Ezekiel 43:5
त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।
Ezekiel 43:5 in Other Translations
King James Version (KJV)
So the spirit took me up, and brought me into the inner court; and, behold, the glory of the LORD filled the house.
American Standard Version (ASV)
And the Spirit took me up, and brought me into the inner court; and, behold, the glory of Jehovah filled the house.
Bible in Basic English (BBE)
And the spirit, lifting me up, took me into the inner square; and I saw that the house was full of the glory of the Lord.
Darby English Bible (DBY)
And the Spirit lifted me up, and brought me into the inner court; and behold, the glory of Jehovah filled the house.
World English Bible (WEB)
The Spirit took me up, and brought me into the inner court; and, behold, the glory of Yahweh filled the house.
Young's Literal Translation (YLT)
And take me up doth the Spirit, and bringeth me in unto the inner court, and lo, the honour of Jehovah hath filled the house.
| So the spirit | וַתִּשָּׂאֵ֣נִי | wattiśśāʾēnî | va-tee-sa-A-nee |
| up, me took | ר֔וּחַ | rûaḥ | ROO-ak |
| and brought | וַתְּבִאֵ֕נִי | wattĕbiʾēnî | va-teh-vee-A-nee |
| me into | אֶל | ʾel | el |
| inner the | הֶֽחָצֵ֖ר | heḥāṣēr | heh-ha-TSARE |
| court; | הַפְּנִימִ֑י | happĕnîmî | ha-peh-nee-MEE |
| and, behold, | וְהִנֵּ֛ה | wĕhinnē | veh-hee-NAY |
| the glory | מָלֵ֥א | mālēʾ | ma-LAY |
| Lord the of | כְבוֹד | kĕbôd | heh-VODE |
| filled | יְהוָ֖ה | yĕhwâ | yeh-VA |
| the house. | הַבָּֽיִת׃ | habbāyit | ha-BA-yeet |
Cross Reference
इजकिएल 11:24
तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें।
इजकिएल 8:3
तब मैले केही हात जस्तै देखिने पसारेको देखें। त्यो हातले मेरो टाउकाको कपाल समातेर मलाई उठायो। तब बतासले मलाई हावामा उचाल्यो अनि मलाई यरूशलेम लिएर गयो। परमेश्वरको दर्शनमा हातले मलाई उत्तर तिर फर्केको मन्दिरको भित्री ढोकामा पुर्यायो। परमप्रभुलाई डाह गराउने मूर्ति त्यहाँ थियो।
2 कोरिन्थी 12:2
म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौदह र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीष्ठ्वरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ।
इजकिएल 44:4
त्यसपछि त्यो मानिसले मलाई उत्तरी द्वारबाट मन्दिरको छेउमा ल्यायो। मैले परमप्रभुको महिमाले परमप्रभुको मन्दिर भरिँदै गरेको देखें। मैले आफ्नो शिर पृथ्वीमा राख्दै प्रणाम गरें।
1 राजा 8:10
पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।
प्रेरित 8:39
जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए।
हाग्गै 2:7
म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसंगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।
इजकिएल 40:2
दर्शनमा परमेश्वरले मलाई इस्राएल लिएर जानु भयो। उहाँले मलाई एउटा अति अल्गो पर्वतको छेउमा झार्नु भयो। पर्वतमा एउटा भवन थियो, जुन शहरको समान देखिन्थ्यो।
इजकिएल 37:1
परमप्रभुको शक्ति ममाथि आयो। परमप्रभुको आत्माले मलाई शहर बाहिर लिएर गयो अनि तल एउटा बेंसीको बीचमा राखिदियो। बेंसी मरेको मानिसको हाडहरूले भरिएको थियो।
इजकिएल 10:4
तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो।
इजकिएल 3:12
तब मलाई एउटा हावाले माथि उठायो। तब मैले आफ्नो पछाडीबाट एउटा आवाज सुनें। यो आवाज मेघको गर्जन जस्तो थियो। त्यसले भन्यो, “परमप्रभुको महिमा धन्य छ जहाँ कहीं यो जान्छ।”
यशैया 6:3
प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
श्रेष्ठगीत 1:4
तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
2 इतिहास 5:14
पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।
2 राजा 2:16
तिनीहरूले उनलाई भने, “हेर, हामी पचास जना असल मानिस छौं। कृपया तिनीहरूलाई जान देऊ अनि आफ्नो मालिक खोज्न देऊ। हुन सक्छ, परमप्रभुको आत्माले एलियालाई माथि लगेको छ अनि उनलाई कुनै पहाड अथवा घाँटीमा झारेको छ।”तर एलीशाले उत्तर दिए, “होइन, एलियालाई खोज्न मानिसहरू नपठाऊ!”
1 राजा 18:12
यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन्!जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरें।
प्रस्थान 40:34
भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।