Leviticus 22 - KJV (Nepali)
1 And the LORD spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
2 Speak unto Aaron and to his sons, that they separate themselves from the holy things of the children of Israel, and that they profane not my holy name in those things which they hallow unto me: I am the LORD.“हारून र त्यसका छोराहरूलाई भनः इस्राएलका मानिसहरूले मलाई जे चढाउँछन ती चीजहरू पवित्र हुन्छन्। ती मेरा हुन् यसकारण तिमी पूजाहारीहरूले यी चीजहरू नचलाउनु। यदि तिमीहरूले आफ्नो लागि ती पवित्र चीजहरू चलायौ भने तब तिमीहरूले मेरो पवित्र नामको आदर नगरेको बुझिन्छ। म परमप्रभु हुँ।
3 Say unto them, Whosoever he be of all your seed among your generations, that goeth unto the holy things, which the children of Israel hallow unto the LORD, having his uncleanness upon him, that soul shall be cut off from my presence: I am the LORD.हारून अनि उसका छोराहरूलाई भनिदेऊ। यदि तिमीहरूका सन्तानहरूबाट कसैले यी चीजहरू छुन्छ जब त्यो मानिस अशुद्ध छ। त्यस मानिसलाई छुट्याउनु पर्छ। इस्राएलका मानिसहरूले ती चीजहरू मलाई दिएका छन्। म परमप्रभु हुँ।
4 What man soever of the seed of Aaron is a leper, or hath a running issue; he shall not eat of the holy things, until he be clean. And whoso toucheth any thing that is unclean by the dead, or a man whose seed goeth from him;“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।
5 Or whosoever toucheth any creeping thing, whereby he may be made unclean, or a man of whom he may take uncleanness, whatsoever uncleanness he hath;उनले कुनै घस्रने अशुद्ध पशुहरू छोए पनि अशुद्ध हुन सक्छन्। के गर्दा अथवा कसरी कुनै व्यक्ति अशुद्ध भयो त्यो कुनै मुख्य कुरा होइन, तर कुनै पूजाहारीले अशुद्ध मानिसलाई छुँदा नै अशुद्ध भइहाल्छन्।
6 The soul which hath touched any such shall be unclean until even, and shall not eat of the holy things, unless he wash his flesh with water.यी चीजहरू मध्ये कुनैलाई छुइन्छ त्यो मानिस साँझसम्म अशुद्ध रहन्छ। उसले पानीमा ननुहाएसम्म पवित्र खाद्य खानु सक्दैन।
7 And when the sun is down, he shall be clean, and shall afterward eat of the holy things; because it is his food.घाम अस्ताएपछि मात्र उनी पवित्र हुनु सक्छन् अनि पवित्र खाना खानु सक्छन्। किन? किनभने पवित्र खाना उसको हुन्छ।
8 That which dieth of itself, or is torn with beasts, he shall not eat to defile himself therewith; I am the LORD.“यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जंगली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ।
9 They shall therefore keep mine ordinance, lest they bear sin for it, and die therefore, if they profane it: I the LORD do sanctify them.“मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्याएको छु।
10 There shall no stranger eat of the holy thing: a sojourner of the priest, or an hired servant, shall not eat of the holy thing.पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।
11 But if the priest buy any soul with his money, he shall eat of it, and he that is born in his house: they shall eat of his meat.तर पूजाहारीको घरमा जन्मेका कमारा-कमारी अथवा पूजाहारीले आफ्नैं पैसाले किनेको कमारा-कमारीले पनि पवित्र खाद्यको भाग खान सक्छन्।
12 If the priest's daughter also be married unto a stranger, she may not eat of an offering of the holy things.पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।
13 But if the priest's daughter be a widow, or divorced, and have no child, and is returned unto her father's house, as in her youth, she shall eat of her father's meat: but there shall be no stranger eat thereof.पूजाहारीको कुनै छोरी विधवा हुनु सक्छे अथवा उसलाई आफ्नो पतिद्वारा छुट्याउन सक्छ अनि यदि तिनीहरूका छोरा-छोरीहरूलाई सहायता गर्ने छैन भने ऊ आफ्नो बुबाको घरमा जान सक्छे। तब उसले आफ्नो बुबाको भागबाट केही अंश पवित्र खाद्य खान सक्छे। पूजाहारीको परिवारले मात्र यो भोजन खान सक्छ।
14 And if a man eat of the holy thing unwittingly, then he shall put the fifth part thereof unto it, and shall give it unto the priest with the holy thing.यदि कुनै मानिसले पवित्र थाहा नपाई खान्छ भने उसले त्यसको पाँचौ भाग थपेर पूजाहारीलाई दिनुपर्छ।
15 And they shall not profane the holy things of the children of Israel, which they offer unto the LORD;“इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन।
16 Or suffer them to bear the iniquity of trespass, when they eat their holy things: for I the LORD do sanctify them.यदि पूजाहारीहरूले यी उपहारहरूलाई पवित्र मान्दैनन्, तिनीहरूले जब यी पवित्र चीजहरू खान्छन् तब आफ्नो पाप अझै थपिरहेका हुन्छन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ।”
17 And the LORD spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
18 Speak unto Aaron, and to his sons, and unto all the children of Israel, and say unto them, Whatsoever he be of the house of Israel, or of the strangers in Israel, that will offer his oblation for all his vows, and for all his freewill offerings, which they will offer unto the LORD for a burnt offering;“हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्।
19 Ye shall offer at your own will a male without blemish, of the beeves, of the sheep, or of the goats.“ती उपहारहरू परमेश्वरलाई चढाउन इच्छा गर्ने मानिसले चढाएका हुन्। यसर्थ कुनै खोट भएको बलि तिमीहरूले ग्रहण गर्नु हुँदैन कारण त्यस्तो बलि म ग्रहण गर्दिनँ।
20 But whatsoever hath a blemish, that shall ye not offer: for it shall not be acceptable for you.साँढे, बाख्रा अथवा भेडा जुन सुकै उपहार होस् तर त्यो पुरूष अनि निष्खोट हुनुपर्छ।
21 And whosoever offereth a sacrifice of peace offerings unto the LORD to accomplish his vow, or a freewill offering in beeves or sheep, it shall be perfect to be accepted; there shall be no blemish therein.“कुनै व्यक्तिले मेलबलि अथवा परमप्रभुलाई स्वेच्छाले आफ्नो भाकल पूरा गर्न बलि चढाउनु सक्छ, तर त्यो बलि बलियो अनि निष्खोट हुनुपर्छ त्यो साँढे होस् अथवा भेडा।
22 Blind, or broken, or maimed, or having a wen, or scurvy, or scabbed, ye shall not offer these unto the LORD, nor make an offering by fire of them upon the altar unto the LORD.तिमीहरूले परमप्रभुको वेदीको आगोमा कुनै प्रकारको रोगी पश उपहार स्वरूपमा चढाउनु हुँदैन। यसर्थ कुनै बलि तिनीहरू परमप्रभुलाई चढाउछौ त्यो अन्धो, लंङ्गडो, अयोग्य अनि चर्मरोग अथवा धातुरोग भोगेको छ भने यस्ता पशुहरू उपहारको रूपमा चढाउनु हुँदैन।
23 Either a bullock or a lamb that hath any thing superfluous or lacking in his parts, that mayest thou offer for a freewill offering; but for a vow it shall not be accepted.“कोही समयमा लामो खुट्टा भएको अथवा खुट्टाहरू ठीकसँग नबढेको साँढे अथवा थुमा पनि हुन्छन्, अनि यदि पशुहरूबाट कसैले परमप्रभुलाई विशेष बलि चढाउन चाहे त्यो परमप्रभुले ग्रहण गर्नु हुन्छ। तर यस्तो पशुको बलि कुनै भाकल गरिएको बलि ग्रहण गर्नुहुन्न।
24 Ye shall not offer unto the LORD that which is bruised, or crushed, or broken, or cut; neither shall ye make any offering thereof in your land.“यस्तो पशु नचढाऊ जसको अण्डाकोष कुच्याएको अथवा काटिएको छ। यस्तो आफ्नो भूमिमा नचढाऊ।
25 Neither from a stranger's hand shall ye offer the bread of your God of any of these; because their corruption is in them, and blemishes be in them: they shall not be accepted for you.“यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”
26 And the LORD spake unto Moses, saying,परमप्रभुले मोशालाई भन्नुभयो,
27 When a bullock, or a sheep, or a goat, is brought forth, then it shall be seven days under the dam; and from the eighth day and thenceforth it shall be accepted for an offering made by fire unto the LORD.“जब बाछो, अथवा पाठा अथवा सानो बोका जन्मन्छ त्यसको माऊले त्यसलाई आफूसंगै सात दिनसम्म राख्नुपर्छ आनि त्यसपछि आठौं दिन यो परमप्रभुद्वारा आगो बलिको रूपमा स्वीकार गरिनेछ।
28 And whether it be cow, or ewe, ye shall not kill it and her young both in one day.तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेडाहरूमा पनि लाग हुन्छ।
29 And when ye will offer a sacrifice of thanksgiving unto the LORD, offer it at your own will.“यदि तिमी परमप्रभुलाई धन्यवाद बलि चढाउछौ, तिमीले चढाउँन सक्छौ तर त्यो बलि परमेश्वरलाई ग्रहणयोग्य हुनुपर्छ।
30 On the same day it shall be eaten up; ye shall leave none of it until the morrow: I am the LORD.तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।
31 Therefore shall ye keep my commandments, and do them: I am the LORD.“मेरो आज्ञाहरू याद राख अनि पालन गर। म परमप्रभु हुँ।
32 Neither shall ye profane my holy name; but I will be hallowed among the children of Israel: I am the LORD which hallow you,इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु।
33 That brought you out of the land of Egypt, to be your God: I am the LORD.मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।”विशेष पवित्र दिनहरू
Nepali Bible