Mark 15 - KJV (Nepali)

1 And straightway in the morning the chief priests held a consultation with the elders and scribes and the whole council, and bound Jesus, and carried him away, and delivered him to Pilate.एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।

2 And Pilate asked him, Art thou the King of the Jews? And he answering said unto them, Thou sayest it.पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”

3 And the chief priests accused him of many things: but he answered nothing.मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए।

4 And Pilate asked him again, saying, Answerest thou nothing? behold how many things they witness against thee.यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे। के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिनीहरूमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”

5 But Jesus yet answered nothing; so that Pilate marvelled.तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।

6 Now at that feast he released unto them one prisoner, whomsoever they desired.प्रत्येक र्वष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।

7 And there was one named Barabbas, which lay bound with them that had made insurrection with him, who had committed murder in the insurrection.त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।

8 And the multitude crying aloud began to desire him to do as he had ever done unto them.मानिसहरू कहाँ आए अनि उहाँले संधैं गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।

9 But Pilate answered them, saying, Will ye that I release unto you the King of the Jews?पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”

10 For he knew that the chief priests had delivered him for envy.पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।

11 But the chief priests moved the people, that he should rather release Barabbas unto them.तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।

12 And Pilate answered and said again unto them, What will ye then that I shall do unto him whom ye call the King of the Jews?पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”

13 And they cried out again, Crucify him.मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”

14 Then Pilate said unto them, Why, what evil hath he done? And they cried out the more exceedingly, Crucify him.पिलातसले तिनीहरूलाई भने, “किन? उसले के त्यस्तो अपराध गरेको छ?”तर मानिसहरू झन जोर जोरसंग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्।”

15 And so Pilate, willing to content the people, released Barabbas unto them, and delivered Jesus, when he had scourged him, to be crucified.पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकून दिय्ए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।

16 And the soldiers led him away into the hall, called Praetorium; and they call together the whole band.पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।

17 And they clothed him with purple, and platted a crown of thorns, and put it about his head,सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।

18 And began to salute him, Hail, King of the Jews!त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!”

19 And they smote him on the head with a reed, and did spit upon him, and bowing their knees worshipped him.तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।

20 And when they had mocked him, they took off the purple from him, and put his own clothes on him, and led him out to crucify him.उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए।

21 And they compel one Simon a Cyrenian, who passed by, coming out of the country, the father of Alexander and Rufus, to bear his cross.कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबू शिमोन थिए। शिमोन आफ्नो खेतबाट र्फकिरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।

22 And they bring him unto the place Golgotha, which is, being interpreted, The place of a skull.तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”)

23 And they gave him to drink wine mingled with myrrh: but he received it not.गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।

24 And when they had crucified him, they parted his garments, casting lots upon them, what every man should take.तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।

25 And it was the third hour, and they crucified him.तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो।

26 And the superscription of his accusation was written over, THE KING OF THE JEWS.येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।”

27 And with him they crucify two thieves; the one on his right hand, and the other on his left.तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए।

28 And the scripture was fulfilled, which saith, And he was numbered with the transgressors.तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।

29 And they that passed by railed on him, wagging their heads, and saying, Ah, thou that destroyest the temple, and buildest it in three days,ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?

30 Save thyself, and come down from the cross.अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु हवस्।”

31 Likewise also the chief priests mocking said among themselves with the scribes, He saved others; himself he cannot save.यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए । तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैलाई बचाउँन सकेन।

32 Let Christ the King of Israel descend now from the cross, that we may see and believe. And they that were crucified with him reviled him.यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्डयाईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।

33 And when the sixth hour was come, there was darkness over the whole land until the ninth hour.मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।

34 And at the ninth hour Jesus cried with a loud voice, saying, Eloi, Eloi, lama sabachthani? which is, being interpreted, My God, my God, why hast thou forsaken me?ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई,एलोई लामा सबकथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”

35 And some of them that stood by, when they heard it, said, Behold, he calleth Elias.त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”

36 And one ran and filled a spunge full of vinegar, and put it on a reed, and gave him to drink, saying, Let alone; let us see whether Elias will come to take him down.तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पञ्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”

37 And Jesus cried with a loud voice, and gave up the ghost.तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।

38 And the veil of the temple was rent in twain from the top to the bottom.जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफै च्यातियो।

39 And when the centurion, which stood over against him, saw that he so cried out, and gave up the ghost, he said, Truly this man was the Son of God.सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”

40 There were also women looking on afar off: among whom was Mary Magdalene, and Mary the mother of James the less and of Joses, and Salome;केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)

41 (Who also, when he was in Galilee, followed him, and ministered unto him;) and many other women which came up with him unto Jerusalem.ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसंगै यरूशलेममा आएका थिए।

42 And now when the even was come, because it was the preparation, that is, the day before the sabbath,यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।

43 Joseph of Arimathaea, an honourable counsellor, which also waited for the kingdom of God, came, and went in boldly unto Pilate, and craved the body of Jesus.अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।

44 And Pilate marvelled if he were already dead: and calling unto him the centurion, he asked him whether he had been any while dead.येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।

45 And when he knew it of the centurion, he gave the body to Joseph.अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।

46 And he bought fine linen, and took him down, and wrapped him in the linen, and laid him in a sepulchre which was hewn out of a rock, and rolled a stone unto the door of the sepulchre.यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।

47 And Mary Magdalene and Mary the mother of Joses beheld where he was laid.मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।

Nepali Bible