Leviticus 3 - WEB (Nepali)

1 "'If his offering is a sacrifice of peace offerings; if he offers it from the herd, whether male or female, he shall offer it without blemish before Yahweh.“यदि उसको बलि मेलबलिको निम्ति हो भने गाई-गोरू मध्येको हुनुपर्छ। तर पशु चाही निष्खोट होस्।

2 He shall lay his hand on the head of his offering, and kill it at the door of the tent of meeting: and Aaron's sons the priests shall sprinkle the blood on the altar round about.अनि उसले आफ्नो हात त्यस पशुमाथि राखोस् अनि भेट हुने पालको प्रवेशद्वारमा त्यसलाई मारोस् र पूजाहारी हारूनका छोराहरूले वेदीको वरिपरी त्यसको रगत छर्कोस्।

3 He shall offer of the sacrifice of peace offerings an offering made by fire to Yahweh; the fat that covers the innards, and all the fat that is on the innards,आगोद्वारा उसले मेलबलिबाट परमप्रभुको निम्ति खाद्य उपहार स्वरूप आन्द्रा भुँडी ढाक्ने बोसो र आन्द्रामाथि हुने सबै बोसो।

4 and the two kidneys, and the fat that is on them, which is by the loins, and the cover on the liver, with the kidneys, he shall take away.दुइटै मृगौला र त्यस माथिको बोसो र कम्मर छेउको बोसो अनि मांसपेशीमा भएको बोसो अनि कलेजामाथिको गर्मजाल समेत झिकेर चढाओस्।

5 Aaron's sons shall burn it on the altar on the burnt offering, which is on the wood that is on the fire: it is an offering made by fire, of a sweet savor to Yahweh.तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो जलाओस्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

6 "'If his offering for a sacrifice of peace offerings to Yahweh is from the flock; male or female, he shall offer it without blemish.“यदि उसको मेलबलि कै भेटी हो भने आफ्ना भेडा अथवा एउटा आफ्ना बाख्राको बगालहरूबाट हो भने त्यो निष्खोट हुनपर्छ चाहे यो पाठो अथवा पाठी होस्।

7 If he offers a lamb for his offering, then he shall offer it before Yahweh;यदि उसले थुमा बलि चढाउँदैछ भने त्यो परमप्रभुअघि ल्याउनुपर्छ।

8 and he shall lay his hand on the head of his offering, and kill it before the tent of meeting: and Aaron's sons shall sprinkle its blood on the altar round about.तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।

9 He shall offer from the sacrifice of peace offerings an offering made by fire to Yahweh; its fat, the entire tail fat, he shall take away close to the backbone; and the fat that covers the inwards, and all the fat that is on the inwards,तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

10 and the two kidneys, and the fat that is on them, which is by the loins, and the cover on the liver, with the kidneys, he shall take away.दुइवटा मृगौला र त्यस माथिको बोसो कम्मर छेउको निकाल्नु पर्छ। छेउको बोसो अनि मृगौलासहित कलेजा छोप्ने मासु निकालोस्।

11 The priest shall burn it on the altar: it is the food of the offering made by fire to Yahweh.तब पूजाहारीले वेदीमाथि भोजन स्वरूप त्यो जलाओस्। यो परमप्रभुको निम्ति भोजन बलि हो।

12 "'If his offering is a goat, then he shall offer it before Yahweh:“यदि उसको बलि एउटा बाख्रा हो भने उसले त्यो परमप्रभुको सामुन्ने चढाओस्।

13 and he shall lay his hand on its head, and kill it before the tent of meeting; and the sons of Aaron shall sprinkle its blood on the altar round about.तब उसले आफ्नो हात त्यसको टाउकोमाथि राखोस् अनि भेट हुने पालको अघि त्यसलाई मारीदिओस्। अनि हारूनका छोराहरू पूजाहारीले वेदीको वरीपरि त्यस बलिको रगत छर्किउन्।

14 He shall offer from it as his offering, an offering made by fire to Yahweh; the fat that covers the innards, and all the fat that is on the innards,तब उसले उसको आफ्नो बलिबाट परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो,

15 and the two kidneys, and the fat that is on them, which is by the loins, and the cover on the liver, with the kidneys, he shall take away.दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्।

16 The priest shall burn them on the altar: it is the food of the offering made by fire, for a sweet savor; all the fat is Yahweh's.अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो।

17 "'It shall be a perpetual statute throughout your generations in all your dwellings, that you shall eat neither fat nor blood.'"यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

Nepali Bible