भजनसंग्रह 25:13 in Nepali

नेपाली नेपाली बाइबल भजनसंग्रह भजनसंग्रह 25 भजनसंग्रह 25:13

Psalm 25:13
त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।

Psalm 25:12Psalm 25Psalm 25:14

Psalm 25:13 in Other Translations

King James Version (KJV)
His soul shall dwell at ease; and his seed shall inherit the earth.

American Standard Version (ASV)
His soul shall dwell at ease; And his seed shall inherit the land.

Bible in Basic English (BBE)
His soul will be full of good things, and his seed will have the earth for its heritage.

Darby English Bible (DBY)
His soul shall dwell in prosperity, and his seed shall inherit the earth.

Webster's Bible (WBT)
His soul shall dwell at ease; and his seed shall inherit the earth.

World English Bible (WEB)
His soul shall dwell at ease. His seed shall inherit the land.

Young's Literal Translation (YLT)
His soul in good doth remain, And his seed doth possess the land.

His
soul
נַ֭פְשׁוֹnapšôNAHF-shoh
shall
dwell
בְּט֣וֹבbĕṭôbbeh-TOVE
at
ease;
תָּלִ֑יןtālînta-LEEN
seed
his
and
וְ֝זַרְע֗וֹwĕzarʿôVEH-zahr-OH
shall
inherit
יִ֣ירַשׁyîrašYEE-rahsh
the
earth.
אָֽרֶץ׃ʾāreṣAH-rets

Cross Reference

हितोपदेश 19:23
परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।

हितोपदेश 1:33
तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।ज्ञानका कुराहरू सुन

भजनसंग्रह 37:11
नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

भजनसंग्रह 37:26
धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।

भजनसंग्रह 69:36
उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।

भजनसंग्रह 112:2
उनका सन्तानहरू पृथ्वीमा महान् हुनेछ। असल मानिसका सन्तानहरूलाई साँचो रूपमा आशीर्वाद दिइनेछ।

हितोपदेश 29:25
अरू मानिसहरूसँगको डर एउटा पासो झैं हो, यदि तिमीले परमप्रभुमाथि भरोसा गर्छौ भने, तिमी सुरक्षित रहनेछौ।

यशैया 65:23
स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।

मत्ती 5:5
धन्य विनम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।

2 पत्रुस 3:13
तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिज्ञाको प्रतीज्ञा गरिरहेका छौ। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।

1 पत्रुस 3:10
धर्मशास्त्रले भन्छ,“मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”

फिलिप्पी 4:19
मेरो परमेश्वरसँग ख्रीष्ट येशूमा पाइने महिमामय सम्पत्ति छ अनि उहाँले तिमीहरूको प्रत्येक खाँचो पुरा गर्नु हुनेछ। येशूको महिमाले मेरा परमेश्वर खुबै धनी हुनुहुन्छ र ती धन ख्रीष्टमा हुने तिमीहरूका हरेक खाँचो पूरा गर्न खर्च गर्नुहुनेछ।

प्रेरित 2:39
यो प्रतिज्ञा तिमीहरूको लागि अनि तिमीहरूको बालकहरूको लागि अनि ती सबै मानिसहरूका लागि पनि हो जो टाढा छन्। यो ती प्रत्येक मानिसको लागि हो जसलाई प्रभु हाम्रा परमेश्वरले आफैमा बोलाउनु हुन्छ।”

मत्ती 11:28
मकहाँ आऊ। ‘जो थकित औ कष्टले दबिएकाहरू हो! म तिमीहरूलाई आत्माको निम्ति विश्राम दिनेछु।

जकरिया 9:17
प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

सपन्याह 3:17
परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।

उत्पत्ति 17:7
म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।

व्यवस्था 33:12
“मोशाले बिन्यामीनको विषयमा यी कुरा भने। बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैं रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”

व्यवस्था 33:26
“यशूरूनमा जस्ता परमेश्वर अरू कोही छैन। परमेश्वर तिमीहरूलाई सहायता गर्नको खातिर आकाशबाट आफ्नो प्रतापमा बादलमाथि चढनुहुन्छ।

भजनसंग्रह 31:19
हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।

भजनसंग्रह 36:8
परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।

भजनसंग्रह 37:22
यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्।

भजनसंग्रह 37:29
धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्।

भजनसंग्रह 63:5
मानौं मैले उत्तम खाना खाए जस्तो मनभरि तृप्ति हुनेछु। अनि मेरो प्रफुलित ओंठले तपाईंकै गुण गाउँनैछ।

हितोपदेश 20:7
एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

यशैया 66:10
हे यरूशलेम! खुशी हौ। सारा मानिसहरू! जसले यरूशलेमलाई प्रेम गर्छ, खुशी हौ। दुखका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दुखी छौ।

यर्मिया 31:12
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।

यर्मिया 32:39
म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैं सम्मान गर्नेछन्।

इजकिएल 34:25
“म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।

इजकिएल 33:24
“हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’