Galatians 4:26
तर स्वर्गीय यरूशलेम एउटी मुक्त नारीको प्रतीक हो। यिनी हाम्री माता हुन्।
Galatians 4:26 in Other Translations
King James Version (KJV)
But Jerusalem which is above is free, which is the mother of us all.
American Standard Version (ASV)
But the Jerusalem that is above is free, which is our mother.
Bible in Basic English (BBE)
But the Jerusalem on high is free, which is our mother.
Darby English Bible (DBY)
but the Jerusalem above is free, which is our mother.
World English Bible (WEB)
But the Jerusalem that is above is free, which is the mother of us all.
Young's Literal Translation (YLT)
and the Jerusalem above is the free-woman, which is mother of us all,
| But | ἡ | hē | ay |
| Jerusalem | δὲ | de | thay |
| which | ἄνω | anō | AH-noh |
| is above | Ἰερουσαλὴμ | ierousalēm | ee-ay-roo-sa-LAME |
| is | ἐλευθέρα | eleuthera | ay-layf-THAY-ra |
| free, | ἐστίν | estin | ay-STEEN |
| which | ἥτις | hētis | AY-tees |
| is | ἐστὶν | estin | ay-STEEN |
| the mother | μήτηρ | mētēr | MAY-tare |
| of us | πάντων | pantōn | PAHN-tone |
| all. | ἡμῶν· | hēmōn | ay-MONE |
Cross Reference
हिब्रू 12:22
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
प्रकाश 3:12
मानिस जसले विजय प्राप्त गर्छ उसलाई म मेरा परमेश्वरको मन्दिरको खम्बा बनाउनेछु। त्यस व्यक्तिले फेरि कहिल्यै पनि परमेश्वरको मन्दिर छोडनु पर्नेछेन। म मेरा परमेश्वरको नाउँ अनि मेरा परमेश्वरको नगरको नाउँ त्यस व्यक्तिमा लेख्नेछु। त्यो नगर नयाँ येरुशलेम हो जुन स्वर्गदेखि तल झरिरहेको छ। म मेरो नयाँ नाउँ पनि त्यस व्यक्तिमा लेखिदिनेछु।
प्रकाश 21:2
अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।
फिलिप्पी 3:20
तर हामी स्वर्गका बासिन्दा हौं। हाम्रा मुक्तिदाताको स्वर्गबाट आगमनको निम्ति हामी र्पखिबसेका छौं। प्रभु येशू ख्रीष्ट हाम्रा मुक्तिदाता हुनुहुन्छ।
मीका 4:1
अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्।
योएल 3:17
“त्यस समय तिमीहरुले जान्नेछौ की म नै परमप्रभु तिमीहरुको परमेश्वर हुँ। म सियोनमा बस्छु, जुन चाँहिं मेरो पबित्र पर्वत हो। यरूशलेम पवित्र बन्नेछ र त्यहाँबाट कुनै बिदेशीहरु कहिल्यै जानेछैनन्।”
यूहन्ना 8:36
यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ।
रोमी 6:14
पाप तिम्रो स्वामी हुनेछैन। किन? किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।
रोमी 6:18
तिमीहरू पापदेखि मुक्त भयौ। अनि अब तिमीहरू धार्मिकताका दास भयौ।
गलाती 4:22
धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।
प्रकाश 21:10
ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।
होशे 4:5
तिमीहरूको पतन दिउँसो हुनेछ। अनि राति, तिमीहरूसित अगमवक्ताहरूको पतन हुन्छ। त्यसपछि म तिमीहरूकी आमालाई नष्ट गर्नेछु।
होशे 2:5
तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरूकहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’
होशे 2:2
“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन ‘वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन।
भजनसंग्रह 87:3
परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
श्रेष्ठगीत 8:1
आफ्नी आमाको दुध चुस्तै हुर्कने मेरो सानो भाइ जस्तै तिमी पनि नानी हुँदो हौ त म तिमीलाई बाहिर नै भेट्ने थिएँ अनि तिमीलाई म्वाई खाने थिए। र कसैले यो गल्ती हो भन्न सक्ने थिएनन्।
यशैया 2:2
अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्।
यशैया 50:1
परमप्रभु भन्नुहुन्छ, “इस्राएलका मानिसहरू, तिमीहरूले भन्यौ कि मैले तिमीहरूकी आमा यरूशलेमलाई त्यागिदिए। तर कानून र त्याग-पत्र कहाँ छ जसले उसलाई त्यागेको प्रमाण गर्छ? मेरा नानीहरू, के मैले कसैबाट पैसा ऋण लिएँ? के ऋण चुकाउनलाई मैले तिमीलाई बेचें? अहँ! तिमीहरू बेचियौ किनभने तिमीहरूले पापपूर्ण कामहरू गर्यौ। तिम्रो आमालाई टाढा पठाइयौ किनभने तिमीहरूले नराम्रा कामहरू गर्यौ।
यशैया 62:1
“म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन्। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।
यशैया 65:18
मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।
यशैया 66:10
हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।
1 पत्रुस 2:16
मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
गलाती 5:1
ख्रीष्टले हामीलाई स्वतंत्र बनाउनु भयो, साहसी होऊ। बद्ली भएर व्यवस्थाकै कमारा नबन।
यशैया 52:9
यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किन? किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ।
प्रकाश 17:5
उसको निधारमा उपाधि लेखिएको थियो। त्यो उपाधिको गुप्ती अर्थ थियो। यो लेखिएको थियोमहान बेविलोन वेश्याहरु अनि पृथ्वीका दुष्ट कुराहरुको जननी।