Leviticus 19 - ASV (Nepali)

1 And Jehovah spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 Speak unto all the congregation of the children of Israel, and say unto them, Ye shall be holy; for I Jehovah your God am holy.“इस्राएलका सबै मानिसहरूलाई भनः म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरू सबै पवित्र होऊ, कारण म पवित्र छु।

3 Ye shall fear every man his mother, and his father; and ye shall keep my sabbaths: I am Jehovah your God.“तिमीहरू मध्ये प्रत्येकले आफ्नो आमा-बाबुलाई सम्मान गर्नुपर्छ अनि विश्रामको दिन पालन गर्नुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

4 Turn ye not unto idols, nor make to yourselves molten gods: I am Jehovah your God.“मूर्तिहरूको पूजा नगर अनि आफ्नो निम्ति धातु पगालेर देवताहरूको मूर्तिहरू नबनाऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

5 And when ye offer a sacrifice of peace-offerings unto Jehovah, ye shall offer it that ye may be accepted.“जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून।

6 It shall be eaten the same day ye offer it, and on the morrow: and if aught remain until the third day, it shall be burnt with fire.तिमीले यसलाई त्यही दिन खान सक्छौ जुन दिन तिनीहरू यसकाई चढाउँछौ। अनि अर्को दिन पनि खान सक्छौ। तर यदि कुनै बलि तेस्रो दिनसम्म रहेको छ भने यसलाई आगोमा जलाउनुपर्छ।

7 And if it be eaten at all on the third day, it is an abomination; it shall not be accepted:तेस्रो दिनसम्म रहेको बलि अशुद्ध हुन्छ, यसर्थ त्यो खानु हुँदैन।

8 but every one that eateth it shall bear his iniquity, because he hath profaned the holy thing of Jehovah: and that soul shall be cut off from his people.यदि कुनै मानिसले यसलाई खान्छ त्यो मानिस पापको दोषी हुन्छ किनभने उसले परमप्रभुको पवित्र चीजहरूको सम्मान गरेको हुँदैन। त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ।

9 And when ye reap the harvest of your land, thou shalt not wholly reap the corners of thy field, neither shalt thou gather the gleaning of thy harvest.“जब तिमीहरू बाली उठाउने समय भएपछि आफ्नो बाली काट्छौ, खेतको आखिरी कुनासम्म नकाट अनि उठाउँदा भूँईमा झरेको अन्न नटिप।

10 And thou shalt not glean thy vineyard, neither shalt thou gather the fallen fruit of thy vineyard; thou shalt leave them for the poor and for the sojourner: I am Jehovah your God.जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

11 Ye shall not steal; neither shall ye deal falsely, nor lie one to another.“तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूठो नबोल्नु।

12 And ye shall not swear by my name falsely, and profane the name of thy God: I am Jehovah.मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ।

13 Thou shalt not oppress thy neighbor, nor rob him: the wages of a hired servant shall not abide with thee all night until the morning.“तिमीहरूले आफ्नो छिमेकीसित नराम्रो काम नगर। उसलाई नलुट। तिमीहरूले कुनै हाजिरामा काम गर्ने मानिसको हाजिरा एक रातभरिको निम्ति पनि नरोक।

14 Thou shalt not curse the deaf, nor put a stumblingblock before the blind; but thou shalt fear thy God: I am Jehovah.“बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

15 Ye shall do no unrighteousness in judgment: thou shalt not respect the person of the poor, nor honor the person of the mighty; but in righteousness shalt thou judge thy neighbor.“न्याय गर्दा सच्चाइले गर्नुपर्छ। न्याय गर्दा गरीब अथवा दया र धनी भनी सम्मान नगर। आफ्नो छिमेकीसित न्याय गर्दा पनि सच्चाइले न्याय गर्नुपर्छ।

16 Thou shalt not go up and down as a talebearer among thy people: neither shalt thou stand against the blood of thy neighbor: I am Jehovah.मानिसहरूको विरूद्ध झूठा कुराहरू गरेर नहिंड्। यस्तो कुनै काम नगर् जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।

17 Thou shalt not hate thy brother in thy heart: thou shalt surely rebuke thy neighbor, and not bear sin because of him.“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।

18 Thou shalt not take vengeance, nor bear any grudge against the children of thy people; but thou shalt love thy neighbor as thyself: I am Jehovah.मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।

19 Ye shall keep my statutes. Thou shalt not let thy cattle gender with a diverse kind: thou shalt not sow thy field with two kinds of seed: neither shall there come upon thee a garment of two kinds of stuff mingled together.“तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुई प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुई प्रकारका बीउ नछर। दुई प्रकारका धागाले बनिएको लुगा नलगाऊ।

20 And whosoever lieth carnally with a woman, that is a bondmaid, betrothed to a husband, and not at all redeemed, nor freedom given her; they shall be punished; they shall not be put to death, because she was not free.“यदि कुनै मानिसले अर्काकी कमारी जो आफ्नो मालिकबाट छुट्करा पाइसकेकी छैन त्यससँग सहवास गरे तिनीहरू दुईलाई सजाय दिनुपर्छ तर मृत्युदण्ड होइन। किनभने त्यो कमारी आइमाईले आफ्नो मालिकबाट छुटकारा पाइसकेकी थिइन्।

21 And he shall bring his trespass-offering unto Jehovah, unto the door of the tent of meeting, even a ram for a trespass-offering.त्यस मानिसले आफ्नो दोषबलि परमप्रभुकहाँ भेट हुने पालको ढोकामा ल्याउनुपर्छ। त्यस मानिसले दोषबलिको निम्ति भेडा ल्याउनुपर्छ।

22 And the priest shall make atonement for him with the ram of the trespass-offering before Jehovah for his sin which he hath sinned: and the sin which he hath sinned shall be forgiven him.त्यस मानिसले पाप गरे बापत उसको पाप मोचनको निम्ती पूजाहारीले परमप्रभुअघि भेडा चढाउनेछन् त्यसपछि त्यो मानिस उसले गरेको पापहरूबाट मुक्त हुनेछ।

23 And when ye shall come into the land, and shall have planted all manner of trees for food, then ye shall count the fruit thereof as their uncircumcision: three years shall they be as uncircumcised unto you; it shall not be eaten.“भविष्यमा तिमी आफ्नो देशमा जानेछौ र त्यहाँ धेरै फलका बोटहरू खानको निम्ति रोप्नेछौ। तर तीन वर्षसम्म तिमीले ती बोटहरूबाट फल प्रयोग गर्न पाउने छैनौ।

24 But in the fourth year all the fruit thereof shall be holy, for giving praise unto Jehovah.चौथो वर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ।

25 And in the fifth year shall ye eat of the fruit thereof, that it may yield unto you the increase thereof: I am Jehovah your God.त्यसपछि पाँचौ वर्षमा फलेको फलहरू तिमीहरू खान सक्छौ। यदि तिमीहरूले यसो गर्छौ बोटहरूले धेरै फल फलाउने छन्। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

26 Ye shall not eat anything with the blood: neither shall ye use enchantments, nor practise augury.“यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन।“भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।

27 Ye shall not round the corners of your heads, neither shalt thou mar the corners of thy beard.“तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट।

28 Ye shall not make any cuttings in your flesh for the dead, nor print any marks upon you: I am Jehovah.मृत मानिसको सम्झनामा शरीरको मासु नकाट। तिम्रो आफ्नो शरीरमा कुनै छाप नबनाउन्। म परमप्रभु हुँ।

29 Profane not thy daughter, to make her a harlot; lest the land fall to whoredom, and the land become full of wickedness.“तिम्रो छोरीलाई वेश्या बनाएर अपमान नगर। तिम्रो देशलाई यस्ता पापहरूद्वारा भरिन नदेऊ अनि देशमा मानिसहरूलाई वेश्या हुने अनुमति नदेऊ।

30 Ye shall keep my sabbaths, and reverence my sanctuary; I am Jehovah.“तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।

31 Turn ye not unto them that have familiar spirits, nor unto the wizards; seek them not out, to be defiled by them: I am Jehovah your God.“तिमीहरू झाँक्री-जादूगर बोक्सी तथा मन्त्र गर्नेतिर नलाग अनि आफैंलाई तिनीहरूबाट अशुद्ध नपार। म तिमीहरूको परमप्रभु परमेश्वर हुँ।

32 Thou shalt rise up before the hoary head, and honor the face of the old man, and thou shalt fear thy God: I am Jehovah.“बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

33 And if a stranger sojourn with thee in your land, ye shall not do him wrong.“तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यवहार गर,

34 The stranger that sojourneth with you shall be unto you as the home-born among you, and thou shalt love him as thyself; for ye were sojourners in the land of Egypt: I am Jehovah your God.तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

35 Ye shall do no unrighteousness in judgment, in measures of length, of weight, or of quantity.“तिमीले मानिसहरूलाई सच्चाइसँग न्याय गर। जब तिमी केही चीज नाप्छौ अनि तौलिन्छौ निष्पक्षतापूर्वक नाप अनि तौल।

36 Just balances, just weights, a just ephah, and a just hin, shall ye have: I am Jehovah your God, who brought you out of the land of Egypt.तिमीसित तौलिन ढक तराजू र नाप, र तौलहरू ठीक हुनुपर्छ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।

37 And ye shall observe all my statutes, and all mine ordinances, and do them: I am Jehovah.“तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।”

Nepali Bible