भजनसंग्रह 147:2 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 147 भजनसंग्रह 147:2

Psalm 147:2
परमप्रभुले यरूशलेम बनाउनु भयो। परमेश्वरले इस्राएल वासीहरूलाई फेरि फर्काई ल्याउनु भयो, जसलाई कैदी बनाएर थुनिएको थियो।

Psalm 147:1Psalm 147Psalm 147:3

Psalm 147:2 in Other Translations

King James Version (KJV)
The LORD doth build up Jerusalem: he gathereth together the outcasts of Israel.

American Standard Version (ASV)
Jehovah doth build up Jerusalem; He gathereth together the outcasts of Israel.

Bible in Basic English (BBE)
The Lord is building up Jerusalem; he makes all the outlaws of Israel come together.

Darby English Bible (DBY)
Jehovah doth build up Jerusalem: he gathereth the outcasts of Israel.

World English Bible (WEB)
Yahweh builds up Jerusalem. He gathers together the outcasts of Israel.

Young's Literal Translation (YLT)
Building Jerusalem `is' Jehovah, The driven away of Israel He gathereth.

The
Lord
בּוֹנֵ֣הbônēboh-NAY
doth
build
up
יְרוּשָׁלִַ֣םyĕrûšālaimyeh-roo-sha-la-EEM
Jerusalem:
יְהוָ֑הyĕhwâyeh-VA
together
gathereth
he
נִדְחֵ֖יnidḥêneed-HAY
the
outcasts
יִשְׂרָאֵ֣לyiśrāʾēlyees-ra-ALE
of
Israel.
יְכַנֵּֽס׃yĕkannēsyeh-ha-NASE

Cross Reference

व्यवस्था 30:3
तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ।

यशैया 56:8
परमप्रभु मेरो मालिकले ती कुराहरू इस्राएलका मानिसहरूलाई भन्नुभयो जसलाई आफ्नो देश छोडन बाध्य गराइयो। तर परमप्रभुले तिनीहरूलाई एकसाथ भेला गर्नुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई फेरि एक पल्ट भेला गर्नेछु।”

भजनसंग्रह 51:18
हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।

यशैया 27:13
मेरा धेरै मनिसहरू अश्शूरमा हराएका छन्। कतिपय मेरा मानिसहरू मिश्रबाट भागेका छन्। तर त्यही बेला, महान तुरही फुकिने छ। अनि ती सारा मानिसहरू यरूशलेममा फर्किने छ। ती मानिसहरूले त्यो पवित्र पर्वतमा आएर परमप्रभुको सामु घुँडा टेकेर झुक्ने छन्।

इजकिएल 37:21
मानिसहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ ‘म इस्राएलका मानिसहरूलाई त्यो राष्ट्रहरूबाट ल्याउँछु, जहाँ उनीहरू गएका छन्। म उनीहरूलाई चारैतिरबाट एकत्रित पार्छु। अनि तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु।

इजकिएल 38:8
लामो समय पछि म तिमीलाई सम्झनेछु। अब अन्तिम वर्षहरूमा तिमी त्यो प्रदेशमा आउनेछौ जुन युद्ध पछि पुनःर्निर्माण हुन्छ। मानिसहरू फेरि धेरै राष्ट्रहरूबाट भेला गराइएका छन्। बितेको दिनहरूमा इस्राएलको पर्वत घरी-घरी नष्ट गरिएको थियो। तर यी मानिसहरू राष्ट्रहरूबाट फर्किएकाछन् तिनीहरू सबै सुरक्षासाथ जीउनेछन्।

इजकिएल 39:27
म मेरो मानिसहरूलाई अन्य देशहरूबाट ल्याउनेछु। तिनीहरूलाई म शत्रुहरूको देशमा भेला पार्नेछु। त्यति बेला धेरै राष्ट्रहरूले थाहा पाउनेछन् कि म कति पवित्र छु।

दानियल 9:25
“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

मत्ती 16:18
यसैले म भन्दछु, तिमी पत्रुस हौ। अनि म मेरो मण्डली यो चट्टानमाथि बनाउनेछु। मेरो मण्डलीलाई हराउन मृत्युको शक्तिहरू समर्थ हुनेछैनन्।

एफिसी 2:12
याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।

इजकिएल 36:24
परमेश्वरले भन्नुभयो, “म तिमीलाई ती राष्ट्रहरूबाट बाहिर निकालेर एकै ठाँउमा जम्मा गर्छु अनि तिमीलाई तिम्रो आफ्नो देशमा ल्याउँछु।

यर्मिया 32:37
‘म तिनीहरूलाई तिनीहरूको भूमिमा फर्काई ल्याउनेछु। म ती मानिसहरूसँग रीसाएको समयमा तिनीहरूलाई तितर-बितर पारेको ठाउँहरूबाट भेला पार्नेछु। तर म तिनीहरूलाई यो ठाउँमा फर्काई ल्याउनेछु। म ती मानिसहरूलाई त्यस्तै पार्नेछु। म तिनीहरूको जीवनलाई शान्त र सुरक्षित बनाउनेछु।

एज्रा 8:1
यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।

नहेम्याह 3:1
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।

नहेम्याह 7:4
यरूशलेम फराकिलो अनि ठूलो थियो, तर त्यस मित्र मानिसहरू कम थिए, अनि पुनःर्निर्माणघरहरू प्रशस्त थिएनन्।

भजनसंग्रह 102:13
तपाईं उठ्नु हुनेछ र सियोनलाई सान्त्वना दिनु हुनेछ। तपाईं सियोन प्रति कृपालु हुनुहुनेछ त्यो समय आइरहेछ।

भजनसंग्रह 102:20
अनि उहाँले कैदीहरूका प्रार्थनाहरू सुन्नुहुनेछ। उहाँले मृत्यु घोषित भइसकेका मानिसहरूलाई मुक्ति दिलाई दिनुहुनेछ।

यशैया 11:11
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)

यशैया 14:32
त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई के भन्ने छन? तिनीहरूले घोषणा गर्नेछन्, पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु हुने छ। अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षित गए।

यशैया 62:7
जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ।

यर्मिया 31:4
हे कुमारी इस्राएल! म तिमीलाई पुर्ननिर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैजडी उठाउने छौ अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ।”

एज्रा 2:64
जन समुहका तिनीहरूका सेवक सेविकाहरू 7,337 पुरूष सेवक अनि स्त्री सेविकाहरू बाहेक जम्मा 42,360 मानिसहरू थिए।