Psalm 12:2
मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
Psalm 12:2 in Other Translations
King James Version (KJV)
They speak vanity every one with his neighbour: with flattering lips and with a double heart do they speak.
American Standard Version (ASV)
They speak falsehood every one with his neighbor: With flattering lip, and with a double heart, do they speak.
Bible in Basic English (BBE)
Everyone says false words to his neighbour: their tongues are smooth in their talk, and their hearts are full of deceit.
Darby English Bible (DBY)
They speak falsehood every one with his neighbour: [with] flattering lip, with a double heart, do they speak.
Webster's Bible (WBT)
To the chief Musician upon Sheminith. A Psalm of David. Help, LORD; for the godly man ceaseth; for the faithful fail from among the children of men.
World English Bible (WEB)
Everyone lies to his neighbor. They speak with flattering lips, and with a double heart.
Young's Literal Translation (YLT)
Vanity they speak each with his neighbour, Lip of flattery! With heart and heart they speak.
| They speak | שָׁ֤וְא׀ | šāwĕʾ | SHA-veh |
| vanity | יְֽדַבְּרוּ֮ | yĕdabbĕrû | yeh-da-beh-ROO |
| every one | אִ֤ישׁ | ʾîš | eesh |
| with | אֶת | ʾet | et |
| his neighbour: | רֵ֫עֵ֥הוּ | rēʿēhû | RAY-A-hoo |
| flattering with | שְׂפַ֥ת | śĕpat | seh-FAHT |
| lips | חֲלָק֑וֹת | ḥălāqôt | huh-la-KOTE |
| double a with and | בְּלֵ֖ב | bĕlēb | beh-LAVE |
| heart | וָלֵ֣ב | wālēb | va-LAVE |
| do they speak. | יְדַבֵּֽרוּ׃ | yĕdabbērû | yeh-da-bay-ROO |
Cross Reference
रोमी 16:18
त्यस किसिमका मानिसहरूले हाम्रा प्रभु ख्रीष्टको सेवा गर्दैनन्। तिनीहरू आफ्नै खाँचोको निम्ति मात्र काम गर्दछन्। सीधा-साधाहरूलाई ती आफ्ना चिप्लो कुरा र खुशामदीले मूर्ख बनाउँदछन्।
भजनसंग्रह 41:6
मानिसहरू मलाई हेर्न आउँछन्। तर तिनीहरूले वास्तवमा के सोचिरहेछन् तिनीहरू भन्दैनन्। तिनीहरू खाली मबाट केही समाचारहरू मात्र लिन आउँछन्, अनि तिनीहरू जान्छन् र मेरो विषयमा उडन्ते कुराहरू फिंजाउँछन्।
यर्मिया 9:8
यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
भजनसंग्रह 10:7
ती मानिसहरू सधैं सरापी रहन्छन। तिनीहरू सधैं अरूको अहितका कुराहरू मात्र सोच्दछन्।
भजनसंग्रह 5:9
ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बङ्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।
भजनसंग्रह 28:3
हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्।
भजनसंग्रह 144:8
ती शत्रुहरू झूटाहरू हुन्। तिनीहरूले जे कुरा गर्छन तिनीहरू सत्य छैनन्।
याकूब 1:8
त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा प्राप्त गर्नेछु भनी सोच्नु हुँदैन।
1 इतिहास 12:33
जबूलून कुल समूहमा 50,000 शिक्षित सैनिकहरू थिए। तिनीहरू सबै किसिमका हतियारहरू चलाउनमा सिपालू थिए। तिनीहरू दाऊद प्रति खुबै बफादारी थिए।
1 थिस्सलोनिकी 2:5
तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।
इजकिएल 12:24
“यो सत्य हो कि इस्राएलमा कहिल्यै पनि झूटो दर्शन हुँदैन। अब यस्तो जादु गर्नेहरू भविष्यमा हुँदैनन्, जसले यस्तो अगमवाणी गर्छ त्यो साँचो हुँदैन।
यर्मिया 9:2
यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
भजनसंग्रह 38:12
मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
भजनसंग्रह 52:1
हे वीर मानिस, किन तिमी आफ्नो अधर्म कामहरूमा घमण्ड गर्दछौं? तिमी परमेश्वरको नजरमा अपमानित मानिस हौ।
भजनसंग्रह 55:21
मेरा शत्रुहरू वास्तवमा चिप्लो धस्नेहरू हुन्, तिनीहरू शान्तिका कुराहरू गर्छन्, वास्तवमा तिनीहरू युद्धको तयारी गरिरहेका हुन्छन्। तिनीहरूका शब्दहरू तेल जस्त चिप्लो हुँदछ, तर तिनीहरूले छुरीले झैं काट्ने गर्छन्।
भजनसंग्रह 59:12
ती दुष्टहरू सराप्छन् र झूटो बोल्छन्। तिनीहरूले भनेको कुरामा दण्ड दिनुहोस्, तिनीहरूलाई आफ्नै फुटानीले पाशोमा फँसाओस्।
भजनसंग्रह 62:4
मेरो प्रतिष्ठित ओहोदा हुँदा हुँदै पनि, ती मानिसहरू मलाई नष्ट पार्ने योजनाहरू बनाउँछन्। मेरो विषयमा झूटो कुराहरू गर्दा उनीहरू खुशी हुँदछन्। जनसमूहमा, तिनीहरूले मेरो विषयमा राम्रो कुराहरू गर्दछन् तर गुप्त रूपमा भने मलाई सराप्दछन्।
भजनसंग्रह 144:11
मलाई ती विदेशीहरूबाट बचाउनु होस्। ती शत्रुहरू झुटा छन्। तिनीहरूले भनेका कुराहरू असत्य छन्।
हितोपदेश 20:19
अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।
हितोपदेश 29:5
जसले आफ्नो मित्र सित तेल घस्छ भने उसले आफ्नै खुट्टामा जाल फिंजाउँछ।
भजनसंग्रह 36:3
उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।