यो बेदी गलीलोत नामक स्थानमा कनानको सीमानामा थियो। यो यर्दन नदीको नजीकैमा इस्राएल तर्फ थियो।

12 And when the children of Israel heard [of it], the whole assembly of the children of Israel gathered together at Shiloh, to go up against them to war.इस्राएलका सबै मानिसहरू यी तीन कुल समूह प्रति अत्यन्त क्रोधित भए। तिनीहरू एकसाथ भेला भए अनि तिनीहरूको विरूद्ध लडाईं गर्ने निश्चय गरे।

13 And the children of Israel sent to the children of Reuben, and to the children of Gad, and to the half tribe of Manasseh, into the land of Gilead, Phinehas the son of Eleazar the priest,यसर्थ इस्राएलीहरूले केही मानिसहरूलाई रूबेन, गाद अनि मनश्शेका आधा कुलका मानिसहरूसित बातचित गर्न पठाए। यी मानिसहरूका अगुवा पूजाहारी एलाजारका छोरा पीनहास थिए।

14 and with him ten princes, of each father's house a prince, out of all the tribes of Israel; and each of them was head of a father's house, of the thousands of Israel.तिनीहरूले कुल समूहहरूका दशजना अगुवाहरूलाई पनि त्यहाँ पठाए। त्यस शीलोहमा भएका इस्राएली कुल समूहका प्रत्येक परिवारबाट एक मानिस थिए।

15 And they came to the children of Reuben, and to the children of Gad, and to the half tribe of Manasseh, to the land of Gilead, and spoke with them, saying,यसर्थ यी एघारजना मानिसहरू गिलाद तिर गए। तिनीहरू रूबेन, गाद अनि आधा कुल मनश्शेका मानिसहरूसित कुरा गर्न गए। ती एघारजना मानिसहरूले तिनीहरूलाई भने,

16 Thus saith the whole assembly of Jehovah: What wickedness is this which ye have committed against the God of Israel, to turn away this day from following Jehovah, in that ye have built yourselves an altar, rebelling this day against Jehovah?“इस्राएलका समस्त मानिसहरूले तिमीहरूलाई सोध्छन्; किन तिमीहरूले इस्राएलका परमेश्वरको विरूद्ध यस्तो कुरा गर्यौ? किन तिमीहरू परमप्रभु विरूद्ध भयौ? किन तिमीहरूले तिमीहरू स्वयंका निम्ति एक बेदी निर्माण गर्यौ? तिमीहरूलाई थाहा छ यो परमेश्वरको उपदेशको विरूद्ध हो।

17 Is the iniquity of Peor too little for us? from which we are not cleansed until this day, although there was a plague in the assembly of Jehovah.याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।

18 And ye turn away this day from following Jehovah; and it will be, that since ye rebel this day against Jehovah, to-morrow he will be wroth with the whole assembly of Israel.अनि अहिले तिमीहरू त्यही कुरा गरिरहेछौ। तिमीहरू परमप्रभुको विरूद्ध भइरहेछौ। के तिमीहरू परमप्रभुको अनुसरण गर्न अस्वीकार गर्छौ? यदि तिमीहरूले जे गरिरहेछौ त्यो रोकेनौं भने परमप्रभु इस्राएलका परमेश्वर हामी हरेक मानिस प्रति क्रोधित हुनुहुनेछ।

19 Notwithstanding, if the land of your possession is unclean, come over into the land of the possession of Jehovah, where Jehovah's tabernacle dwelleth, and take possession amongst us; but rebel not against Jehovah, and rebel not against us, in building for yourselves an altar besides the altar of Jehovah our God.यदि तिमीहरू भूमिको पूजा अर्चनाको निम्ति त्यति उत्तम नभए हाम्रो भूमितिर आऊ। परमप्रभुको पाल हाम्रो भूमिमा छ। तिमीहरूले हाम्रो केही भूमि लिन सक्नेछौ, अनि त्यहाँ बस्न सक्ने छौ। तर परमप्रभुको विरूद्ध नगर। अर्को वेदी निर्माण नगर। हाम्रो भेट-हुने पालमा परमप्रभु हाम्रा परमेश्वरको वेदी छँदैछ।

20 Did not Achan the son of Zerah commit a trespass in the accursed thing? and wrath fell on all the assembly of Israel, and he perished not alone in his iniquity.“जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”

21 And the children of Reuben and the children of Gad and the half tribe of Manasseh answered and said to the heads of the thousands of Israel,रूबेन, गाद अनि आधा मनश्शेका कुल समूहहरूका मानिसहरूले ती एघार मानिसहरूलाई उत्तर दिए र तिनीहरूले भने,

22 The ùGod of gods, Jehovah, the ùGod of gods, Jehovah, he knoweth, and Israel he shall know [it]; if it is in rebellion, or if in trespass against Jehovah, -- save us not this day!“परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ, फेरि पनि हामी भन्छौ, कि परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ। अनि हामीले किन यो काम गर्यौ त्यो परमेश्वरले जान्नु हुन्छ। हामी चाहन्छौं कि तिमीहरूले पनि यो जान्नुपर्छ। तिमीहरूले न्याय गर्न सक्छौ, हामीले के गर्यौं। यदि हामीले केही गल्ती गर्यौं भनी तिमीहरू विश्वास गर्छौ भने, तिमीहरूले हामीलाई मार्न सक्छौ।

23 -- that we have built for ourselves an altar to turn from following Jehovah, and if it is to offer up burnt-offering and oblation on it, and if to offer peace-offerings thereon, let Jehovah himself require it [from us];यदि हामीले परमेश्वरको नियम भङ्ग गर्यौं भने परमप्रभुलाई नै हामीलाई दण्ड दिउन् भनी याचना गर्नुहोस्। के हामीले होमबलि, अन्नबलि अनि मेलबलिहरू अर्पण गर्नका निम्ति यो बेदी निर्माण गरेका हौं भनी तिमीहरू ठान्छौ?

24 and if we have not done it from fear of this thing, saying, In future your children will speak to our children, saying, What have ye to do with Jehovah the God of Israel?अहँ! हामीले त्यो कारण यसलाई निर्माण गरेका होइनौं। हामीले यो वेदी किन निर्माण गर्यौं? हामीलाई डर थियो कि भविष्यमा तिमीहरूका मानिसहरूले हामीलाई तिमीहरूको राष्ट्रको एक भाग हो भन्न अस्वीकार गर्नेछन् तब तिमीहरूका मानिसहरूले भन्न सक्छन् कि हामीहरू इस्राएलका परमप्रभु परमेश्वरको आराधान गर्न सक्तैनौ।

25 Jehovah hath made the Jordan a border between us and you, ye children of Reuben and children of Gad, ye have no portion in Jehovah! And so shall your children make our children cease from fearing Jehovah.तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।

26 And we said, Let us now set to work to build an altar, not for burnt-offering, nor for sacrifice,“यसर्थ हामीले यो वेदी निर्माण गर्ने निश्चय गर्यौं। तर हामीले यसलाई भेटीहरू अनि बलि चढाउनको निम्ति उपयोग गर्ने योजना गरेका थिएनौं।

27 but to be a witness between us and you, and between our generations after us, that we might do service to Jehovah before him with our burnt-offerings, and with our sacrifices, and with our peace-offerings; that your children may not say to our children in future, Ye have no portion in Jehovah.हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो।

28 And we said, If it shall be that in future they so say to us and to our generations, we will say, Behold the pattern of the altar of Jehovah which our fathers made, not for burnt-offering, nor for sacrifice, but as a witness between us and you.भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’

29 Far be it from us that we should rebel against Jehovah, and turn this day from following Jehovah, in building an altar for burnt-offering, for oblation, and for sacrifice, besides the altar of Jehovah our God that is before his tabernacle.“साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”

30 And when Phinehas the priest and the princes of the assembly and the heads of the thousands of Israel that were with him heard the words that the children of Reuben and the children of Gad and the children of Manasseh spoke, it was good in their sight.पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।

31 And Phinehas the son of Eleazar the priest said unto the children of Reuben, and to the children of Gad, and to the children of Manasseh, This day we perceive that Jehovah is among us, because ye have not committed this trespass against Jehovah: now have ye delivered the children of Israel out of the hand of Jehovah.यसकारण पूजाहारी पीनहासले भने, “अब हामीलाई थाहा भयो कि परमप्रभु हामीसंग हुनुहुन्छ। अनि हामी जान्दछौं कि तिमीहरू उहाँको विरूद्ध गएनौं। हामी खुशी छौं कि इस्राएलका मानिसहरू परमप्रभुद्वारा दण्डित हुने छैनन्।”

32 And Phinehas the son of Eleazar the priest, and the princes, returned from the children of Reuben, and from the children of Gad, out of the land of Gilead, to the land of Canaan, to the children of Israel, and brought them word again.तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।

33 And the thing was good in the sight of the children of Israel, and the children of Israel blessed God, and no more said that they would go up in warfare against them, to destroy the land in which the children of Reuben and the children of Gad dwelt.इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।

34 And the children of Reuben and the children of Gad gave a name to the altar; for it is a witness between us that Jehovah is God.रूबेन अनि गादका मानिसहरूले त्यो वेदीलाई एउटा नाउँ प्रदान गरे। तिनीहरूले त्यस ठाउँको नाउँ “‘साक्षी’ राखे हामी त्यो विश्वास गर्छौ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण गर्छौ।”

Nepali Bible