Psalm 145:18
जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ।
Psalm 145:18 in Other Translations
King James Version (KJV)
The LORD is nigh unto all them that call upon him, to all that call upon him in truth.
American Standard Version (ASV)
Jehovah is nigh unto all them that call upon him, To all that call upon him in truth.
Bible in Basic English (BBE)
The Lord is near all those who give honour to his name; even to all who give honour to him with true hearts.
Darby English Bible (DBY)
Jehovah is nigh unto all that call upon him, unto all that call upon him in truth.
World English Bible (WEB)
Yahweh is near to all those who call on him, To all who call on him in truth.
Young's Literal Translation (YLT)
Near `is' Jehovah to all those calling Him, To all who call Him in truth.
| The Lord | קָר֣וֹב | qārôb | ka-ROVE |
| is nigh | יְ֭הוָה | yĕhwâ | YEH-va |
| all unto | לְכָל | lĕkāl | leh-HAHL |
| them that call | קֹרְאָ֑יו | qōrĕʾāyw | koh-reh-AV |
| all to him, upon | לְכֹ֤ל | lĕkōl | leh-HOLE |
| that | אֲשֶׁ֖ר | ʾăšer | uh-SHER |
| call | יִקְרָאֻ֣הוּ | yiqrāʾuhû | yeek-ra-OO-hoo |
| upon him in truth. | בֶאֱמֶֽת׃ | beʾĕmet | veh-ay-MET |
Cross Reference
भजनसंग्रह 34:18
जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ।
व्यवस्था 4:7
“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
यूहन्ना 4:24
परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
यशैया 58:9
त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।”तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।
यर्मिया 29:12
त्यसपछि तिमीहरूले मलाई बोलाउनेछौ, मकहाँ आऊ अनि मलाई प्रार्थना गर। म तिमीहरूलाई प्रार्थनाको उत्तर दिनेछु।
1 यूहन्ना 3:20
किनभने परमेश्वर हाम्रो विवेक भन्दा महान हुनुहुन्छ। परमेश्वरले सबै कुरा जान्नुहुन्छ।
याकूब 4:8
परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ।
यूहन्ना 14:23
येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसंगै बस्नेछौं।
यशैया 1:15
“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
मत्ती 6:5
‘जब तिमी प्रार्थना गर्दछौ, तब कपटीहरूले जस्तो नगर। कपटीहरू सभाघरहरूमा र गल्लीहरूमा उभिएर अरूले देखून् भनी प्रार्थना गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, यी सबैको इनाम तिनीहरूले पाइसकेका छन्।
भजनसंग्रह 119:2
परमप्रभुको करार जसले पालन गर्छ ती मानिसहरू सुखी हुन्छन्। तिनीहरूले परमप्रभुलाई आफ्ना सम्पूर्ण हृदयबाटै खोज्दछन्।
मत्ती 23:13
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।
होशे 7:14
तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।
भजनसंग्रह 46:5
परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ।
भजनसंग्रह 17:1
हे परमप्रभु, न्यायको निम्ति मेरो प्रार्थना सुन्नुहोस्। म तपाईंलाई उच्च स्वरमा पुकार्दैछु। अनि मैले भनेका कुरामा म ईमान्दार छु। यसैले मेरो प्रार्थनाप्रति ध्यान दिनुहोस्।
हितोपदेश 15:8
एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ।
भजनसंग्रह 119:151
परमप्रभु, तपाईं मेरो नजीकै हुनुहुन्छ। अनि तपाईंका सबै आदेशहरूमा भरोसा गर्न सकिन्छ।
भजनसंग्रह 46:1
परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं।
1 राजा 18:27
दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ!हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन्!अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन्!“