Leviticus 18 - BBE (Nepali)

1 And the Lord said to Moses,परमप्रभुले मोशालाई भननुभयो,

2 Say to the children of Israel, I am the Lord your God.“इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।

3 You may not do those things which were done in the land of Egypt where you were living; and you may not do those things which are done in the land of Canaan where I am taking you, or be guided in your behaviour by their rules.बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।

4 But you are to be guided by my decisions and keep my rules, and be guided by them: I am the Lord your God.तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

5 So keep my rules and my decisions, which, if a man does them, will be life to him: I am the Lord.यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।

6 You may not have sex connection with anyone who is a near relation: I am the Lord.“तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।

7 You may not have sex relations with your father or your mother: she is your mother, you may not take her.“तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।

8 And you may not have sex relations with your father's wife: she is your father's.यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।

9 You may not take your sister, the daughter of your father or of your mother, wherever her birth took place, among you or in another country.बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।

10 You may not have sex relations with your son's daughter or your daughter's daughter, for they are part of yourself;“तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।

11 Or your father's wife's daughter, the child of your father, for she is your sister.“तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।

12 You may not have sex connection with your father's sister, for she is your father's near relation.“तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।

13 You may not have sex connection with your mother's sister, for she is your mother's near relation.तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।

14 You may not have sex relations with the wife of your father's brother, for she is of your family;तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।

15 Or with your daughter-in-law, for she is your son's wife, and you may not take her.“तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।

16 You may not have sex relations with your brother's wife, for she is your brother's.“तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।

17 You may not take as wife a woman and her daughter, or her son's daughter or her daughter's daughter, for they are of one family: it is an act of shame.“आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।

18 And you may not take as wife a woman and at the same time her sister, to be in competition with her in her life-time.“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।

19 And you may not go near a woman or have sex relations with her when she is unclean, at her regular time.“तिमीले रजस्वला भएको समयमा एकजना स्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।

20 And you may not have sex relations with your neighbour's wife, making yourself unclean with her.“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।

21 And you may not make any of your children go through the fire as an offering to Molech, and you may not put shame on the name of your God: I am the Lord.“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

22 You may not have sex relations with men, as you do with women: it is a disgusting thing.“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।

23 And you may not have sex relations with a beast, making yourself unclean with it; and a woman may not give herself to a beast: it is an unnatural act.“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।

24 Do not make yourself unclean in any of these ways; for so have those nations whom I am driving out from before you made themselves unclean:“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।

25 And the land itself has become unclean; so that I have sent on it the reward of its wrongdoing, and the land itself puts out those who are living in it.तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।

26 So then keep my rules and my decisions, and do not do any of these disgusting things, those of you who are Israelites by birth, or any others who are living with you:“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।

27 (For all these disgusting things were done by the men of this country who were there before you, and the land has been made unclean by them;)त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।

28 So that the land may not put you out from it, when you make it unclean, as it put out the nations which were there before you.यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।

29 For all those who do any of these disgusting things will be cut off from among their people.यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।

30 So then, keep my orders, so that you may not do any of these disgusting things which were done before you, or make yourselves unclean through them: I am the Lord your God.अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Nepali Bible