Leviticus 10 - ASV (Nepali)
1 And Nadab and Abihu, the sons of Aaron, took each of them his censer, and put fire therein, and laid incense thereon, and offered strange fire before Jehovah, which he had not commanded them.त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।
2 And there came forth fire from before Jehovah, and devoured them, and they died before Jehovah.यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।
3 Then Moses said unto Aaron, This is it that Jehovah spake, saying, I will be sanctified in them that come nigh me, and before all the people I will be glorified. And Aaron held his peace.त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।
4 And Moses called Mishael and Elzaphan, the sons of Uzziel the uncle of Aaron, and said unto them, Draw near, carry your brethren from before the sanctuary out of the camp.मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”
5 So they drew near, and carried them in their coats out of the camp, as Moses had said.यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।
6 And Moses said unto Aaron, and unto Eleazar and unto Ithamar, his sons, Let not the hair of your heads go loose, neither rend your clothes; that ye die not, and that he be not wroth with all the congregation: but let your brethren, the whole house of Israel, bewail the burning which Jehovah hath kindled.तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।
7 And ye shall not go out from the door of the tent of meeting, lest ye die; for the anointing oil of Jehovah is upon you. And they did according to the word of Moses.भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।
8 And Jehovah spake unto Aaron, saying,त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो,
9 Drink no wine nor strong drink, thou, nor thy sons with thee, when ye go into the tent of meeting, that ye die not: it shall be a statute for ever throughout your generations:“जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सँधै रहोस्।
10 and that ye may make a distinction between the holy and the common, and between the unclean and the clean;किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ।
11 and that ye may teach the children of Israel all the statutes which Jehovah hath spoken unto them by Moses.अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”
12 And Moses spake unto Aaron, and unto Eleazar and unto Ithamar, his sons that were left, Take the meal-offering that remaineth of the offerings of Jehovah made by fire, and eat it without leaven beside the altar; for it is most holy;मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।
13 and ye shall eat it in a holy place, because it is thy portion, and thy sons' portion, of the offerings of Jehovah made by fire: for so I am commanded.अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।
14 And the wave-breast and the heave-thigh shall ye eat in a clean place, thou, and thy sons, and thy daughters with thee: for they are given as thy portion, and thy sons' portion, out of the sacrifices of the peace-offerings of the children of Israel.“तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।
15 The heave-thigh and the wave-breast shall they bring with the offerings made by fire of the fat, to wave it for a wave-offering before Jehovah: and it shall be thine, and thy sons' with thee, as a portion for ever; as Jehovah hath commanded.तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”
16 And Moses diligently sought the goat of the sin-offering, and, behold, it was burnt: and he was angry with Eleazar and with Ithamar, the sons of Aaron that were left, saying,जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने,
17 Wherefore have ye not eaten the sin-offering in the place of the sanctuary, seeing it is most holy, and he hath given it you to bear the iniquity of the congregation, to make atonement for them before Jehovah?“तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।
18 Behold, the blood of it was not brought into the sanctuary within: ye should certainly have eaten it in the sanctuary, as I commanded.तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”
19 And Aaron spake unto Moses, Behold, this day have they offered their sin-offering and their burnt-offering before Jehovah; and there have befallen me such things as these: and if I had eaten the sin-offering to-day, would it have been well-pleasing in the sight of Jehovah?तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”
20 And when Moses heard `that', it was well-pleasing in his sight.जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।
Nepali Bible