Psalm 94:2
तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
Psalm 94:2 in Other Translations
King James Version (KJV)
Lift up thyself, thou judge of the earth: render a reward to the proud.
American Standard Version (ASV)
Lift up thyself, thou judge of the earth: Render to the proud `their' desert.
Bible in Basic English (BBE)
Be lifted up, O judge of the earth; let their reward come to the men of pride.
Darby English Bible (DBY)
Lift up thyself, thou judge of the earth, render the reward to the proud.
World English Bible (WEB)
Rise up, you judge of the earth. Pay back the proud what they deserve.
Young's Literal Translation (YLT)
Be lifted up, O Judge of the earth, Send back a recompence on the proud.
| Lift up thyself, | הִ֭נָּשֵׂא | hinnāśēʾ | HEE-na-say |
| thou judge | שֹׁפֵ֣ט | šōpēṭ | shoh-FATE |
| earth: the of | הָאָ֑רֶץ | hāʾāreṣ | ha-AH-rets |
| render | הָשֵׁ֥ב | hāšēb | ha-SHAVE |
| a reward | גְּ֝מ֗וּל | gĕmûl | ɡEH-MOOL |
| to | עַל | ʿal | al |
| the proud. | גֵּאִֽים׃ | gēʾîm | ɡay-EEM |
Cross Reference
भजनसंग्रह 31:23
हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
भजनसंग्रह 7:6
हे परमप्रभु, जाग्नु होस् अनि तपाईंको रिसले तिनीहरूलाई न्याय गर्नुहोस्। मेरा रिसाएका शत्रुहरूको विरोधमा उठ्नु होस्। हे मेरा परमेश्वर, तपाईं न्याय गर्नुहुन्छ यसर्थ मेरो निम्ति न्याय गर्नुहोस्।
उत्पत्ति 18:25
साँच्ची नै, तपाईंले शहर नष्ट पार्नु हुनेछैन। दुष्ट मानिसहरूलाई सर्वनाश पार्दा ती पचास जना मानिसहरूलाई ध्वंश पार्नु हुँदैन। यदि त्यस्तो भयो भने दुष्ट र राम्रा मानिसहरू एकै हुन्छन दुवै वर्गले सजाय भोग्ने छन् निश्चय ब्रमाण्डका न्यायधिशले जे सही छ त्यही गर्नुहुन्छ।”
दानियल 5:22
“अनि तिमी बेलसजर उहाँकै नाति हुनुहुन्छ, तपाईंले यो सबै कुरा जान्दा जान्दै पनि अझै आफ्नो हृदयलाई नम्र बनाउनु भएको छैन।
मीका 5:9
तपाईंका बाहुली तपाईंका बिरोधीहरुमाथि रहोस्, र तपाईंका सबै शत्रुहरु ध्वंश हुनेछन्।”
यूहन्ना 5:22
अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ।
2 कोरिन्थी 5:10
न्यायको निम्ति हामी सबै परमेश्वरको अघि उभिनै पर्छ। प्रत्येकले यस पार्थिव शरीरमा हुदाँ जे गरेको छ, उसले त्यो पाउनै पर्छ राम्रो अथवा नराम्रो पाउने नै छ।
1 पत्रुस 5:5
हे युवकहरु, तिमीहरुलाई पनि मेरो केही भन्नु छ। तिमीहरुले अग्रजहरुको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरु सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ।“परमेश्वर अहँकारी मानिसहरुको विरुद्ध हुनुहुन्छ, तर उहाँले विनम्र मानिसहरुलाई अनुग्रह प्रदान गर्नुहुन्छ।
प्रकाश 18:6
उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।
दानियल 4:37
त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।
यर्मिया 50:31
“बाबेल तिमी अति अंहकारी छौ अनि म तिम्रो विरूद्ध छु। हाम्रो मालिक, सेनाहरूका परमप्रभुले भन्नुहुन्छ, “तिम्रो दिन आएकोछ म तिमीलाई दण्ड दिनेछु।
यशैया 37:36
त्यस रात, परमप्रभुका दूत गएर अश्शूरहरूको छाउनी एक लाख पचासी हजार मानिसहरूलाई मारे। जब बाँचेका मानिसहरू बिहान ब्यूँझे तिनीहरूले आफ्ना वरिपरी मृत शरीरहरू देखे।
भजनसंग्रह 50:6
परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
भजनसंग्रह 68:1
हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्रतत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँबाटै भागोस्।
भजनसंग्रह 74:22
हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!
यशैया 2:11
घमण्डी मानिसहरू घमण्ड गर्न छोड। ती घमण्डी मानिसहरू लाजले आफै आफ्नो नजरबाट खस्नेछन्। त्यसबेला, परमप्रभु मात्र उच्च हुनुहुनेछ।
यशैया 2:17
तब मानिसहरू घमण्डी हुन छोड्नेछन्। ती मानिसहरू जो घमण्डी छन्, तिनीहरूको घमण्ड माटोमा मिल्नेछ। त्यस बेला, परमप्रभु मात्र सबै भन्दा उच्च हुनुहुनेछ।
यशैया 10:12
मेरो मालिकले यरूशलेम र सियोन पर्वतका निम्ति योजना गर्नु भएको कामहरू समाप्त भयो। त्यसपछि परमप्रभुले अश्शूरलाई दण्ड दिनु हुनेछ। अश्शूरका राजा एकदम अंहकारी छन्। उसको अहमले उसलाई नराम्रा कामहरू गर्ने प्रेरित गर्यौ। यसकारण परमेश्वरले उसलाई दण्ड दिनु हुने नै छ।
यशैया 37:23
तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
यशैया 37:29
हो, तिमी मसित खिन्न थियौ। मैले तिम्रो अंहकारी अपमानहरू सुनें यसैले मैले तिम्रो नाकमा अंकुसे राखी दिएँ। अनि मैले तिम्रो मुखमा लगाम लगाई दिएँ। त्यस पछि मैले तिमीलाई फनक्क घुमाएँ र जहाँबाट आएका थियौ त्यतै डोर्याएँ।”‘
अय्यूब 40:11
यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।