यर्मिया 50:3 in Nepali

नेपाली नेपाली बाइबल यर्मिया यर्मिया 50 यर्मिया 50:3

Jeremiah 50:3
उत्तर दिशाबाट आएर एउटा जातिले बाबेलमाथि आक्रमण गर्नेछ। त्यो जातिले बाबेललाई, जन-शून्य मरूभूमि तुल्य पार्ने छ, कुनै मानिस पनि त्यहाँ बस्ने छैन्। दुवै मानिस जाति र पशुहरू त्यहाँबाट भागेर जानेछन्।”

Jeremiah 50:2Jeremiah 50Jeremiah 50:4

Jeremiah 50:3 in Other Translations

King James Version (KJV)
For out of the north there cometh up a nation against her, which shall make her land desolate, and none shall dwell therein: they shall remove, they shall depart, both man and beast.

American Standard Version (ASV)
For out of the north there cometh up a nation against her, which shall make her land desolate, and none shall dwell therein: they are fled, they are gone, both man and beast.

Bible in Basic English (BBE)
For out of the north a nation is coming up against her, which will make her land waste and unpeopled: they are in flight, man and beast are gone.

Darby English Bible (DBY)
For out of the north there cometh up a nation against her, which shall make her land desolate, and none shall dwell therein: both man and beast are fled; they are gone.

World English Bible (WEB)
For out of the north there comes up a nation against her, which shall make her land desolate, and none shall dwell therein: they are fled, they are gone, both man and animal.

Young's Literal Translation (YLT)
For come up against her hath a nation from the north, It maketh her land become a desolation, And there is not an inhabitant in it. From man even unto beast, They have moved, they have gone.

For
כִּ֣יkee
out
of
the
north
עָלָה֩ʿālāhah-LA
there
cometh
up
עָלֶ֨יהָʿālêhāah-LAY-ha
nation
a
גּ֜וֹיgôyɡoy
against
מִצָּפ֗וֹןmiṣṣāpônmee-tsa-FONE
her,
which
הֽוּאhûʾhoo
shall
make
יָשִׁ֤יתyāšîtya-SHEET

אֶתʾetet
land
her
אַרְצָהּ֙ʾarṣāhar-TSA
desolate,
לְשַׁמָּ֔הlĕšammâleh-sha-MA
and
none
וְלֹֽאwĕlōʾveh-LOH
shall
יִהְיֶ֥הyihyeyee-YEH
dwell
יוֹשֵׁ֖בyôšēbyoh-SHAVE
remove,
shall
they
therein:
בָּ֑הּbāhba
they
shall
depart,
מֵאָדָ֥םmēʾādāmmay-ah-DAHM
both
man
וְעַדwĕʿadveh-AD
and
beast.
בְּהֵמָ֖הbĕhēmâbeh-hay-MA
נָ֥דוּnādûNA-doo
הָלָֽכוּ׃hālākûha-la-HOO

Cross Reference

सपन्याह 1:3
म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।

यर्मिया 51:62
तब भन, ‘हे परमप्रभु! तपाईंले यो बाबेल ध्वंस गरिदिन्छु भन्नु भएको छ अनि यहाँ मानिसहरू र पशुहरू कोही पनि यसमा बसो-बासो गर्ने छैनन्।’

यर्मिया 51:11
काँडहरू तीखो पार। ढालहरू लगाऊ। परमप्रभुले मादीहरूका राजाहरूलाई उस्काउनु भएको छ। उहाँले तिनीहरूलाई उस्काउनु भयो किनभने उहाँले बाबेललाई ध्वंस गर्न चाहनु हुन्छ। परमप्रभुले बाबेलका मानिसहरूलाई त्यो दण्ड दिनु हुनेछ जसको लागि तिनीहरू योग्यका छन्। बाबेलका सेनाले यरूशलेममा परमप्रभुको मन्दिर भत्काएका थिए। यसकारण परमप्रभुले तिनीहरूलाई दण्ड दिनुभयो जुन तिनीहरूले पाउनु नै पर्ने थियो।

यर्मिया 50:9
म उपद्रव मच्चाउनेछु र उत्तरबाट धेरै जातिहरू ल्याउनेछु। यी जातिहरूको समूह बाबेलको विरूद्ध युद्ध लड्न अघि आउनेछन्। तिनीहरूले बाबेललाई आफ्नो अधीनमा पार्नेछन्। तिनीहरूको काँड सिपालु लडाकुहरू झैं छन् र एउटै काँड पनि व्यर्थ जाँदैन्।

प्रकाश 18:21
त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

यर्मिया 51:48
तब स्वर्ग र पृथ्वी अनि त्यहाँ भएका सबै बाबेलका बारेमा आनन्दले काराउने छन् किनभने ध्वंसकहरू बाबेलसित लड्न उत्तर दिशाबाट आउनेछन्।” परमप्रभुले यो कुरा भन्नुभयो।

यर्मिया 51:37
बाबेल मन्दिरहरूका धराशायीको थुप्रो मात्र भएको छ अनि त्यो जङ्गली कुकुरहरू बस्ने ठाउँ हुनेछ। मानिसहरू ढुङ्गाहरूको राश हेर्न डराउनेछन्। बाबेलको विषयमा सोचेर मानिसहरू टाउँको हल्लाउने छन्। यो कोही नबस्ने सुनसान ठाँउ बनिनेछ।

यर्मिया 51:25
परमप्रभु भन्नुहुन्छ, “बाबेल! हे पर्वत ध्वंस छ जसले सारा भूमि नै ध्वंस पार्छ म तिम्रो विरोधमा छु। म तिम्रो विरोधमा मेरो हात उठाउँछु। म तिमीलाई भिरालो चट्टानबाट तल झारी दिनेछु म तिमीलाई डढेको पर्वत बनाईदिनेछु।

यर्मिया 51:8
तर बाबेल एक्कासि पतन हुनेछ अनि टुक्रिनेछ। उसको लागि विलाप गर अनि उसको घाउमा मलहम लगाऊ। हुन सक्छ ऊ निको हुन्छे।

यर्मिया 50:35
परमप्रभु भन्नुहुन्छ, “बाबेलका बासिन्दाहरू, राजाका हाकिमहरू र ज्ञानीहरूको निम्ति विरूद्ध तरवार छ।

यर्मिया 50:12
तर तिमीहरूकी आमा जसले तिमीलाई जन्म दिईन तिनी धेरै लज्जित हुनेछन्। बाबेल सबै जाति-जातिहरू माझ नगन्य हुनेछ। उ उदास र सूखा मरूभूमि हुनेछ।

यर्मिया 21:6
म यरूशलेमका बसिन्दा दुवै मानिस तथा पशुहरूलाई मार्नेछु। तिनीहरू महा रूढीले मर्नेछन्।”‘

यर्मिया 7:20
यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”

यशैया 14:22
सेनाहरूका परमप्रभुले भन्नुभयो, “म ती मानिसहरूका विरूद्धमा लडाई गर्न उपस्थित हुनेछु। त्यो नाउँ चलेको शहर बाबेल ध्वंश पार्नेछु। म बाबेलका मानिसहरूलाई नष्ट पार्नेछु। म तिनीहरूका नानीहरूलाई नष्ट गर्नेछु। तिनीहरूका नाती र नातिनीहरूलाई नष्ट पारिदिनेछु।” परमप्रभु स्वयंले त्यस्ता कुराहरू भन्नुभयो।

यशैया 13:17
परमेश्वर भन्नुहुन्छ, “म मादी सैनिकहरूलाई बाबेल विरूद्ध लड्न कर लगाउनेछु। मादीका सैनिकहरू तिनीहरूका सुन र चाँदीले लोभिने छैनन्।

यशैया 13:5
परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”

प्रस्थान 12:12
“आज राती म मिश्रभित्र पस्नेछु अनि पहिले जन्मेका मानिसहरू र पशुहरूलाई नष्ट गर्नेछु। यस प्रकारले म मिश्रका सबै देवताहरूको न्याय गर्नेछु, म परमप्रभु हुँ।

उत्पत्ति 6:7
तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरुलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरु अनि आकाशमा उड्ने चराहरु जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”