भजनसंग्रह 119:28 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 119 भजनसंग्रह 119:28

Psalm 119:28
म दुःखीत र थकित छु। आज्ञा दिनुहोस् अनि मलाई फेरि बलियो बनाई दिनुहोस्।

Psalm 119:27Psalm 119Psalm 119:29

Psalm 119:28 in Other Translations

King James Version (KJV)
My soul melteth for heaviness: strengthen thou me according unto thy word.

American Standard Version (ASV)
My soul melteth for heaviness: Strengthen thou me according unto thy word.

Bible in Basic English (BBE)
My soul is wasted with sorrow; give me strength again in keeping with your word

Darby English Bible (DBY)
My soul melteth for sadness: strengthen me according to thy word.

World English Bible (WEB)
My soul is weary with sorrow: Strengthen me according to your word.

Young's Literal Translation (YLT)
My soul hath dropped from affliction, Establish me according to Thy word.

My
soul
דָּלְפָ֣הdolpâdole-FA
melteth
נַ֭פְשִׁיnapšîNAHF-shee
for
heaviness:
מִתּוּגָ֑הmittûgâmee-too-ɡA
strengthen
קַ֝יְּמֵ֗נִיqayyĕmēnîKA-yeh-MAY-nee
thy
unto
according
me
thou
word.
כִּדְבָרֶֽךָ׃kidbārekākeed-va-REH-ha

Cross Reference

भजनसंग्रह 107:26
ती छालहरूले तिनीहरूलाई उठाएर आकाशमा पुर्याए अनि गहिरो समुद्रमा झारिदिए। तूफान एकदम भयंकर थियो ती मानिसहरूको साहस हराएर गयो।

भजनसंग्रह 22:14
मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!

1 पत्रुस 5:10
यो सही हो, तिमीहरुले अल्प समयको निम्ति यातनाको सामना गर्नु पर्छ। तर त्यसपछि परमेश्वरले हरेक कुरा ठीक गरिदिनु हुन्छ। तिमीहरुलाई उहाँले बलवान तुल्याउनु हुन्छ। उहाँले तिमीहरुलाई साहरा दिनु हुनेछ अनि तिमीहरुलाई लड्नबाट थाम्नु हुनेछ। उहाँ सबै अनुग्रहका परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरुलाई ख्रीष्ट येशूमा उहाँको महिमाको सहभागी हुन आह्वान गर्नु भएको छ। त्यो महिमा सदा सर्वदा रहने छ।

फिलिप्पी 4:13
म सब कुराहरू गर्न समर्थ छु किनभने ख्रीष्टले मलाई शक्ति प्रदान गर्नुहुन्छ।

जकरिया 10:12
परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।

यशैया 40:31
तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।

यशैया 40:29
परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।

भजनसंग्रह 29:11
परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।

भजनसंग्रह 27:14
परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!

भजनसंग्रह 20:2
उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत दिऊन्।

यहोशू 2:24
तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”

यहोशू 2:11
हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।

व्यवस्था 33:25
तिम्रो ढोकामा फलाम र काँसाका तालाहरू लाग्नेछन्। तिमी जीवनभरि शक्तिशाली रहनेछौ।”

एफिसी 3:16
म पितालाई आफ्नो महिमामयी सम्पत्ती अनुसार तिनीहरुलाई शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछु, जसमा कि आफ्ना आत्मामा तिमीहरु दरिलो हुन सक्छै। उहाँको आत्माद्वारा उहाँले तिमाहरुलाई त्यो शक्ति दिनु हुन्छ।