Leviticus 3 - WBT (Nepali)

1 And if his oblation shall be a sacrifice of peace-offering, if he shall offer it of the herd, whether a male or female; he shall offer it without blemish before the LORD.“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

2 And he shall lay his hand upon the head of his offering, and kill it at the door of the tabernacle of the congregation: and Aaron's sons the priests shall sprinkle the blood upon the altar round about.अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्।

3 And he shall offer of the sacrifice of the peace-offering, an offering made by fire to the LORD; the fat that covereth the inwards, and all the fat that is upon the inwards,आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

4 And the two kidneys, and the fat that is on them, which is by the flanks, and the caul above the liver, with the kidneys, it shall he take away.दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्।

5 And Aaron's sons shall burn it on the altar, upon the burnt-sacrifice which is upon the wood that is on the fire: it is an offering made by fire, of a sweet savor to the LORD.तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

6 And if his offering for a sacrifice of peace-offering to the LORD shall be of the flock, male or female; he shall offer it without blemish.“यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

7 If he shall offer a lamb for his offering, then shall he offer it before the LORD.यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ।

8 And he shall lay his hand upon the head of his offering, and kill it before the tabernacle of the congregation: and Aaron's sons shall sprinkle the blood of it around upon the altar.तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।

9 And he shall offer of the sacrifice of the peace-offering an offering made by fire to the LORD: its fat, and the whole rump, that shall he take off hard by the back-bone; and the fat that covereth the inwards, and all the fat that is upon the inwards,तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

10 And the two kidneys, and the fat that is upon them, which is by the flanks, and the caul above the liver, with the kidneys, that shall he take away.दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको निकाल्नु पर्छ। छेउको बोसो अनि मृगौलासहित कलेजा छोप्ने मासु निकालोस्।

11 And the priest shall burn it upon the altar: it is the food of the offering made by fire to the LORD.तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो जलाओस्। यो परमप्रभुको निम्ति भोजन बलि हो।

12 And if his offering shall be a goat, then he shall offer it before the LORD.“यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्।

13 And he shall lay his hand upon the head of it, and kill it before the tabernacle of the congregation: and the sons of Aaron shall sprinkle its blood upon the altar round about.तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्।

14 And he shall offer of it his offering, even an offering made by fire to the LORD; the fat that covereth the inwards, and all the fat that is upon the inwards,तब उसले उसको आफ्नो बलिबाट परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो,

15 And the two kidneys, and the fat that is upon them, which is by the flanks, and the caul above the liver, with the kidneys, that shall he take away.दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्।

16 And the priest shall burn them upon the altar: it is the food of the offering made by fire for a sweet savor: all the fat is the LORD'S.अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।

17 It shall be a perpetual statute for your generations throughout all your dwellings, that ye eat neither fat nor blood.यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

Nepali Bible