Psalm 119:33
हे परमप्रभु, मलाई तपाईंका नियमहरू सिकाउनु होस्, अनि म होशियारीसित तिनीहरूको अनुसरण गर्नेछु।
Psalm 119:33 in Other Translations
King James Version (KJV)
Teach me, O LORD, the way of thy statutes; and I shall keep it unto the end.
American Standard Version (ASV)
HE. Teach me, O Jehovah, the way of thy statutes; And I shall keep it unto the end.
Bible in Basic English (BBE)
<HE> O Lord, let me see the way of your rules, and I will keep it to the end.
Darby English Bible (DBY)
HE. Teach me, O Jehovah, the way of thy statutes, and I will observe it [unto] the end.
World English Bible (WEB)
Teach me, Yahweh, the way of your statutes. I will keep them to the end.
Young's Literal Translation (YLT)
`He.' Show me, O Jehovah, the way of Thy statutes, And I keep it -- `to' the end.
| Teach | הוֹרֵ֣נִי | hôrēnî | hoh-RAY-nee |
| me, O Lord, | יְ֭הוָה | yĕhwâ | YEH-va |
| the way | דֶּ֥רֶךְ | derek | DEH-rek |
| statutes; thy of | חֻקֶּ֗יךָ | ḥuqqêkā | hoo-KAY-ha |
| and I shall keep | וְאֶצְּרֶ֥נָּה | wĕʾeṣṣĕrennâ | veh-eh-tseh-REH-na |
| it unto the end. | עֵֽקֶב׃ | ʿēqeb | A-kev |
Cross Reference
1 यूहन्ना 2:27
ख्रीष्टले तिमीहरुलाई विशेष उपहार दिनु भएको छ। यो उपहार तिमीहरुसित अझ छ। यसर्थ तिमीहरुलाई कसैंबाट शिक्षा लिन आवश्यक पर्दैन। उनले तिमीहरुलाई दिएको उपहारले हरेक कुराको बारेमा सिकाउनु हुनेछ। यो उपहार सत्य छ, यो झूटो छैन। यसर्थ जस्तो त्यो उपहारले तिमीहरुलाई सिकाएको छ त्यसैमा अडी बस।
फिलिप्पी 1:6
परमेश्वरले तिमीहरूमा असल काम गर्न थाल्नु भयो अनि अहिले सम्म गरिरहनु भएकोछ। जब ख्रीष्ट येशू आउँनु हुन्छ परमेश्वरले तिमीहरूमा त्यो काम गरी सिध्याउनु हुनेछ। म यस कुरामा निश्चिन्त छु।
भजनसंग्रह 119:12
हे परमप्रभु, तपाईंको प्रशंसा होस्। मलाई तपाईंको विधिहरू सिकाउनु होस्।
प्रकाश 2:26
“जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरु गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरुमाथि अधिकार दिनेछु
1 यूहन्ना 2:19
ख्रीष्टका शत्रुहरु हाम्रा समूहमा थिए। तर तिनीहरुले हामीलाई त्याग गरे। तिनीहरु वास्तवमा हामीसित थिएनन्, यदि तिनीहरु हाम्रो समूहमा रहेको भए हामीसित रहने थिए। तर तिनीहरुले छोडे। यसले यो दर्शाउँछ कि तिनीहरु कोही पनि वास्तवमा हामिसित थिएनन्।
1 कोरिन्थी 1:7
यसैले हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन र्पखिरहरूञ्जेल तिमीहरूलाई कुनै आत्मिक वरदानको अभाव हुने छैन।
यूहन्ना 6:45
अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्।
मत्ती 24:13
तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।
मत्ती 10:22
सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।
यशैया 54:13
तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्। अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्।
भजनसंग्रह 119:112
म यथाशक्य तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
भजनसंग्रह 119:26
मैले आफ्नो जीवनको बारेमा तपाईंलाई बताएँ। अनि तपाईंले त्यसको प्रत्युत्तर दिनुभयो। अब, तपाईंका नियमहरू सिकाउनु होस्।
भजनसंग्रह 119:8
परमप्रभु, म तपाईंका आज्ञाहरू पालन गर्नेछु, कृपया मलाई नत्याग्नु होस्!