Leviticus 12 - KJV (Nepali)
1 And the LORD spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Speak unto the children of Israel, saying, If a woman have conceived seed, and born a man child: then she shall be unclean seven days; according to the days of the separation for her infirmity shall she be unclean.“इस्राएलका मानिसहरूलाई भनः यदि कुनै स्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे।
3 And in the eighth day the flesh of his foreskin shall be circumcised.अनि आठौं दिनमा नवजात बालकको खतना गरिनुपर्छ।
4 And she shall then continue in the blood of her purifying three and thirty days; she shall touch no hallowed thing, nor come into the sanctuary, until the days of her purifying be fulfilled.सुत्केरी आइमाईले शुद्धिकरणको निम्ति तैतीस दिनसम्म पर्खनुपर्छ। आइमाईले कुनै पवित्र चीज छुनु हुँदैन तथा पवित्र स्थानतिर जानु हुँदैन जबसम्म उसको शुद्धी हुने दिन पूरा हुँदैन।
5 But if she bear a maid child, then she shall be unclean two weeks, as in her separation: and she shall continue in the blood of her purifying threescore and six days.यदि कुनै स्रीले छोरी जन्माइ त्यो स्त्री स्वाभाविक रजस्वलाको दिनमा झैं दुई हप्तासम्म अशुद्ध रहन्छे। अनि उसले आफ्नो रजस्वलाबाट शुद्धीकरणको निम्ति छयसठ्ठी दिनसम्म पर्खनुपर्छ।
6 And when the days of her purifying are fulfilled, for a son, or for a daughter, she shall bring a lamb of the first year for a burnt offering, and a young pigeon, or a turtledove, for a sin offering, unto the door of the tabernacle of the congregation, unto the priest:“शुद्ध हुने दिन शेष भएपछि उसले छोरा पाएकी होस् अथवा छोरी, होमबलिको निम्ति एउटा एक बर्षे थुमा अनि पापबलिको निम्ति परेवाको एउटा बच्चा अथवा ढुकुरको बच्चा उसले पूजाहारी कहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।
7 Who shall offer it before the LORD, and make an atonement for her; and she shall be cleansed from the issue of her blood. This is the law for her that hath born a male or a female.त्यसपछि पूजाहारीले उसको बलि परमप्रभुलाई चढाउँछन् र ऊ सुत्केरी आफ्नो रजस्वलाबाट शुद्ध हुन्छे। यो नानी जन्माउँने कुनै पनि स्त्रीको निम्ति विधि हो।
8 And if she be not able to bring a lamb, then she shall bring two turtles, or two young pigeons; the one for the burnt offering, and the other for a sin offering: and the priest shall make an atonement for her, and she shall be clean.यदि उसले थुमा चढाउन सक्तिन भने होमबलि र पापबलिको निम्ति एक जोडी परेवाका बचेरा अथवा ढुकुर ल्याउनु पर्छ र पूजाहारीले उसलाई शुद्ध पार्छ अनि ऊ शुद्ध हुन्छे।”
Nepali Bible