Psalm 97:1
परमप्रभुले राज गर्नु हुन्छ र पृथ्वी खुशी हो। सबै सुदूरतिरका देशहरू खुशी हुन्छन्।
Psalm 97:1 in Other Translations
King James Version (KJV)
The LORD reigneth; let the earth rejoice; let the multitude of isles be glad thereof.
American Standard Version (ASV)
Jehovah reigneth; let the earth rejoice; Let the multitude of isles be glad.
Bible in Basic English (BBE)
The Lord is King, let the earth have joy; let all the sea-lands be glad.
Darby English Bible (DBY)
Jehovah reigneth: let the earth be glad, let the many isles rejoice.
World English Bible (WEB)
Yahweh reigns! Let the earth rejoice! Let the multitude of islands be glad!
Young's Literal Translation (YLT)
Jehovah hath reigned, The earth is joyful, many isles rejoice.
| The Lord | יְהוָ֣ה | yĕhwâ | yeh-VA |
| reigneth; | מָ֭לָךְ | mālok | MA-loke |
| let the earth | תָּגֵ֣ל | tāgēl | ta-ɡALE |
| rejoice; | הָאָ֑רֶץ | hāʾāreṣ | ha-AH-rets |
| multitude the let | יִ֝שְׂמְח֗וּ | yiśmĕḥû | YEES-meh-HOO |
| of isles | אִיִּ֥ים | ʾiyyîm | ee-YEEM |
| be glad | רַבִּֽים׃ | rabbîm | ra-BEEM |
Cross Reference
भजनसंग्रह 96:10
जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
भजनसंग्रह 93:1
परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
भजनसंग्रह 99:1
परमप्रभु नै राजा हुनुहुन्छ। यसैले सारा जातिहरू डरले काम्छन्। परमेश्वर राजा सरह करूब स्वर्गदूतहरूमा बस्नु हुन्छ। यसैले सारा संसार डरले काम्दछ।
सपन्याह 2:11
ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।
मत्ती 3:3
बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए“मरुभूमिमा एकजना कराइरहेछन्, ‘परमप्रभुको बाटो तयार पार; उहाँका मार्गहरू सोझ्याऊ।”
मत्ती 6:10
हामी प्रार्थना गर्दछौं, तपाईंको राज्य आवोस् अनि तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्।
मत्ती 6:13
हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
मर्कूस 11:10
हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जून राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!”
लूका 2:10
तर त्यो स्वर्गदूतले तिनीहरूलाई भने, “डराउनु पर्दैन, किनभने म तिमीहरूलाई शुभ-समाचारहरू भन्न लागेकोछु। यसले सबै मानिसहरूलाई अत्यन्त र्हषित तुल्याउनेछ।
कलस्सी 1:13
अन्धकारको शक्तिबाट परमेश्वरले हामीलाई मुक्त गर्नु भएको छ। अनि उहाँले हामीलाई आफ्ना प्यारा पुत्रको राज्यमा ल्याउनु भएको छ।
प्रकाश 11:17
ती अग्रजहरुले भने“प्रभु परमेश्वर जो सर्वशक्तिमान हुनुहुन्छ हामी तपाईंलाई धन्यवाद चढाउँछौ। तपाईं नै एक हुनुहुन्छ जो हुनुहुन्छ, जो सर्वदा हुनुहुन्थ्यो। हामी तपाईंलाई धन्यवाद दिन्छौ किनभने तपाईंले आफ्नो महान शक्ति लिनुभयो अनि शासन गर्नु शुरु गर्नुभयो।
ओबदिया 1:21
विजयीहरू सियोन पर्वतमा हुनेछन्। ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन् र राज्य परमप्रभुको हुनेछ।
यशैया 66:19
मैले केही मानिसहरूमा चिन्ह लगाएँ - म तिनीहरूलाई बचाउनेछु। म सुरक्षित मानिसहरू मध्ये केहीलाई तर्शीश राष्ट्र अनि लिबिया, लूदी (धनुधारीको देश) तूबल, याबान अनि टाढा-टाढा देशहरूमा पठाउनेछु। ती मानिसहरूले मेरा शिक्षाहरू कहिल्यै सुनेका छैनन्। ती मानिसहरूले मेरो महिमा कहिल्ये देखेका छैनन्। यसकारण यी सुरक्षित मानिसहरूले ती राष्ट्रहरूलाई मेरो बारेमा बताउनेछन्।
यशैया 60:9
टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
भजनसंग्रह 2:11
यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
भजनसंग्रह 98:4
उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे।
यशैया 11:11
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
यशैया 24:14
छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।
यशैया 41:5
तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्।” अनि तिनीहरू आए।
यशैया 42:4
उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
यशैया 42:10
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
यशैया 49:1
टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्। पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म आमाको गर्भमा नै थिएँ।
यशैया 49:13
हे स्वर्ग र पृथ्वी, आनन्दित होऊ। हे पर्वतहरू आनन्दले चिच्याऊ। किन? किनभने परमप्रभुले आफ्नो मानिसहरूलाई सान्त्वना दिनुहुन्छ। परमप्रभु आफ्ना गरीब मानिसहरू प्रति असल हुनुहुन्छ।
यशैया 51:5
म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
उत्पत्ति 10:5
तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए।हामका सन्तानहरु