Psalm 90:15
तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र संकटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्।
Psalm 90:15 in Other Translations
King James Version (KJV)
Make us glad according to the days wherein thou hast afflicted us, and the years wherein we have seen evil.
American Standard Version (ASV)
Make us glad according to the days wherein thou hast afflicted us, And the years wherein we have seen evil.
Bible in Basic English (BBE)
Make us glad in reward for the days of our sorrow, and for the years in which we have seen evil.
Darby English Bible (DBY)
Make us glad according to the days [wherein] thou hast afflicted us, according to the years [wherein] we have seen evil.
Webster's Bible (WBT)
Make us glad according to the days in which thou hast afflicted us, and the years in which we have seen evil.
World English Bible (WEB)
Make us glad for as many days as you have afflicted us, For as many years as we have seen evil.
Young's Literal Translation (YLT)
Cause us to rejoice according to the days Wherein Thou hast afflicted us, The years we have seen evil.
| Make us glad | שַׂ֭מְּחֵנוּ | śammĕḥēnû | SA-meh-hay-noo |
| according to the days | כִּימ֣וֹת | kîmôt | kee-MOTE |
| afflicted hast thou wherein | עִנִּיתָ֑נוּ | ʿinnîtānû | ee-nee-TA-noo |
| years the and us, | שְׁ֝נ֗וֹת | šĕnôt | SHEH-NOTE |
| wherein we have seen | רָאִ֥ינוּ | rāʾînû | ra-EE-noo |
| evil. | רָעָֽה׃ | rāʿâ | ra-AH |
Cross Reference
यर्मिया 31:12
इस्राएलका मानिसहरू सियोनको टाकुरामा आउने छन् र खुशीले चिच्याउने छन्। तिनीहरूका अनुहारहरू परमप्रभुको उदारताले चम्किनेछ। असल कुराहरूका बारे जुन परमेश्वरले तिनीहरूलाई दिनुहुन्छ। परमेश्वरले तिनीहरूलाई अन्न, नयाँ दाखरस, भद्राक्षेको तेल, थुमाहरू र गाई-गोरूहरू दिनु हुनेछ। तिनीहरूको हृदय पानीले भिजेको बारी जस्तो हुनेछ। इस्राएलका मानिसहरूलाई सकष्टहरूले अब पिरोलिने छैनन्।
भजनसंग्रह 126:5
एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ।
भजनसंग्रह 30:5
परमेश्वर क्रोधित हुनुहुन्थ्यो यसर्थ निर्णय “मृत्यु” हुन गयो। तर उहाँले आफ्नो प्रेम दर्शाउनु भयो र मलाई “जीवनदान” दिनुभयो। म राती रोइरहें अर्को बिहान म खुशी थिएँ र गाइरहेथें!
व्यवस्था 2:14
जरेद बेंसीबाट कादेश बर्नेसम्म पुग्न हामीलाई 38 वर्ष लाग्यो तब त्यस वंशका सबै युद्धका मानिसहरू छाउनीभित्र मरे। परमप्रभुले तिनीहरूलाई शपथ गर्नु भए झैं गरे।
प्रकाश 7:14
मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नहुच्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरु हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरुले भेंडाको रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरु शुद्ध अनि सेता भएका छन्।
यूहन्ना 16:20
म तिमीहरूलाई साँचो भन्छु। तिमीहरू रूनेछौ र दुःखी हुनेछौ तर संसार प्रसन्न हुनेछ। तिमीहरू दुःखी हुने छौ तर तिमीहरूका दुःख आनन्दमय हुनेछ।
मत्ती 5:4
धन्य शोक गर्नेहरू, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ।
यशैया 65:18
मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।
यशैया 61:3
परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’
यशैया 40:1
तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।
यशैया 12:1
त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”