1 Corinthians 15:2
सुमाचारको कारणले तिमीहरू बचाइयौ। तर मैले यो प्रचार गरेको तरिकाको विश्वासमा अडीक बस। नत्र तिमीहरूको विश्वास व्यर्थको विश्वास हो।
1 Corinthians 15:2 in Other Translations
King James Version (KJV)
By which also ye are saved, if ye keep in memory what I preached unto you, unless ye have believed in vain.
American Standard Version (ASV)
by which also ye are saved, if ye hold fast the word which I preached unto you, except ye believed in vain.
Bible in Basic English (BBE)
By which you have salvation; that is to say, the form in which it was given to you, if it is fixed in your minds, and if your faith in it is not without effect.
Darby English Bible (DBY)
by which also ye are saved, (if ye hold fast the word which I announced to you as the glad tidings,) unless indeed ye have believed in vain.
World English Bible (WEB)
by which also you are saved, if you hold firmly the word which I preached to you--unless you believed in vain.
Young's Literal Translation (YLT)
through which also ye are being saved, in what words I proclaimed good news to you, if ye hold fast, except ye did believe in vain,
| By | δι' | di | thee |
| which | οὗ | hou | oo |
| also | καὶ | kai | kay |
| saved, are ye | σῴζεσθε | sōzesthe | SOH-zay-sthay |
| if | τίνι | tini | TEE-nee |
| ye keep in memory | λόγῳ | logō | LOH-goh |
| what | εὐηγγελισάμην | euēngelisamēn | ave-ayng-gay-lee-SA-mane |
| I | ὑμῖν | hymin | yoo-MEEN |
| preached | εἰ | ei | ee |
| unto you, | κατέχετε | katechete | ka-TAY-hay-tay |
| unless | ἐκτὸς | ektos | ake-TOSE |
| believed have ye | εἰ | ei | ee |
| μὴ | mē | may | |
| in vain. | εἰκῇ | eikē | ee-KAY |
| ἐπιστεύσατε | episteusate | ay-pee-STAYF-sa-tay |
Cross Reference
हिब्रू 3:6
तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
यूहन्ना 8:31
तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ।
रोमी 1:16
म सुसमाचारसंग शर्माउनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।
1 कोरिन्थी 1:18
नष्ट भएकाहरूका निम्ति क्रूस बारेको शिक्षा मूर्खतापूर्ण ठहर्छ। तर हामी उद्धार पाइरहेकाहरूका निम्ति यो परमेश्वरको शक्ति हो।
गलाती 3:4
तिमीहरूले धेरै कुराको अनुभव गरेका छौ। के ती सबै व्यर्थका भए? म आशा गर्छु ती व्यर्थै गएनन्।
एफिसी 2:8
तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
2 तिमोथी 1:9
परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो।
हिब्रू 3:14
हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
हिब्रू 2:1
यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
हिब्रू 4:14
हाम्रोमा महाप्रधान पूजाहारी छन् जो स्वर्गका परमेश्वरकहाँ जानुभएको छ. उहाँ परमेश्वरका पुत्र, येशू हुनुहुन्छ। यसर्थ, हामीले स्वीकार गरेको विश्वासमा दृढ रहौं।
हिब्रू 10:23
हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
याकूब 2:14
मेरा प्रिय भाइ-बहिनीहरू, यदि कुनै व्यक्तिले उसित विश्वास छ भन्छ तर केही गर्दैन, तब त्यो विश्वास बेकामको हो। त्यस्तो विश्वासले उसलाई बचाउँन सक्छ? अहँ!
याकूब 2:17
यो कुरा विश्वासको सम्बन्धमा पनि यस्तै हो। यदि विश्वासले केही गर्दैन भने त्यो विश्वास मृततुल्य हो किनभने त्यो विश्वास एक्लो भई मरेको हुन्छ।
याकूब 2:26
आत्मा विनाको शरीर मृततुल्य हो। विश्वासको मूल्य पनि यस्तै हो। विश्वास जसले केही गर्दैन त्यो मृत-तुल्य हो।
2 थिस्सलोनिकी 2:15
यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।
कलस्सी 1:23
तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ।मण्डलीको लागि पावलको काम
हितोपदेश 3:1
हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
हितोपदेश 4:13
अर्तीलाई समातिराखू अनि यसलाई जान नदेऊ। यसमाथि नजर राख किनभने ऊ तिम्रो जीवन हो।
हितोपदेश 6:20
हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
हितोपदेश 23:23
सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
लूका 8:13
तर चट्टानमा झरेको बीऊर चाँहि के हुन्? तिनीहरू चाँहि परमेश्वरको वचनहरू सुन्नेहरू जस्तै हुन अनि खुशीसंग ग्रहण गर्छन्। तर ती मानिसहरू गहिरो हुँदैन। तिनीहरू केही समय सम्म मात्र आफ्नो विश्वासमा रहनेछ। त्यसपछि जब केही परीक्षा आउँछ, तिनीहरू विश्वास गर्न छोडछन् अनि परमेश्वरदेखि टाढा बस्छन्।
प्रेरित 2:47
तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।
प्रेरित 8:13
शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे।
रोमी 11:22
यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ।
1 कोरिन्थी 1:21
परमेश्वरले आफ्ना ज्ञानद्वारा के चाहनु हुन्छ भनेः ज्ञानद्वार संसारका मानिसहरूले परमेश्वरलाई चिनेन। त्यसैकारण परमेश्वरलाई जसले विश्वास गर्छन् तिनीहरूको उद्धारका निम्ति मूर्खातापूर्ण लाग्ने सुसमाचार दिनु भयो।
1 कोरिन्थी 15:11
यसर्थ मैले प्रचार गरेको अरू प्रेरितहरूले तिमीहरूलाई प्रचार गरेको यो कुनै महत्वपूर्ण कुरो होइन। तर हामी त्यही प्रचार गर्दछौं, जुन तिमीहरूले विश्वास गरेकाछौ।
1 कोरिन्थी 15:14
यदि ख्रीष्ट नबौरिनु भएको भए, हाम्रो प्रचार व्यर्थ छ। अनि तिमीहरूको विश्वास व्यर्थ हुन्छ।
2 कोरिन्थी 2:15
परमेश्वरमा हाम्रो यही भेटीहरू छन्। कि ती जो बचाइँदैछन् अनि ती जो नष्ट गरिदैंछन् तिनीहरूको बीचमा हामी ख्रीष्टको मिठो गन्ध हौं।
2 कोरिन्थी 6:1
परमेश्वरका हामी सहकर्मीहरू हौं। यसैले, हामी तिमीहरूलाई विन्ती गर्छौं जुन अनुग्रह परमेश्वरबाट पाएका छौ व्यर्थ हुन नदेऊ।
भजनसंग्रह 106:12
तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।