Leviticus 14 - DBY (Nepali)

1 And Jehovah spoke to Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 This shall be the law of the leper in the day of his cleansing: he shall be brought unto the priest,“जब एक जना मानिस चर्मरोगबाट निको हुन्छ, उसले शुद्ध हुनको निम्ति यी नियमहरू पालन गर्नु पर्छ।

3 and the priest shall go out of the camp; and when the priest looketh, and behold, the sore of leprosy is healed in the leper,पूजाहारीले पाल बाहिर त्यो मानिस भएको ठाउँमा गएर जाँच गरून् अनि त्यो चर्मरोग लागेको मानिस निको भएको पाए पूजाहारीले

4 then shall the priest command to take for him that is to be cleansed two clean living birds, and cedar-wood, and scarlet, and hyssop.उसलाई शुद्ध गराउनुको निम्ति दुइवटा शुद्ध चरा, एक टुक्वा सल्लाको काठ, अलिकति रातो धागो र हिसप ल्याउने आदेश दिऊन्।

5 And the priest shall command that one bird be killed in an earthen vessel over running water:त्यसपछि पूजाहारीले ती दुइवटा मध्ये एउटा चरालाई माटोको भाँडामा भएको ताजा पानीमाथि मार्ने आज्ञा दिऊन्।

6 as to the living bird -- he shall take it, and the cedar-wood, and the scarlet, and the hyssop, and dip them and the living bird in the blood of the bird that was killed over the running water;अर्को जिउँदो चरालाई पूजाहारीले लिएर, सल्लाको काठ, रातो धागो अनि हिसपसित अघिल्लो चराको रगत मिसिएको पानीमा चोबलून्।

7 and he shall sprinkle upon him that is to be cleansed from the leprosy seven times, and shall pronounce him clean, and shall let the living bird loose into the open field.अनि चर्म रोग निको पारिनु पर्ने मानिसमाथि त्यो पानी सात पल्ट छर्किउन्। त्यसपछि त्यो मानिस शुद्ध भयो भनी घोषणा गरियोस्। अनि त्यो जीवित चरालाई पूजाहारीले खुल्ला मैदानमा छाडिदिऊन्।

8 And he that is to be cleansed shall wash his garments, and shave all his hair, and bathe in water, and he shall be clean; and afterwards shall he come into the camp, and shall abide outside his tent seven days.“तब मानिसले जसलाई शुद्धगराइदै थियो, आफ्नो लुगाहरू धुनु पर्छ कपाल खौरिनु अनि नुहाउनु पर्छ अनि त्यो मानिस शुद्ध हुन्छ। तब मानिस आफ्नो पालभित्र पस्न सक्छ तर सात दिनसम्म पालभित्र पस्नु हुँदैन।

9 And it shall come to pass on the seventh day, that he shall shave all his hair, his head, and his beard, and his eyebrows, even all his hair shall he shave, and he shall wash his garments, and shall bathe his flesh in water, and he is clean.सातौं दिन उसले आफ्नो कपाल, दाह्री अनी आँखी रौं खौरोस् उसले सबै कपाल खौरोस्, आफ्नो लुगा धुओस् अनि ऊ शुद्ध हुन्छ।

10 And on the eighth day he shall take two he-lambs without blemish, and one yearling ewe-lamb without blemish, and three tenth parts of fine flour mingled with oil, for an oblation, and one log of oil.“आठौं दिनको दिन त्यो चर्मरोग लागेको मानिसले भेडाको दुइवटा निष्खोट पाठो अनि एक वर्षको पाठी जसको कुनै खोट छैन र अन्नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र आधा माना तेल ल्याओस्।

11 And the priest that cleanseth [him] shall present the man that is to be cleansed and those things before Jehovah, at the entrance of the tent of meeting.शुद्ध पार्ने पूजाहारीले भेट हुने पालको फाटकमा परमप्रभुअघि चर्म रोग भएको मानिस र उसको भेटीहरू ल्याउनु पर्छ।

12 And the priest shall take one he-lamb, and present it for a trespass-offering, and the log of oil, and wave them as a wave-offering before Jehovah.तब पूजाहारीले एउटा पाठो अनि आधा माना तेल ल्याउनु पर्छ अनि परमप्रभुको निम्ति दोषबलिलाई डोलाउने बलिको रूप चढाउनु पर्छ।

13 And he shall slaughter the he-lamb at the place where the sin-offering and the burnt-offering are slaughtered, in a holy place; for as the sin-offering, so the trespass-offering is the priest's: it is most holy.उनले पापबलि र होमबलि चढाउने पवित्र स्थानमा मार्नु पर्छ किनभने यो दोषबलि पापबलि जस्तै हो। यो पूजाहारीको हो अत्यन्तै पवित्र हुन्छ।

14 And the priest shall take of the blood of the trespass-offering, and the priest shall put it on the tip of the right ear of him that is to be cleansed, and on the thumb of his right hand, and on the great toe of his right foot.“पूजाहारीले दोषबलिबाट केही रगत लिनु पर्छ र शुद्ध हुने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा यसलाई दल्नु पर्छ।

15 And the priest shall take of the log of oil, and pour it into his, the priest's, left hand;त्यसपछि पूजाहारीले आधा माना तेल लिएर आफ्नो देब्रेहातको हत्केलामा हालून्।

16 and the priest shall dip his right finger in the oil that is in his left hand, and shall sprinkle of the oil with his finger seven times before Jehovah.त्यसपछि पूजाहारीले आफ्नो देब्रे हातको हत्केलामा दाहिने हातको औंला डुबाएर परमप्रभुअघि सात पल्ट छर्किऊन्।

17 And of the rest of the oil that is in his hand shall the priest put on the tip of the right ear of him that is to be cleansed, and on the thumb of his right hand, and on the great toe of his right foot, upon the blood of the trespass-offering.हत्केलामा बाँकी रहेको तेल शुद्ध हुने मानिसको दाहिने कान, उसको दाहिने हातको बूढी औंलामाथि, दाहिने खुट्टाको बूढी औंलामाथि खनाउनु पर्छ जुन ठाउँमा उसले दोषबलिको रगत छर्केको थियो।

18 And the remainder of the oil that is in the priest's hand he shall put upon the head of him that is to be cleansed, and the priest shall make atonement for him before Jehovah.उसको हत्केलामा रहेको तेल त्यो शुद्ध पारिदै गरिएको मानिसको टाउकोमा लगाउनु पर्छ त्यस्तै प्रकारले पूजाहारीले उसलाई परमप्रभुअघि शुद्ध पार्नु पर्छ।

19 And the priest shall offer the sin-offering, and make atonement for him that is to be cleansed from his uncleanness; and afterwards shall he slaughter the burnt-offering.“तब पूजाहारीले पापबलि चढाउनु पर्छ अनि मानिसलाई उसको अशुद्धताबाट शुद्ध गर्नु पर्छ अनि त्यसपछि उनले होमबलि मार्नु पर्छ।

20 And the priest shall offer the burnt-offering and the oblation upon the altar; and the priest shall make atonement for him, and he shall be clean.पूजाहारीले होमबलि अनि अन्नबलि वेदीमा चढाएर त्यस मानिसलाई प्रायश्चित गर्नु पर्छ अनि त्यो मानिस शुद्ध हुनेछ।

21 But if he be poor, and his hand be not able to get it, then he shall take one lamb for a trespass-offering, for a wave-offering, to make atonement for him; and one tenth part of fine flour mingled with oil for an oblation; and a log of oil,“तर यदि ऊ गरीब छ अनि त्यसको व्यवस्थामा गर्नु सक्दैन भने तब उसले शुद्ध हुनका लागि एउटा भेडा दोष बलिको रूपमा ल्‌याउनु पर्छ अनि एपाको दश खण्डको एक खण्ड तेल मिसाइएको मिहिन पीठो अनि एक माना जैतुनको तेल अन्न बलिको रूपमा ल्याउनु पर्छ।

22 and two turtle-doves, or two young pigeons, as his hand may be able to get: the one shall be a sin-offering, and the other a burnt-offering.अनि आफूले व्यवस्था गर्न सके अनुसार दुइवटा ढुकुर अथवा परेवाको बच्चा, एउटा पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ल्याओस्।

23 And he shall bring them on the eighth day of his cleansing unto the priest, unto the entrance of the tent of meeting, before Jehovah.“उसको शुद्धताको निम्ति आठौं दिनमा ती सब भेट हुने पालको ढोकामा परमप्रभुको सामुन्ने पूजाहारीकहाँ ल्याओस्।

24 And the priest shall take the he-lamb of the trespass-offering, and the log of oil, and the priest shall wave them as a wave-offering before Jehovah.तब पूजाहारीले दोषबलिको पाठो र तेल लिएर डोलाउने बलिको रूपमा परमप्रभुअघि हल्लाउनु पर्छ।

25 And he shall slaughter the he-lamb of the trespass-offering; and the priest shall take of the blood of the trespass-offering, and put it upon the tip of the right ear of him that is to be cleansed, and upon the thumb of his right hand, and on the great toe of his right foot.त्यसपछि दोषबलिको निम्ति भेडाको पाठो मारियोस् र त्यसको केही रगत शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको र दाहिने खुट्टाको बूढी-औंलाहरूमा लगाऊन्।

26 And the priest shall pour of the oil into [his], the priest's, left hand,अनि पूजाहारीले तेल त्यही देब्रे हातको हत्केलामा खन्याउनु पर्छ।

27 and the priest shall sprinkle with his right finger of the oil that is in his left hand seven times before Jehovah.त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्।

28 And the priest shall put of the oil that is in his hand upon the tip of the right ear of him that is to be cleansed, and upon the thumb of his right hand, and on the great toe of his right foot, upon the place of the blood of the trespass-offering.अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी-औंला र दाहिने खुट्टाको बूढीऔंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यही लगाई दिऊन्।

29 And the remainder of the oil that is in the priest's hand he shall put upon the head of him that is to be cleansed, to make atonement for him before Jehovah.पूजाहारीको हत्केलामा बाँकी रहेको तेल शुद्ध पारिनु पर्ने मानिसको शिरमा परमप्रभुअघि उसलाई शुद्ध पार्न लगाई दिऊन्।

30 And he shall offer one of the turtle-doves, or of the young pigeons, of what his hand was able to get;“तब जवान ढुकुर अथवा परेवा जे हुन्छ उसले जगेडा गर्न सक्छ।

31 of what his hand was able to get shall the one be a sin-offering, and the other a burnt-offering, with the oblation; and the priest shall make atonement for him that is to be cleansed before Jehovah.एउटा पापबलिको निम्ति अनि अर्को होमबलिको निम्ति पूजाहारीले अन्नबलिसित चढाऊन्। यसरी पूजाहारीले त्यो शुद्ध पारिनु पर्ने मानिसलाई परमप्रभुकोअघि प्रायश्चित गराउने छन्।”

32 This is the law for him in whom is the sore of leprosy, whose hand cannot get what is [regularly prescribed] in his cleansing.एक जना मानिसहरू चर्म रोगबाट मुक्त भएपछि शुद्ध हुनको निम्ति यी नियमहरू छन्। यी नियमहरू तिनीहरूका लागि हुन जो आफूलाई शुद्ध बनाउनका लागि नियमित बलि चढाउन जगेडा गर्न सक्दैनन्।

33 And Jehovah spoke to Moses and to Aaron, saying,परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,

34 When ye come into the land of Canaan, which I give to you for a possession, and I put a leprous plague in a house of the land of your possession,“जब मैले तिमीहरूको अधिकारमा दिन लागेको कनान देशमा तिमीहरू पुग्छौ, अनि म तिमीहरूको कुनै घरमा ढुसी पठाउनेछु,

35 then he whose house it is shall come and tell the priest, saying, It seemeth to me like a plague in the house;तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’

36 and the priest shall command that they empty the house before the priest go into it to see the plague, that all that is in the house be not made unclean; and afterwards the priest shall go in to see the house.“त्यसपछि पूजाहारीले घरमा आफू घर जाँच गर्नुअघि त्यस घरको प्रत्येक चीज बाहिर निकाल्ने आदेश दिऊन् कारण घरको प्रत्येक चीज नै अशुद्ध हुँदैन।

37 And when he looketh on the plague, and behold, the plague is in the walls of the house, greenish or reddish hollows, and their look is deeper than the surface of the wall,त्यसपछि पूजाहारी घर जाँच गर्न आऊन् र यदि उनले घरको भित्तामा लागेको ढुसीमा रातो अथवा हरियो टाटो पाए त्यो भित्तामा ढुसीमा गहिरिएको बुझिनेछ र,

38 then the priest shall go out of the house to the entrance of the house, and shut up the house seven days.तब पूजाहारीले बाहिर निस्केर सात दिन सम्मको निम्ति घरको ढोका बन्द गरिदिऊन्।

39 And the priest shall come again the seventh day, and when he looketh, and behold, the plague hath spread in the walls of the house,“पूजाहारीले सात दिनमा फर्केर घर निरीक्षण गर्नु पर्छ। यदि घरको भित्तामा ढुसी फैलिएको पाइन्छ

40 then the priest shall command that they take away the stones in which the plague is, and they shall cast them out of the city, in an unclean place.पूजाहारीले आदेश दिनुपर्छ, मानिसहरूले त्यस घरको भित्ताको ढुसी लागेको ठाउँको ढुङ्गहरू भत्काउन र ती ढुङ्गाहरू शहर बाहिर लगी कुनै फोहोर ठाउँमा फ्याँकून्।

41 And he shall cause the house to be scraped within round about, and they shall pour out the mortar that they have scraped off, out of the city in an unclean place.त्यसपछि पूजाहारीले त्यस घरको भित्ता सबै खुर्किन लगाऊन् र मानिसहरूले खुर्केर निस्केको वस्तु सबै शहरबाहिर कही मैला ठाउँमा फ्याँक्न लगाऊन् र त्यस भित्तामा नयाँ लेप लगाउन आज्ञा दिउन्।

42 And they shall take other stones, and put them in the place of those stones; and they shall take other mortar, and shall plaster the house.तिनीहरूले फूटेका ढुङ्गहरूलाई नयाँ ढुङ्गसित फेर्नु पर्छ। घरको मालिकले नयाँ लेप लगाउनु पर्छ।

43 And if the plague come again, and break out in the house, after he hath taken away the stones, and after he hath scraped the house, and after it is plastered,“एकपल्ट घरको भित्ताका ढुङ्गहरू फ्याँकेर खुर्केर लिउन लगाउँदा पनि यदि त्यस घरको भित्तामा फेरि ढुसी निस्कन्छ भने

44 then the priest shall come, and when he looketh, and behold, the plague hath spread in the house, it is a corroding leprosy in the house: it is unclean.त्यहाँ जाँच गर्न पूजाहारी आऊन् र यदि ढुसी त्यहाँ फैलेर घरको माल-तालहरू नष्ट पार्दैछ भने त्यो घर अशुद्ध हो।

45 And they shall break down the house, the stones of it, and the timber thereof, and all the mortar of the house, and shall carry them forth out of the city to an unclean place.त्यस घरको ढुङ्गहरू, काठपातहरू निकालेर शहर बाहिर कुनै मैला ठाउँमा फ्याँक्नुपर्छ।

46 And he that goeth into the house as long as it is shut up shall be unclean until the even.यदि कुनै मानिस त्यस्तो निषेधित घरमा पसे त्यो साँझसम्म अशुद्ध हुनेछ।

47 And he that sleepeth in the house shall wash his garments, and he that eateth in the house shall wash his garments.यदि कुनै मानिस त्यस घरमा सुते उसले आफ्नो लुगा धुनुपर्छ। यदि कसैले त्यस घरभित्र खाए पनि उसले आफ्नो लुगा धुनुपर्छ।

48 But if the priest shall come in and look, and behold, the plague hath not spread in the house, after the house hath been plastered, the priest shall pronounce the house clean; for the plague is healed.“पूजाहारी आएर परीक्षण गर्दा त्यस घरमा लिउन लगाई सक्दा ढुसी नफैलिएको पाए, ढुसी हराइसकेको हुँदा पूजाहारीले त्यो घर शुद्ध भएको घोषणा गरून्। किन? किनभने ढुस्सी हटेको छ।

49 And he shall take, to purge the house from the defilement, two birds, and cedar-wood, and scarlet, and hyssop;“अनि घर शुद्ध पार्न पूजाहारीले दुईवटा चराहरू, धूपीको काठ, हिसोफ र रातो धागो लानु पर्छ।

50 and he shall kill one bird in an earthen vessel over running water;ती दुई चराहरू मध्ये एउटालाई माटोको भाँडामा भएको पानीमाथि उसले मारोस्।

51 and he shall take the cedar-wood and the hyssop and the scarlet, and the living bird, and dip them in the blood of the bird that was killed, and in the running water, and sprinkle the house seven times;अनि धूपीको काठ, हिसोफ, रातो धागो र जिउँदो चरा लिएर बग्दै गरेको पानीमाथि मारेको चराको रगतमा चोबेर उसले सात पल्ट घरमा रगत छर्किनु पर्छ।

52 and he shall purge the house from the defilement with the blood of the bird, and with the running water, and with the living bird, and with the cedar-wood, and with the hyssop, and with the scarlet;यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागो द्वारा ऊ घर शुद्ध बनाउनेछ।

53 and he shall let the living bird loose out of the city into the open field; and he shall make atonement for the house, and it is clean.यति गरे पछि त्यो जिउँदो चरालाई उसले मैदानमा खुला छोडिदिओस्। यसरी उसले त्यो घर शुद्ध पार्नेछ र घर पनि शुद्ध हुनेछ।”

54 This is the law for every sore of leprosy, and for the scall,ती चर्म रोगको निम्ति नियमहरू,

55 and for the leprosy of garments, and of houses,ढुस्सीको निम्ति लुगाको टुक्रामाथि अथवा घर भित्र।

56 and for the rising, and for the scab, and for the bright spot,यो सबै प्रकारको छालाको फोका, सुनीयकोहरूको विषयमा नियमहरू छालामाथि डाब अथवा चहकिलो दाग शुद्ध पार्ने तरीका हो।

57 to teach when there is uncleanness, and when it is purified: this is the law of leprosy.चर्मरोग र ढुस्सीको निम्ति विधी यो नै हो। यी नियमहरूले सिकाउँछ जब चीजहरू शुद्ध हुन्छ, अनि जब चीजहरू अशुद्ध हुन्छ, यी धेरै प्रकारका बीमारहरूको नियमहरू हुन्।

Nepali Bible