Ezekiel 32:18
“हे मानिसको छोरो, मिश्रका मानिसहरूका निम्ति रूँनु। मिश्र अनि ती छोरीहरूलाई शक्तिशाली राष्ट्रहरूबाट चिहान सम्म पुर्याऊ। तिनीहरूलाई खाल्डोमा लैजाऊ जहाँ तिनीहरू ती मानिसहरूसित सम्मलित हुन्छ जो पहिले नै खाल्डामा गइसकेकाछन्।
Ezekiel 32:18 in Other Translations
King James Version (KJV)
Son of man, wail for the multitude of Egypt, and cast them down, even her, and the daughters of the famous nations, unto the nether parts of the earth, with them that go down into the pit.
American Standard Version (ASV)
Son of man, wail for the multitude of Egypt, and cast them down, even her, and the daughters of the famous nations, unto the nether parts of the earth, with them that go down into the pit.
Bible in Basic English (BBE)
Son of man, let your voice be loud in sorrow for the people of Egypt and send them down, even you and the daughters of the nations; I will send them down into the lowest parts of the earth, with those who go down into the underworld.
Darby English Bible (DBY)
Son of man, wail for the multitude of Egypt, and cast them down, her and the daughters of the famous nations, unto the lower parts of the earth, with them that go down into the pit.
World English Bible (WEB)
Son of man, wail for the multitude of Egypt, and cast them down, even her, and the daughters of the famous nations, to the lower parts of the earth, with those who go down into the pit.
Young's Literal Translation (YLT)
`Son of man, Wail for the multitude of Egypt, And cause it to go down, It -- and the daughters of honourable nations, Unto the earth -- the lower parts, With those going down to the pit.
| Son | בֶּן | ben | ben |
| of man, | אָדָ֕ם | ʾādām | ah-DAHM |
| wail | נְהֵ֛ה | nĕhē | neh-HAY |
| for | עַל | ʿal | al |
| multitude the | הֲמ֥וֹן | hămôn | huh-MONE |
| of Egypt, | מִצְרַ֖יִם | miṣrayim | meets-RA-yeem |
| down, them cast and | וְהוֹרִדֵ֑הוּ | wĕhôridēhû | veh-hoh-ree-DAY-hoo |
| even her, and the daughters | א֠וֹתָהּ | ʾôtoh | OH-toh |
| famous the of | וּבְנ֨וֹת | ûbĕnôt | oo-veh-NOTE |
| nations, | גּוֹיִ֧ם | gôyim | ɡoh-YEEM |
| unto | אַדִּרִ֛ם | ʾaddirim | ah-dee-REEM |
| the nether parts | אֶל | ʾel | el |
| earth, the of | אֶ֥רֶץ | ʾereṣ | EH-rets |
| with | תַּחְתִּיּ֖וֹת | taḥtiyyôt | tahk-TEE-yote |
| them that go down | אֶת | ʾet | et |
| into the pit. | י֥וֹרְדֵי | yôrĕdê | YOH-reh-day |
| בֽוֹר׃ | bôr | vore |
Cross Reference
इजकिएल 31:14
“अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”
मीका 1:8
म चाँडै बिनाशको बिषयमा शोकाकुल हुनेछु र म विलाप गर्नेछु। म खालि खुट्टा र नाङ्गै हिंड्नेछु। म स्याल जस्तै साह्रो कराउँनेछु र शतुरमुर्गा झैं विलाप गर्नेछु।
इजकिएल 32:16
“यो एउटा विलापको गीत हो, जुन मानिसहरूले मिश्रका निम्ति गाउँछन्। अर्को देशहरूका छोरीहरूले (शहरहरू) मिश्रको विषयमा यो दुखको गीत गाउनेछन्। तिनीहरूले यो मिश्र अनि त्यसको सबै मानिसहरूको विषयमा दुखको गीत गाउँनेछन्।” परमप्रभु मेरो मालिकले यी सबै कुराहरू भन्नुभयो।
इजकिएल 32:2
“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘
यर्मिया 1:10
आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
होशे 6:5
यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन।
इजकिएल 43:3
दर्शन त्यस्तै थियो जब उहाँ शहर ध्वंश पार्न आउँदा मैले देखेको थिएँ। दर्शन त्यही थियो जुन मैले कबार नदीको किनारमा देखको थिएँ। मैले मेरो शिर भूइँतिर निहुराएर लम्पसार भएँ।
इजकिएल 31:16
मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।
इजकिएल 26:20
म तिमीलाई तल त्यो गहिरो पातालमा पठाईदिन्छु, जुन ठाँउमा मरेका मानिसहरूछन्। ती पहिले मरिसकेका मानिसहरूसँग तिमीले भेट गर्नेछौ। म तिमीहरूलाई ती सबै प्राचीन अनि खाली शहरहरू जस्तै पातालमा पठाउँछु। तिमीहरू ती मानिसहरूसँग रहनेछौ जो चिहानमा जान्छन् अनि त्यस बेला तिमीहरूसँग कोही पनि हुनेछैनन्। तिमी फेरि कहिल्यै जीवितहरूको देशमा बस्नेछैनौ!
यशैया 16:9
“दाखका बोटहरू नष्ट भएकोले गर्दा म याजेर अनि सिब्माको मानिसहरूसित रूनेछ। म हेशबोन र एलालेका मानिसहरूसंग रूनेछ किनभने त्यहाँ फसलहरू हुनेछैन्। त्यहाँ ग्रीष्मऋतुको फलहरू पनि हुने छैन्। अनि त्यहाँ आनन्दको हल्ला पनि हुनेछैन्।
रोमी 12:15
जब अरूहरू खुशी हुँदछन् तिमी पनि तिनीहरूसँगै खुशी हुनुपर्छ। अनि जब अरूहरू रून्छन् तिमीपनि तिनीहरूसँग रोऊ।
लूका 19:41
येशू यरूशलेम नजिक आईपुग्नु भयो। उहाँले शहरलाई हेर्नु भयो अनि त्यसको निम्ति विलाप गर्नु भयो।
इजकिएल 32:24
“एलाम त्यहाँ छ अनि उसका सबै सेनाहरू उसको चिहानको चारैतिर छन्। तिनीहरू सबै युद्धमा मारिएका थिए। ती बेखतने मानिसहरू पृथ्वीको गहिरो भागमा गए। जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भयभीत पार्थे। तर तिनीहरूले तिनीहरूको लाज तिनीहरूसितै लिए र गहिरो खाडल भित्र गए।
इजकिएल 32:21
“बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।
इजकिएल 21:6
परमेश्वरले मलाई भन्नुभयो, “हे मानिसको छोरो, दुखमा परेको मानिसको जस्तो दुखको आवाज निकाल। मानिसहरूको छेउमा कराऊ।
यशैया 14:15
तर त्यस्तो भएन, तिमी परमेश्वरसंग आकाशमाथि गएनौ, तिमीलाई गहिरो खाडल मनि ल्याइयौ पातालमा-मृत्युको ठाउँमा।
भजनसंग्रह 63:9
कतिपय मानिसहरूले मलाई मार्ने कोशिश गरिहेछन् तर तिनीहरू नाश हुने नै छन्। तिनीहरू आफ्ना चिहानहरूमा जानेछन्।
भजनसंग्रह 30:9
मैले भने, “परमेश्वर, के राम्रैंे हुन्छ! यदि म मरे अनि चिहानभित्र गए भने? मरेका मानिसहरू खाली धूलोभित्र पल्टिएर बस्छन्! तिनीहरूले तपाईंको प्रशंसाहरू गाउँदैनन्। कतिसम्म हामी तपाईंमाथि निर्भर हुनसक्छौ। तिनीहरूले मानिसहरूलाई भन्दैनन्।