Leviticus 20 - YLT (Nepali)

1 And Jehovah speaketh unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,

2 `And unto the sons of Israel thou dost say, Any man of the sons of Israel, and of the sojourners who is sojourning in Israel, who giveth of his seed to the Molech, is certainly put to death; the people of the land do stone him with stones;“तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।

3 and I -- I set My face against that man, and have cut him off from the midst of his people, for of his seed he hath given to the Molech, so as to defile My sanctuary, and to pollute My holy name.म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।

4 `And if the people of the land really hide their eyes from that man, in his giving of his seed to the Molech, so as not to put him to death,जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,

5 then I have set My face against that man, and against his family, and have cut him off, and all who are going a-whoring after him, even going a-whoring after the Molech, from the midst of their people.म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।

6 `And the person who turneth unto those having familiar spirits, and unto the wizards, to go a-whoring after them, I have even set My face against that person, and cut him off from the midst of his people.कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु।

7 `And ye have sanctified yourselves, and ye have been holy, for I `am' Jehovah your God;“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

8 and ye have kept My statutes and have done them; I `am' Jehovah, sanctifying you.मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुसरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।

9 `For any man who revileth his father and his mother is certainly put to death; his father and his mother he hath reviled: his blood `is' on him.“यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ।व्यभिचारका पापहरूको निम्ति दण्ड

10 `And a man who committeth adultery with a man's wife -- who committeth adultery with the wife of his neighbour -- the adulterer and the adulteress are surely put to death.“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।

11 `And a man who lieth with his father's wife -- the nakedness of his father he hath uncovered -- both of them are certainly put to death; their blood `is' on them.यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।

12 `And a man who lieth with his daughter-in-law -- both of them are certainly put to death; confusion they have made; their blood `is' on them.“यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।

13 `And a man who lieth with a male as one lieth with a woman; abomination both of them have done; they are certainly put to death; their blood `is' on them.“यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।

14 `And a man who taketh the woman and her mother -- it `is' wickedness; with fire they burn him and them, and there is no wickedness in your midst.“यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।

15 `And a man who giveth his lying with a beast is certainly put to death, and the beast ye do slay.“यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।

16 `And a woman who draweth near unto any beast to lie with it -- thou hast even slain the woman and the beast; they are certainly put to death; their blood `is' on them.यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।

17 `And a man who taketh his sister, a daughter of his father or daughter of his mother, and he hath seen her nakedness, and she seeth his nakedness: it is a shame; and they have been cut off before the eyes of the sons of their people; the nakedness of his sister he hath uncovered; his iniquity he beareth.“यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।

18 `And a man who lieth with a sick woman, and hath uncovered her nakedness, her fountain he hath made bare, and she hath uncovered the fountain of her blood, -- even both of them have been cut off from the midst of their people.“यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्‌याउनु पर्छ। तिनको रगतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।

19 `And the nakedness of thy mother's sister, and of thy father's sister, thou dost not uncover; because his relation he hath made bare; their iniquity they bear.“तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।

20 `And a man who lieth with his aunt, the nakedness of his uncle he hath uncovered; their sin they bear; childless they die.“कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।

21 `And a man who taketh his brother's wife -- it `is' impurity; the nakedness of his brother he hath uncovered; childless they are.“यदि कुनै पुरूषले आफ्नी भाउज्यू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।

22 `And ye have kept all My statutes, and all My judgments, and have done them, and the land vomiteth you not out whither I am bringing you in to dwell in it;“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।

23 and ye walk not in the statutes of the nation which I am sending away from before you, for all these they have done, and I am wearied with them;म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।

24 and I say to you, Ye -- ye do possess their ground, and I -- I give it to you to possess it, a land flowing with milk and honey; I `am' Jehovah your God, who hath separated you from the peoples.“मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए।“मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।

25 `And ye have made separation between the pure beasts and the unclean, and between the unclean fowl and the pure, and ye do not make yourselves abominable by beast or by fowl, or by anything which creepeth `on' the ground which I have separated to you for unclean;यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।

26 and ye have been holy to Me; for holy `am' I, Jehovah; and I separate you from the peoples to become Mine.मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।

27 `And a man or woman -- when there is in them a familiar spirit, or who `are' wizards -- are certainly put to death; with stones they stone them; their blood `is' on them.'“एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”

Nepali Bible