Ezekiel 22:29
“सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।
Ezekiel 22:29 in Other Translations
King James Version (KJV)
The people of the land have used oppression, and exercised robbery, and have vexed the poor and needy: yea, they have oppressed the stranger wrongfully.
American Standard Version (ASV)
The people of the land have used oppression, and exercised robbery; yea, they have vexed the poor and needy, and have oppressed the sojourner wrongfully.
Bible in Basic English (BBE)
The people of the land have been acting cruelly, taking men's goods by force; they have been hard on the poor and those in need, and have done wrong to the man from a strange land.
Darby English Bible (DBY)
The people of the land use oppression and practise robbery; and they vex the poor and needy, and oppress the stranger wrongfully.
World English Bible (WEB)
The people of the land have used oppression, and exercised robbery; yes, they have vexed the poor and needy, and have oppressed the foreigner wrongfully.
Young's Literal Translation (YLT)
The people of the land have used oppression, And have taken plunder violently away, And humble and needy have oppressed, And the sojourner oppressed -- without judgment.
| The people | עַ֤ם | ʿam | am |
| of the land | הָאָ֙רֶץ֙ | hāʾāreṣ | ha-AH-RETS |
| oppression, used have | עָ֣שְׁקוּ | ʿāšĕqû | AH-sheh-koo |
| עֹ֔שֶׁק | ʿōšeq | OH-shek | |
| and exercised | וְגָזְל֖וּ | wĕgozlû | veh-ɡoze-LOO |
| robbery, | גָּזֵ֑ל | gāzēl | ɡa-ZALE |
| vexed have and | וְעָנִ֤י | wĕʿānî | veh-ah-NEE |
| the poor | וְאֶבְיוֹן֙ | wĕʾebyôn | veh-ev-YONE |
| and needy: | הוֹנ֔וּ | hônû | hoh-NOO |
| oppressed have they yea, | וְאֶת | wĕʾet | veh-ET |
| the stranger | הַגֵּ֥ר | haggēr | ha-ɡARE |
| wrongfully. | עָשְׁק֖וּ | ʿošqû | ohsh-KOO |
| בְּלֹ֥א | bĕlōʾ | beh-LOH | |
| מִשְׁפָּֽט׃ | mišpāṭ | meesh-PAHT |
Cross Reference
इजकिएल 22:7
यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।
यशैया 5:7
सेनाहरूका परमप्रभुमा भएको दाखबारी इस्राएल घरानाका सम्पत्ति हो। अनि दाखको हाँगा-बिरूबालाई परमप्रभुले प्रेम गर्नुहुन्छ-त्यो यहूदाको मानिस हो।परमप्रभुले न्यायको आशा गर्नुभयो, तर त्यहाँ हत्याहरू मात्र भए। परमप्रभुले धार्मिकताको आशा गर्नुभयो, तर त्यहाँ नराम्रा व्यवहार भएका मानिसहरूबाट कोलाहल मात्र थियो।
प्रस्थान 23:9
“विदेशी नागरिकहरूमाथि कहिले पनि अत्याचार नगर। एक समयमा तिमीहरू पनि मिश्र देशमा विदेशी थियौ यसकारण तिमीहरू जान्दछौ एउटा विदेशी कस्तो हुन्छ।
आमोस 3:10
तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।”
प्रस्थान 22:21
“सम्झना गर विगत समयमा तिमीहरू मिश्र देशमा विदेशी थियौ, यसर्थ तिमीहरूको देशमा जो विदेशी छ उसलाई तिमीहरूले ठग्नु अथवा नोक्सान पुर्याउनु हुँदैन।
याकूब 5:4
मानिसहरूले तिमीहरूको खेतमा काम गरे, तर तिमीहरूले तिनीहरुलाई ज्याला दिएनौ। ती मानिसहरु तिमीहरुको विरूद्ध आवाज गरिरहेछन्। ती मानिसहरूले तिमीहरूको फसलहरू काटे। अहिले तिनीहरूले कराएको आवाज स्वर्गका परमप्रभुको सेनाहरूले सुने।
मत्ती 25:43
म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’
मीका 3:3
तिमीहरुले मेरा मानिसहरुलाई ध्वंश पारिरहेका छौ। तिमीहरुले उनीहरुको छाला सम्म काढि रहेको छौ। तिनीहरुको हड्डी भाँचेर अनि तिनीहरुलाई भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै तिनीहरुको छाला काढि रहेकाछौ।
मीका 2:2
तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्। तिनीहरुले घरहरु लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरुले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरुले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरु लिनेछन्।
इजकिएल 18:12
उसले गरीब र असहाय मानिससँग नराम्रो व्यवहार गर्न सक्छ। उसले मानिससँग अनुचित लाभ उठाउन सक्छ। उसले बन्धक राखेको बस्तु ऋण चुक्ता भइसक्दा पनि नफर्काउन सक्छ। त्यो पापी छोरोले नराम्रो मूर्तिहरूसित प्रार्थना गर्न सक्छ अथवा अर्को डरलाग्दो पाप पनि गर्न सक्छ।
यर्मिया 6:13
“इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
यर्मिया 5:31
अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
यर्मिया 5:26
मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
यशैया 59:3
तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।
यशैया 10:2
ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।
भजनसंग्रह 94:6
ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
लेवी 19:33
“तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यवहार गर,