1 Corinthians 14:20
दाज्यू-भाइ दिदी-बहिनीहरू हो! केटाकेटीहरूले जस्तो नसोच। नराम्रा कुराहरूमा बालकहरू जस्ता होऊ। तर आफ्नो विचारमा तिमीहरू परिपक्व मानिस बन।
1 Corinthians 14:20 in Other Translations
King James Version (KJV)
Brethren, be not children in understanding: howbeit in malice be ye children, but in understanding be men.
American Standard Version (ASV)
Brethren, be not children in mind: yet in malice be ye babes, but in mind be men.
Bible in Basic English (BBE)
My brothers, do not be children in mind: in evil be as little children, but in mind be of full growth.
Darby English Bible (DBY)
Brethren, be not children in [your] minds, but in malice be babes; but in [your] minds be grown [men].
World English Bible (WEB)
Brothers, don't be children in thoughts, yet in malice be babies, but in thoughts be mature.
Young's Literal Translation (YLT)
Brethren, become not children in the understanding, but in the evil be ye babes, and in the understanding become ye perfect;
| Brethren, | Ἀδελφοί | adelphoi | ah-thale-FOO |
| be | μὴ | mē | may |
| not | παιδία | paidia | pay-THEE-ah |
| children | γίνεσθε | ginesthe | GEE-nay-sthay |
in | ταῖς | tais | tase |
| understanding: | φρεσίν | phresin | fray-SEEN |
| howbeit | ἀλλὰ | alla | al-LA |
| in | τῇ | tē | tay |
| malice | κακίᾳ | kakia | ka-KEE-ah |
| be ye children, | νηπιάζετε | nēpiazete | nay-pee-AH-zay-tay |
| ταῖς | tais | tase | |
| but | δὲ | de | thay |
| in understanding | φρεσὶν | phresin | fray-SEEN |
| be | τέλειοι | teleioi | TAY-lee-oo |
| men. | γίνεσθε | ginesthe | GEE-nay-sthay |
Cross Reference
रोमी 16:19
सबै विश्वासीहरू जान्दछन् कि तिमीहरूले परमेश्वरको आज्ञा पालन गर्दछौ। त्यही कारणले गर्दा म तिमीहरूसँग अत्यन्त खुशी छु। तर म चाहन्छु असल कुरामा तिमीहरू बुद्धिमानी बनिनुपर्छ। अनि दुष्ट कुरामा तिमीहरू अबोध बनिनुपर्छ भन्ने म चाहन्छु।
1 पत्रुस 2:2
भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढन र मुक्ति हासिल गर्न सहायता गर्छ।
हिब्रू 5:12
वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन।
मत्ती 18:3
अनि भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ।
भजनसंग्रह 119:99
म आफ्ना शिक्षकहरू भन्दा पनि ज्ञानी छु किनभने म तपाईंको करार-वचनको अध्ययन गर्दछु।
2 पत्रुस 3:18
तर हाम्रा प्रभु अनि उद्धार कर्त्ता येशू ख्रीष्टको अनुग्रह अनि ज्ञानमा अघि बढ। अहिले अनि सधैंको निम्ति उहाँमा महिमा रहोस्। आमिन्।
फिलिप्पी 3:15
हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ।
1 कोरिन्थी 2:6
पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
हिब्रू 6:1
यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।
फिलिप्पी 1:9
तिमीहरूका निम्ति मेरो यही प्रार्थना छ किःबुद्धि र विवेक तिमीहरूको प्रेमसितै निरन्तर बडदै जाओस्।
एफिसी 4:14
तब हामी नानीहरू जस्तो हुने छैनौ। हामी छालमा जहाजले यता र उता छल्काइएका मानिसहरू जस्ता हुने छैनौं। हामी प्रत्येक नयाँ शिक्षाद्वारा प्रभावित हुने छैनौं जसले हामीलाई धोका दिने प्रयास गर्छ। ती मानिसहरूले चलाकी गर्छन् र मानिसहरूलाई भूल बाटामा तान्न हर प्रकारको चेष्टा गर्छन्।
1 कोरिन्थी 13:11
जब म बालक थिएँ, म बालक जस्तै बोलें, बालक जस्तै सोचें, बालकले जस्तै योजनाहरू बनाएँ। जब म एउटा मानिस भएँ, मैले ती बालकपनको तरिकाहरू त्यागिदिएँ।
1 कोरिन्थी 3:1
दाज्यू-भाइ, दिदी-बहिनीहरू, यसभन्दा अधि पनि मैले तिमीहरूसित आत्मिक मानिसहरूसित बोले झैं बोल्न सकेको थिइनँ। मैले तिमीहरूसित सांसारिक मानिसहरूसित जस्तै बोल्नु परेको थियो, ख्रीष्टमा बालकहरूसित जस्तो।
मर्कूस 10:15
म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
मत्ती 19:4
येशूले जवाफ दिनुभयो, ‘के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’
मत्ती 11:25
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।
यशैया 11:3
त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।
भजनसंग्रह 131:1
हे परमप्रभु, म अंहकारी छैन। म आफूलाई महत्व दिने काम गर्दिन। म महानकार्य गर्ने कोशिश गर्दिन म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ।