1 Corinthians 11:19
तिमीहरूको बीचमा फाटो आउनु आवश्यक छ, त्यसले तिमीहरू मध्ये को चाँहि वास्तविक विश्वासी हो थाहा हुन्छ।
1 Corinthians 11:19 in Other Translations
King James Version (KJV)
For there must be also heresies among you, that they which are approved may be made manifest among you.
American Standard Version (ASV)
For there must be also factions among you, that they that are approved may be made manifest among you.
Bible in Basic English (BBE)
For divisions are necessary among you, in order that those who have God's approval may be clearly seen among you.
Darby English Bible (DBY)
For there must also be sects among you, that the approved may become manifest among you.
World English Bible (WEB)
For there also must be factions among you, that those who are approved may be revealed among you.
Young's Literal Translation (YLT)
for it behoveth sects also to be among you, that those approved may become manifest among you;
| For | δεῖ | dei | thee |
| there must | γὰρ | gar | gahr |
| be | καὶ | kai | kay |
| also | αἱρέσεις | haireseis | ay-RAY-sees |
| heresies | ἐν | en | ane |
| among | ὑμῖν | hymin | yoo-MEEN |
| you, | εἶναι | einai | EE-nay |
| that | ἵνα | hina | EE-na |
| which they | οἱ | hoi | oo |
| are approved | δόκιμοι | dokimoi | THOH-kee-moo |
| may be made | φανεροὶ | phaneroi | fa-nay-ROO |
| manifest | γένωνται | genōntai | GAY-none-tay |
| among | ἐν | en | ane |
| you. | ὑμῖν | hymin | yoo-MEEN |
Cross Reference
1 यूहन्ना 2:19
ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।
लूका 17:1
येशूले उहाँको चेलाहरूलाई भन्नुभयो, “मानिसमा पाप गराउने घटनाहरू घट्छन् नै। तर जसले त्यसो गर्छ, उसलाई अत्यन्तै दुःख हुन्छ।
व्यवस्था 13:3
त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।
तीतस 3:10
यदि कसैले र्तक गर्ने चाहे, उसलाई चेतावनी देऊ। यदि अझै पनि र्तक गरिरहे उसलाई फेरि छाडिदेऊ।
प्रेरित 20:30
तिमीहरूका आफ्नै झुण्डबाट पनि त्यस्ता मानिसहरू देखा पर्नेछन् जसले सत्य कुरोलाई बड्ग्याउने छ। तिनीहरूले येशूका चेलाहरू विभाजित गराउन चेष्टा गर्नेछन् अनि तिनीहरूलाई पछ्याउनु भन्नेछन्।
मत्ती 18:7
जुन कारणले मानिसहरूलाई पाप गराउँछ यस संसारमा म ती मानिसहरूको निम्ति दुख मान्छु। यस्तो घटना हुनैपर्छ। तर यस्तो गर्ने मानिसहरूलाई कहिल्यै राम्रो हुनेछैन।
2 पत्रुस 2:1
विगत समयमा झूटा अगमवक्ताहरु परमेश्वरका मानिसहरुको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरु तिमीहरुको समूहमा रहन्छन्। तिनीहरुले झूटा शिक्षाहरु दिन्छन्, ती शिक्षाहरुले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरुले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरुकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरु स्वयंलाई चाँडै ध्वंश पार्नेछन्।
1 तिमोथी 4:1
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाडनेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुसरण गर्नेछन्।
गलाती 5:20
मूर्ति-पूजा, तन्त्र-मन्त्र, दुश्मनी, झै-झगड, इर्ष्या, क्रोध, स्वार्थ, फूट, गुटबन्दी,
2 कोरिन्थी 13:5
तिमी आफैलाई नियालेर हेर। तिमीहरू विश्वासमा बाँचेकाछौ कि छैनौ, जाँच गर। येशू ख्रीष्ट तिमीहरूमा छन् भन्ने कुरो जान्दछौ। तर त्यो जाँचमा सफल भएनौ भने ख्रीष्ट तिमीहरूका अन्तरमा हुनु हुन्न।
प्रेरित 28:22
हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”
प्रेरित 26:5
यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।
प्रेरित 24:14
तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु।
प्रेरित 24:5
यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो।
प्रेरित 15:5
यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”
प्रेरित 5:17
प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
लूका 2:35
यसकारण धेरै मानिसहरूको विचारहरू प्रकाशमा आउनेछन्। अनि अउटा तरवाले तिम्रो मुटु पनि छेडेर जानेछ”