Ezekiel 30:3
त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।
Ezekiel 30:3 in Other Translations
King James Version (KJV)
For the day is near, even the day of the LORD is near, a cloudy day; it shall be the time of the heathen.
American Standard Version (ASV)
For the day is near, even the day of Jehovah is near; it shall be a day of clouds, a time of the nations.
Bible in Basic English (BBE)
For the day is near, the day of the Lord is near, a day of cloud; it will be the time of the nations.
Darby English Bible (DBY)
For the day is at hand, yea, the day of Jehovah is at hand, a day of clouds; it shall be the time of the nations.
World English Bible (WEB)
For the day is near, even the day of Yahweh is near; it shall be a day of clouds, a time of the nations.
Young's Literal Translation (YLT)
For near `is' a day, near `is' a day to Jehovah! A day of clouds, the time of nations it is.
| For | כִּֽי | kî | kee |
| the day | קָר֣וֹב | qārôb | ka-ROVE |
| is near, | י֔וֹם | yôm | yome |
| day the even | וְקָר֥וֹב | wĕqārôb | veh-ka-ROVE |
| of the Lord | י֖וֹם | yôm | yome |
| near, is | לַֽיהוָ֑ה | layhwâ | lai-VA |
| a cloudy | י֣וֹם | yôm | yome |
| day; | עָנָ֔ן | ʿānān | ah-NAHN |
| be shall it | עֵ֥ת | ʿēt | ate |
| the time | גּוֹיִ֖ם | gôyim | ɡoh-YEEM |
| of the heathen. | יִֽהְיֶֽה׃ | yihĕye | YEE-heh-YEH |
Cross Reference
ओबदिया 1:15
सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।
इजकिएल 34:12
यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
इजकिएल 30:18
यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन। तिनका घमण्डी शक्ति समाप्त हुनेछ। मिश्र कालो बादल द्वारा ढाकिने छ। अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।
इजकिएल 7:12
“दण्डको समय आई पुगेको छ। त्यो दिन आई पुग्यो। जसले ती चीजहरू किन्छन, तिनीहरू खुशी नहुन्। ती जो खिन्न चीजहरू बेच्छन तिनीहरू पनि खुशी नहुन। किनभने डरलाग्दा दण्ड प्रत्येक मानिसमाथि आउँनेछ।
इजकिएल 7:7
तिमी इस्राएलका मानिसहरू, के तिमीहरूले चेताउनीको ध्वनी सुनिरहेकोछौ? शत्रुहरू आउँदैछन्। त्यो दण्डको समय चाँढै आउँदैछ। शत्रुहरूको खैलाबैला झन चर्को हुँदै पर्वतमाथि पुग्दैछ।
इजकिएल 32:7
म तिमालाई लोप गराइदिन्छु म आकाशलाई छोपिदिन्छु अनि ताराहरूलाई अँध्यारो पारिदिन्छु। म सूर्यलाई बादलले ढाकिदिन्छु अनि चन्द्रमा चम्किने छैन।
सपन्याह 1:7
मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किन? किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।
सपन्याह 3:6
परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्।
जकरिया 14:3
त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ।
मत्ती 24:33
तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।
फिलिप्पी 4:5
मानिसहरूले देखुन् कि तिमीहरू नम्र र दयालु छौ। प्रभु चाँडै आउनु हुनेछ।
याकूब 5:9
दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, एक अर्काको विरूद्ध नगनगनाऊ। यदि तिमीहरूले अरूको विरूद्धमा नालिस गर्न छाच्डेनौ भने तिमीहरू दोषी जाँचिने छौ. अनि न्यायधीश आउनुलाई तयार हुनुहुन्छ।
प्रकाश 6:17
तिनीहरुको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
प्रकाश 19:13
तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो।
सपन्याह 1:14
परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।
आमोस 5:16
त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेकाहुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्।
प्रस्थान 14:24
एकाबिहानै परमप्रभुले बादल अनि आगोको खाँबोबाट मिश्रका सेनालाई हेर्नु भयो। अनि उहाँले तिनीहरूलाई आक्रमण गर्नु भयो अनि पराजित पार्नु भयो।
भजनसंग्रह 37:13
तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।
भजनसंग्रह 110:6
परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। धर्ती मृत शरीरहरूले ढाकिने छ। अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ।
भजनसंग्रह 149:7
आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ।
यशैया 19:1
मिश्रको बारेमा शोक सन्देश हेर! परमप्रभु तिब्र गतिमा उडिरहने बादलमाथि चडेर आउनु हुँदैछ। परमप्रभु मिश्रमा प्रवेश गर्नु हुनेछ अनि मिश्रका सबै झूटा देवताहरू डरले काम्नेछन्। मिश्र वीर थियो, तर त्यो गरिमा पग्लेर जानेछ।
यशैया 24:21
त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।
यशैया 34:2
परमप्रभु ती सारा जातिहरू र आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। परमप्रभुले ती सबैलाई नाश गर्नु हुनेछ। उहाँ नै तिनीहरूका मृत्युको कारण हुनुहुनेछ।
यर्मिया 25:15
परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।
इजकिएल 7:19
तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किन? किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्।
इजकिएल 29:12
म मिश्रदेशलाई उजाड भूमि बनाइदिनेछु अनि तिनीहरूको शहरहरू चालीस वर्ष सम्म ध्वंश बस्नेछ। म मिश्रबासीलाई जाति-जातिहरूमा तितर-बितर पारिदिन्छु। तिनीहरूलाई म विदेशमा वास बस्ने बनाई दिन्छु।”
योएल 1:15
त्यस दिनको लागि यो एकदमै नराम्रो दिन हुनेछ। किनकि परमप्रभुको एक विशेष दिन नजिकै आउँदैछ। त्यस समय यस्तो सर्वनाश हुनेछ कि सर्वशक्तिमान परमेश्वरले आक्रमण गरिरहनु भएको जस्तै हुनेछ।
योएल 2:1
सियोनमा तुरही फुक, मेरो पवित्र पर्वतमा चेतावनीतको ध्वनि बजाऊ। ती सबै मानिसहरुलाई जो यो देशमा बस्छन् डरले थरथर कामुन्? परमप्रभुको विषेश दिन आउँदैछ। परमप्रभुको विशेष दिन नजिकै छ।
योएल 3:11
हे सबै देशका जातिहरु! छिटो गर! त्यहाँ भेला होऊ। हे परमप्रभु तपाईं पनि आफ्नो शक्तिशाली बीरहरु लिएर आउनु होस्।
प्रस्थान 14:20
यसरी त्यो बादल इस्राएली अनि मिश्रदेशी मानिसहरूको माझमा उभियो। यसले इस्राएलीहरूलाई उज्यालो दियो अनि मिश्रदेशी मानिसहरूलाई अँध्यारो। अँध्यारोले गर्दा फिरऊनका सेनाहरू इस्राएलीहरूको नजिक आउन सकेनन्।