Jeremiah 50:32
घमण्डी बाबेल ठोकिएर लडनेछ अनि कसैले पनि उनलाई उठाउने छैन। म उसको शहरहरूमा आगो लगाउनेछु अनि उसको वरिपरि भएका प्रत्येक कुरो नै जल्नेछ।”
Jeremiah 50:32 in Other Translations
King James Version (KJV)
And the most proud shall stumble and fall, and none shall raise him up: and I will kindle a fire in his cities, and it shall devour all round about him.
American Standard Version (ASV)
And the proud one shall stumble and fall, and none shall raise him up; and I will kindle a fire in his cities, and it shall devour all that are round about him.
Bible in Basic English (BBE)
And pride will go with uncertain steps and have a fall, and there will be no one to come to his help: and I will put a fire in his towns, burning up everything round about him.
Darby English Bible (DBY)
and the proud one shall stumble and fall, and none shall raise him up; yea, I will kindle a fire in his cities, and it shall devour all that are round about him.
World English Bible (WEB)
The proud one shall stumble and fall, and none shall raise him up; and I will kindle a fire in his cities, and it shall devour all who are round about him.
Young's Literal Translation (YLT)
And stumbled hath pride, And he hath fallen, and hath no raiser up, And I have kindled a fire in his cities, And it hath devoured all round about him.
| And the most proud | וְכָשַׁ֤ל | wĕkāšal | veh-ha-SHAHL |
| shall stumble | זָדוֹן֙ | zādôn | za-DONE |
| and fall, | וְנָפַ֔ל | wĕnāpal | veh-na-FAHL |
| none and | וְאֵ֥ין | wĕʾên | veh-ANE |
| shall raise him up: | ל֖וֹ | lô | loh |
| kindle will I and | מֵקִ֑ים | mēqîm | may-KEEM |
| a fire | וְהִצַּ֤תִּי | wĕhiṣṣattî | veh-hee-TSA-tee |
| in his cities, | אֵשׁ֙ | ʾēš | aysh |
| devour shall it and | בְּעָרָ֔יו | bĕʿārāyw | beh-ah-RAV |
| all | וְאָכְלָ֖ה | wĕʾoklâ | veh-oke-LA |
| round about | כָּל | kāl | kahl |
| him. | סְבִיבֹתָֽיו׃ | sĕbîbōtāyw | seh-vee-voh-TAIV |
Cross Reference
यर्मिया 49:27
“म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।”
यर्मिया 21:14
‘तिमीले पाउनु पर्ने दण्ड पाउने नै छौ। म तिमीहरूका जङ्गलमा आगो लगाउन थाल्ने छु। त्यो आगोले तिमीहरू वरिपरि भएका सारा चीजहरू जलाई दिनेछ।”‘
यशैया 10:12
मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।
आमोस 1:10
त्यस आगोलेसोरको किल्लाहरु पनि ध्वंश पार्नेछ।
आमोस 1:12
यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।
आमोस 1:14
यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ।कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ।
आमोस 2:2
यसकारण अबम मोआबमा आगो लगाइदिनेछु, अनि त्यो आगोले करियोतका पर्खालहरु भस्म पार्नेछु। र त्यहाँखैला-बैला, चिच्याइ र तुरहीको आवाज आउँनेछ अनि मोआब मर्नेछ।
आमोस 2:5
यसैकारण म यहुदामा आगो लगाइदिनेछु अनि त्यो आगोलेयरूशलेमको किल्लाहरुलाई खरानिमा परिणत गर्नेछ।”
प्रकाश 18:8
यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।
आमोस 1:7
यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबैकिल्लाहरु जलाइ दिनेछ।
आमोस 1:4
यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ।
हितोपदेश 16:18
सर्वनाश भन्दा अघि अहंकार आँउछ, अनि घमण्ड अपमानको अघि आउँछ।
हितोपदेश 18:12
मानिसको पतन हुनु अघि उसको मनमा अहंकार आउँछ तर नम्रता आदरको अघि आउँछ।
यशैया 14:13
तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।
यर्मिया 51:26
आफ्नो मन्दिरको लागि कुने ढुङ्गा अथवा घडेरी बनाउनको लागि मानिसहरूले तिमीहरूबाट ढुङ्गाहरू लिनेछैनन्। किनभने तिमी सधैंका निम्ति काममा नआउने भूमि हुनेछौ।” परमप्रभुले घोषणा गर्नु भयो।
यर्मिया 51:64
त्यसपछि भन, ‘यसको विरोधमा म जुन सर्वनाश ल्याउनेछु जसले गर्दा बाबेल त्यसरी भासिनेछ त्यो कदापि माथि उठ्न सक्नेछैन।”‘यर्मीयाका सन्देश यहाँ समाप्त हुन्छन्।
इजकिएल 28:2
“हे मानिसको छोरो, टायरको राजालाई भन, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छतिमी धेरै घमण्डी छौ। अनि तिमी भन्छौ, “म एउटा देवता हुँ। म समुद्रको माझमा देवताहरूको आसनमाथि बस्छु।”तर तिमी एउटा मानिस मात्र हौ, परमेश्वर होइनौ। तिमी आफैंलाई एक देवता जतिकै सम्झन्छौ।
दानियल 5:20
“तर जब नबूकदनेस्सर अट्टेरी, ढिट र अभिमानी भए तब तिनी आफ्नो सिंहासनबाट खसालिए र तिनको गौरव तिनीबाट खोसियो।
दानियल 5:23
होइन, तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँचो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन् सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।
व्यवस्था 32:22
मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।