Exodus 27:21
हारून र उसका छोराहरूले दियोहरूको ध्यान राख्नेछन्। तिनीहरू भेट हुने पालको प्रथम कक्षामा जानेछन् अनि यो कक्षा पर्दाको पछाडी बाहिर जसले दुइटा कोठाहरूलाई छुट्याउँछ। तिनीहरूले परमप्रभुको सम्मुख दियोहरू निरन्तर बाली राख्नकालागि प्रत्येक साँझ विहान हेरचाह गर्नेछन्। इस्राएली मानिसहरू तथा तिनीहरूका सन्तानहरूले यो नियमका सदा-सर्वदा पालन गर्नु पर्छ।”
Exodus 27:21 in Other Translations
King James Version (KJV)
In the tabernacle of the congregation without the vail, which is before the testimony, Aaron and his sons shall order it from evening to morning before the LORD: it shall be a statute for ever unto their generations on the behalf of the children of Israel.
American Standard Version (ASV)
In the tent of meeting, without the veil which is before the testimony, Aaron and his sons shall keep it in order from evening to morning before Jehovah: it shall be a statue for ever throughout their generations on the behalf of the children of Israel.
Bible in Basic English (BBE)
Let Aaron and his sons put this in order, evening and morning, before the Lord, inside the Tent of meeting, outside the veil which is before the ark; this is to be an order for ever, from generation to generation, to be kept by the children of Israel.
Darby English Bible (DBY)
In the tent of meeting outside the veil, which is before the testimony, Aaron and his sons shall dress them from evening to morning before Jehovah: [it is] an everlasting statute, for their generations, on the part of the children of Israel.
Webster's Bible (WBT)
In the tabernacle of the congregation without the vail, which is before the testimony, Aaron and his sons shall order it from evening to morning before the LORD: It shall be a statute for ever to their generations on the behalf of the children of Israel.
World English Bible (WEB)
In the tent of meeting, outside the veil which is before the testimony, Aaron and his sons shall keep it in order from evening to morning before Yahweh: it shall be a statute forever throughout their generations on the behalf of the children of Israel.
Young's Literal Translation (YLT)
in the tent of meeting, at the outside of the vail, which `is' over the testimony, doth Aaron -- his sons also -- arrange it from evening till morning before Jehovah -- a statute age-during to their generations, from the sons of Israel.
| In the tabernacle | בְּאֹ֣הֶל | bĕʾōhel | beh-OH-hel |
| congregation the of | מוֹעֵד֩ | môʿēd | moh-ADE |
| without | מִח֨וּץ | miḥûṣ | mee-HOOTS |
| the vail, | לַפָּרֹ֜כֶת | lappārōket | la-pa-ROH-het |
| which | אֲשֶׁ֣ר | ʾăšer | uh-SHER |
| before is | עַל | ʿal | al |
| the testimony, | הָֽעֵדֻ֗ת | hāʿēdut | ha-ay-DOOT |
| Aaron | יַֽעֲרֹךְ֩ | yaʿărōk | YA-uh-roke |
| sons his and | אֹת֨וֹ | ʾōtô | oh-TOH |
| shall order | אַֽהֲרֹ֧ן | ʾahărōn | ah-huh-RONE |
| it from evening | וּבָנָ֛יו | ûbānāyw | oo-va-NAV |
| to | מֵעֶ֥רֶב | mēʿereb | may-EH-rev |
| morning | עַד | ʿad | ad |
| before | בֹּ֖קֶר | bōqer | BOH-ker |
| the Lord: | לִפְנֵ֣י | lipnê | leef-NAY |
| statute a be shall it | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| for ever | חֻקַּ֤ת | ḥuqqat | hoo-KAHT |
| generations their unto | עוֹלָם֙ | ʿôlām | oh-LAHM |
| on the behalf | לְדֹ֣רֹתָ֔ם | lĕdōrōtām | leh-DOH-roh-TAHM |
| of the children | מֵאֵ֖ת | mēʾēt | may-ATE |
| of Israel. | בְּנֵ֥י | bĕnê | beh-NAY |
| יִשְׂרָאֵֽל׃ | yiśrāʾēl | yees-ra-ALE |
Cross Reference
गन्ती 19:21
तिनीहरूको निम्ति यो नियम अनन्त रूपले लागु भइरहन्छ। जो व्यक्तिले शुद्धीकारणको पानी छर्किन्छ उसले आफ्नो लुगा-फाटा धुनु पर्छ अनि जुन व्यक्तिले शुद्धीकारणको पानी छुन्छ त्यो व्यक्ति साँझ सम्म अशुद्ध भइरहन्छ।
गन्ती 18:23
लेवी मानिसहरू काम गरिरहेको समयमा भेट हुने पालको विरोधमा कुनै पाप कार्य हुन गए त्यस पापको उत्तरदायी तिनीहरू हुनेछन्। यही नियम सदासर्वदाको निम्ति लागू रहनेछ। मैले अरू मानिसहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको भूमि लेवी मानिसहरूले पाउने छैनन्।
2 इतिहास 13:11
तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।
1 शमूएल 3:3
शमूएल चाहि पवित्र सन्दूक भएको परमप्रभुको मन्दिरमा सुतिरहेका थिए। परमप्रभुको बत्ती जलिरहेकै थियो।
लेवी 16:34
इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले वर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किन? किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।”यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।
लेवी 3:17
यो नियम तिमीहरूका सन्तानहरू रहूञ्जेलसम्म सँधै रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”
प्रस्थान 30:8
साँझमा पनि जति बेला तिमी बत्तीको हेर्न चाहा गर्न आउँछौ त्यस समयमा उसले सुगन्धित धूप जलाउनु पर्नेछ। यसर्थ परमप्रभुको सामुने तिनीहरूको सन्तान जतिञ्ञेल रहन्छ सदा सर्वदा धूप जलाउनु पर्छ।
प्रस्थान 28:43
हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”
1 शमूएल 30:25
दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।
प्रकाश 2:1
“एफिससको मण्डलीका स्वर्गदूतलाई यो लेख “तिनी जसले आफ्नो दाहिने हातमा सातवटा ताराहरु लिएका छन् अनि सातवटा सुनौला दीप-दानी माझ हिडेछन्, तिमीहरुलाई यी कुराहरु भनिरहेका छन्।
2 पत्रुस 1:19
यसले हामीलाई अगमवक्ताहरुले भनेका कुराहरुमा अधिक निश्चित तुल्याउँछ। अनि अगमवक्ताहरुको भनाई अनुसरण गरेर तिमीहरुले राम्रो गर्नेछौ। उनीहरुको भनाई अन्धकारमा बत्ति चम्केको जस्तै हो। यो बत्ति बिहान नहुञ्जेलसम्म र बिहानी तारा तिमीहरुको ह्रदयमा प्रकाश दिन नझुल्केसम्म रहने छ।
2 कोरिन्थी 4:6
परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्कने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।
यूहन्ना 5:35
यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।
लूका 12:35
“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।
मत्ती 4:16
जहाँका मानिसहरू अन्धकारमा थिए, तिनीहरूले एउटा ठूलो ज्योति देखे विहान झैं अँध्यारो मुलुकमा बस्नेहरूको निम्ति ज्योति उदायो। मुलुकको चिहान जस्तै ठाउँमा बाँच्न परेको थियो।”
मलाकी 2:7
पूजाहारीहरूले परमप्रभुको शिक्षा जान्नु पर्छ। मानिसहरू पूजाहारीहरूको छेऊमा जाने योग्यको हुनुपर्छ अनिपरमप्रभुको शिक्षा सिकनु पर्छ। पूजाहारीहरू मानिसहरूका निम्ति परमप्रभुको समचार-वाहक हुनुपर्छ।”
भजनसंग्रह 134:1
परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे।
गन्ती 8:9
त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर।
उत्पत्ति 1:8
परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
प्रस्थान 16:34
परमप्रभुले मोशालाई आज्ञा गरे जस्तै नै हारूनले गरे। हारूनले मन्नको भाँडा लगे अनि करार सामुने राखे।
प्रस्थान 25:16
“मैले दिंदै गरेको करार त्यस सन्दूकभित्र राख।
प्रस्थान 25:21
म तिमीलाई करार पत्र दिन्छु र त्यो तिमीले सन्दूक भित्र ढकनी लगाएर राख्नु पर्छ।
प्रस्थान 26:31
“निलो, बैजनी र राता धागाले बटारेको सुती कपडाका पर्दाहरू बनाऊ। यसलाई करूब र्स्वगदूतका नक्साहरूले सुसज्जित पार।
प्रस्थान 29:9
त्यसपछि तिनीहरूको कम्मरमा पटुका बाँधिदेऊ। तिनीहरूलाई फेटा कसि देऊ। तब तिनीहरू पूजाहारी बनिन्छन् र आराधना गर्न शुरू गर्छन् अनि त्यही नियम अनुसार जुन नियम सदा-सर्वदाको निम्ति चलिरहन्छ। तिनीहरू पूजाहारी रहन्छन्। यही तरीकाले हारून अनि तिनका छोराहरूलाई तिमीले पूजाहारी बनाउने छौ।
प्रस्थान 29:28
इस्राएली मानिसहरूले यी अंशहरू हारून र तिनका छोराहरूलाई सधैं दिनेछन्। जहिले पनि इस्राएलीहरूले परमप्रभुलाई चढाएको मेलबलिहरू चढाउँछन् ती बलिका भागहरू पूजाहारीहरूलाई दिनेछन्।
प्रस्थान 29:42
“तिमीहरूले यी चीजहरू बलिदान स्वरूप परमप्रभुलाई तिमीहरूका सन्तानहरू बाँचुञ्जेलसम्म प्रत्येक दिन जलाउनु पर्छ। भेट हुने पालको प्रवेश द्वारमा यसो गर। यो त्यो स्थान हो जहाँ म परमप्रभुले तिमीहरूलाई भेट्नेछु र तिमीहरूसित कुरा गर्नेछु।
प्रस्थान 29:44
“यसर्थ म भेट हुने पाल र वेदी पवित्र पार्नेछु। म हारून र तिनका छोराहरूलाई पनि पवित्र बनाउँनेछु अनि तिनीहरूले मलाई पूजाहारीहरू झैं सेवा गर्न सक्छन्।
प्रस्थान 30:36
केही धूपहरू पिंदेर एकदमै मसिनो बनाऊ। त्यो धूलोलाई भेट हुने पालभित्र जहाँ म तिमीलाई भेट्छु, करारको सन्दूक छेउमा राख। यो धूपको धूलो मात्र विशेष उद्धेश्यमा प्रयोग गर्नु पर्छ।
प्रस्थान 40:3
पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।
लेवी 3:8
तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्।
लेवी 24:3
परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुञ्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुञ्जेलसम्म सधैं चलिरहनेछ।
लेवी 24:9
हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किन? किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”
उत्पत्ति 1:5
परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।